चितवन- नवजीवन चर्च भरतपुरमा आइटीन पाठ्यक्रम अध्ययनरत आमा समूह। आमा समूहमा ख्रीष्टको जीवनी २ अध्ययन हुँदैछ । श्रीमती विमला आचार्यले आफूले अध्ययन गराउँदै र अध्ययन गर्दै हुनुहुन्छ। प्रायजसो सबै आमा दिदी वहिनीहरू चर्चको विभिन्न सेवाका क्षेत्रहरूमा सेवारत हुनुहु्न्छ। अध्ययनले सेवाको काममा धेरै ठूलो टेवा दिएको गवाही उहाँहरूले बताउनुहुन्छ। अध्ययनबाट बाइबलको कुराहरू बुझेर आफ्नो जीवनमा लागू गर्न सक्ने भएको कुरा समूहको आमा दिदी वहिनीहरूले बताउनुहुन्छ।
सामूहिक फोटो: अध्ययनरतहरूको साथमा स्थानिय मण्डलीका पास्टर अनिल क्षेत्री।
Discussion about this post