• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मंगलमान महर्जनको जीवन कथा

by Sarju Rijal
September 13, 2013
in News & Events

यो काठमाडौं उपत्यका खेती, किसानीमाथि स्थापना भएको पृथ्वीकै अति मनोरम थालो हो। ठुला, ठुला आकाशे भवन र कालोपत्रे सडक, सिमेन्टका पुल र बेहिसाबअ, जथाभावी निर्माण भएका घरहरु थाम्न, लाखौं मोटर बाइक। टिप्पर, ट्रक र गाडीहरुले कुल्चनको लागि लागि यसको माटो उत्पन्न भएको होइन। सयौं र हजारौं वर्ष यो उपत्यका एउटा अचम्मको तालले छोपियको थियो। त्यो ताल सुकेपछि काठमाडौंको सम्पूर्ण उपत्यका उर्वर जमीन, जंगलमा परिणत भयो। म कल्पना गर्छु कस्ता, कस्ता पशु, पंक्षी, प्राणी र उदभिडहरुले भरिभराउ थियो यो खल्डो एक युगमा।

नेवार जातिले यो उपत्यकाको सॉचो धन यसको माटोलाई चिनेर यसलाई खेतीपातीको निम्ति नेपालभरीमा नै सर्वश्रेष्ठ भूभाग बनाएका थिए। तर कथित आधुनिकताको वेगलाई कसले रोक्न सक्छ र? यो भ्यालीमाथि विभिन्न किसिमको आक्रमण हुनथाल्यो। प्रसिद्ध घटना थियो गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमण। उनले काठमाडौं र वरिपरिका तीन सहरमाथि आफ्नो अधिकार जमाएपछि एउटा अलग धारमा उपत्यकाको रहनसहन बग्न थाल्यो। पछि जङ्गबहादुरले मच्चाएको कोतपर्वपछि राणाहरूको अधिपत्य चल्यो। विभिन्न कालखण्डको परिवर्तनहरू नाग्दै आएको काठमाडौ, पछिल्लो चरणमा माओवादी जनयुद्धको बेला नेपालभरकै अति सुरक्षित थलो भएको हुनाले लाखौं मान्छे यहाँ पसे अनि हजारौं हजार घर, बिल्डिंग रातारात बनाउन लागे। छाती चौडा गरेर यो खाल्डोले सबैलाई ओत र आड दियो। देशभरका मानिसहरू यहॉ आएर घर बनाउन लागेको हामी सबैले महशुस गयौं। पछि त काठमाडौमा घर बनाउनु एउटा शोखको कुरो पनि भयो र फेशन पनि भयो। शिक्षा, स्वास्थ्य, सम्पत्ति आर्जन, चिकित्सा, पेशा, तलदेखि माथिसम्मको हरेक कुरो परिचालन हुने यो राष्ट्रभरिकै प्रमुख केन्द्र बन्यो।
सहरलाई योजनाबद्ध रूपमा विकास गरिन्छ। कुनै पनि निर्माण, विकास र सहर विस्तृतीकरण चरणबद्ध रूपमा सोच पुर्‍याएर दीर्घ योजनाको आधारमा गरिन्छ। तर यो उपत्यकामा हुने महानगरपालिका र नगरपालिकाहरूसंग त्यस्तो कुनै परियोजना छैन। तीब्र गतिमा भवनहरू बनिरहेका छन् अनि त्यो कुनै पूर्व योजनासंग मेल खाँदैन ।
काठमाडौमाथि चलेको भवनवादको आक्रमण नै सायद यसमाथिको अन्तिम र निर्णायक आक्रमण हो। जसबाट यसको ढाड भॉचिने कुरा निश्चित छ। प्रसिद्ध ठाउँलाई बसिनसक्ने ठाउँ बनाउनु नै भवनवादीहरूको प्रमुख अनि सफल एजेन्डा बन्यो। पानी सकाइदियो, खेती मेटाइदियो, हावा दुर्गन्धित, रातभरि हल्ला, दिनभरि गाडी जाम, मूल्य आकाशतिर, बाइकको राश, नेताको राश, फोहोरको राश, बागमतीको विनाश। अब यहाँ के रह्यो र? कति छिटो काठमाडौं, ललितपुरहरूको सुन्दरता खोसियो। कविले बोल्ने कविता र साहित्यको मञ्च क्याट वाकको मञ्चले निल्यो, गायकले स्टेजको माइकमा गाउने कला, गीत र संगीत अब डान्स रेस्टुरेन्टको स्टेरियोफोनिक हिन्दी गीतले छोपिदियो। अपराधचाहिँ दैनिक, नियमित काम बन्यो अनि असल कर्मचाहिँ कहिले, कहिले आकलझुकलको गतिविधि बन्नथाल्यो। साँच्चै अब यहाँ के रह्यो र? केवल हामीहरूको मनमा पुराना सम्झनामात्र रहे ।
मेरो सम्झना र कथा म तपाईलाई सुनाउँछु।

बुवा र आमाको जीवन संघर्षले भरिएको दुःखी जीवन थियो। खान पुगेपछि मान्छेले लुगा किन्छ। लुगाकपडाहरू किन्न पुग्ने भएपछि, चिजबिज किन्छ। सरसामान, चिजबिज किन्न पनि अप्ठेरो भएन भने घर, खेत किन्ने योजना बनाउँछ। मैले सत्य कुरो बताउनपर्दा हाम्रो परिवारमा त्यो पहिलो विषयमा नै ठूलो समस्या थियो। खुलस्तै भन्नुपर्दा बुवाआमाले अर्काको खेतमा दिनभरि खटेर पाएको खाजा आफूले थोरै खाई, बचाएर हामी तीन भाइबहिनीहरूलाई ल्याइदिनुहुन्थ्यो। हामी दुई भाइ एक दिदीको लागि धेरैधेरै दिन दैनिक भोजन भनेको त्यही हुन्थ्यो। अर्काको घरमा जाँड बनाउँदा उब्रेर फालेको छोक्रालाई नून, खुर्सानीको बुट्टा लाएर हामी मिठो मानी खान्थ्यौं। हाम्रो जीवन त्यही र त्यस्तै रहन सक्नेथियो। तर बुवा हार्नुभएन। उहाँले घर बनाउने, प्लास्टर लाउने काम सिक्नुभयो। सोझो मान्छेलाई कसले चिन्दैन र? राणाहरूको घर, खेतलाई स्याहार सम्भार गर्नुहुँदा बुवाले खटेर सेवा पुर्‍याउनुभयो, दिलोज्यानले काम गर्नुभयो। राणाहरूले यो कुरो ख्याल गरेछन्। यो सोझो छ, छलकपट गर्दैन भनी उनीहरूले बुवालाई सस्तो दाममा जग्गा जमिन बकस गरे। सिमेन्ट बोक्ने, घोल्ने काम पनि मैले बुवासंग गर्न पाएँ। बालुवा बोक्ने ओसार्ने काम पनि गरियो कलिलो सात, आठ वर्षको उमेर। जाडो महिनामा भने अति नै गाह्रो। एक त बालककालको निद्रा त्यागेर उठिहाल्नु पर्ने। अपर्याप्त कपडा। ज्याकेटहरूको राम्रो चलन नै बसिसकेको थिएन। टेलरिन भन्ने कपडा लाएको याद आउछ। जाडो महिनामा चिसिने अनि गर्मीमा पोल्ने, हावै नछिर्ने कपडा। सिमेन्ट र बालुवाको काममा हात खुट्टा फुटेको, काटेको हिसाबै छैन। तर बुवा मरीमरी काम गर्नुहुन्थ्यो भने हामी पनि उहॉको दुःखमा सहभागी हुनु ठीकै लाग्थ्यो। सानोमा पानीमा रूझिभिजी काम गर्नुपर्दा आँखामा ऑसु नै आएको थियो। जब टोलका अरू बालकहरू सुकिलो बनी घरमै बसेर किताब पढिरहेको देख्थें मलाई आफैंसँग दुःख लाग्थ्यो। मैले बुवासँग स्कुल पढ्ने इच्छा राखें। उहाँ मान्नुभयो। म लगनखेलको नमूना मछिन्द्रमा छ कक्षामा भर्ना भएँ। बुवा र मेरोबीचमा एउटा मौन सहमति भयो। मीनपचासको पचास दिने चिसोको विदामा पचासै दिन घर निर्माणकै काममा ज्यामी काम गरेर मैले जुत्ता, कपडा, वर्षभरिको स्कुल फिस र कापी, पुस्तकहरू जोड्नु पर्ने भयो। यो एक वर्षको लागि होइन, लगातारको कुरो थियो। एस.एल.सी. सिध्याएर कलेज जॉदा भने लाजै पनि लाग्यो। जवान भएर होला। विज्ञान विषयमा मैले स्तातक सिध्याएँ अनि एम.एस्सी. अन्तिम सेमिस्टरमा मैले फिलिपिन्समा पढ्ने मौका पाएको हुनाले म बाइबल अध्ययनको निम्ति त्यसतर्फ लागें, अनि पछि दक्षिण कोरियामा एम.टि.एच. र पि.एच.डी. पनि गरें।

मैले दुनियाको असल कलेजहरूमा पढ्न पाएँ। यसको निम्ति घमण्ड गर्ने कुनै ठाउँ छैन, किनभने यो त परमेशवरको कृपा थियो ममाथि। मैले मेरो बाल्य अवस्था र किशोर अवस्थाको संघर्ष तपाईलाई सुनाएको कारण यही हो। मेरो जीवनमा प्रभु येशूको कुनै योजना थियो र नै उहाँले मलाई तीतो र मीठो दुवै चखाउनु भएको छ। स्कुल पढन्को लागि मैले आफूले नै कठोर परिश्रम गरेर कमाउनु परेको थियो। स्कुले जीवनमा तपाई कति जनाले हिलो, बालुवा र गिट्टी, सिमेन्टको काम गरेर हात, खुट्टा मैला गर्नुभएको छ?

वि. सं. २०३० सालतिर मैले एकचोटी ज्ञानेशवर चर्च जाने मौका पाएँ। मलाई मुक्त सिंह राना दाजुले लैजानुभएको थियो। अरू त सबै कुरो ठीकै लाग्यो, तर अघिल्तिर झुण्डिएको एउटा बोर्डमा लेखेको कुरो मलाई त्यति पचेन। त्यहाँ लेखिएको थियो, बाटो, सत्य र जीवन म नै हुँ। त्यो भनाइ येशू ख्रीष्टको हो भनी सुनेर मलाई दुःख लाग्यो। अरूले भन्नुभन्दा पनि उनी आफैले आफैलाई प्रशंसा गरेको जस्तो लाग्यो। केही महिनापछि मैले बाइबल किनेर पढ्न सुरु गरें। त्यो पुस्तकमा भुल भेट्टाउन पाए म खुसी हुने थिए‘ । म तर्क गरेर क्रिस्चियन साथीहरूलाई लाजमर्दो बनाउन तम्सेको थिएँ। पढ्दै जाँदा मैले अघि दिक्क लागेको कुरो त त्यहींभित्र भेट्टाएँ। म छक्क परें। बाटो, सत्य र जीवन मै हुँ, लेखिएको वाक्य मलाई बारम्बार दोहोर्‍याउन मन लाग्यो। कुनै अदृश्य आत्माले मलाई त्यो दोहोर्‍याउन लगाइरहेको थियो । मैले आजसम्म पुजेको कुनै पनि भगवानले यति सफागरी मुक्ति र मोक्षमा पुर्‍याउने कुरा गरेको मलाई थाहा थिएन। येशू पापी मानिसहरूलाई बचाउन र उनीहरूको लागि प्राणको बलिदान दिन आउनुभएको हो भन्ने कुरोले मलाई पोल्न थाल्यो। उहाँले मलाई सामूहिक रूपमा होइन तर व्यक्तिगत रूपमा माया गर्नुहुन्छ भनी सुन्दा म धेरै भावुक बनें। मैले उहाँमाथि पूरा विश्वास राखेर बप्तिस्मा लिएँ। पानीमा डुबेर आफ्नो विश्वास घोषणा गर्नुलाई बप्तिस्मा भनिन्छ।
कानून अनुसार म अब जेल सजायँको योग्य थिएँ। २०३१ सालतिर इसाई बन्नु लरतरो कुरो थिएन। सामाजिक रूपमा पनि मेरो हाँसो–गिल्ला हुनथाल्यो। कलेजमा साइन्स (विज्ञान) विषय लिएर पढाइ अघि बढिरहेको बेलामा अचानक घर, परिवारबाट पो निकालिने हो कि भनी मलाई डर पनि लागेको थियो। मैले पूजा, प्रसाद, श्रीमतीले खुट्टा ढोग्ने, दाजुभाइको पूजा आदि बन्द गर्न लगाएँ। तर सबै घर परिवार र समाजका मानिसहरूलाई ती रीतिरिवाज मानेको भन्दा बढी माया र प्रेमको भावना मनमा जागेको थियो। मेरी श्रीमती कयू मेरो खुट्टा ढोग्न नपाउँदा रोइन् पनि। मैले बुझाएँ, येशूलाई चिनेपछि म उनलाई अझ धेरै प्रेम गर्छु र आदर पनि गर्छु। हामी सबैजना परमेशवरको दृष्टिमा बराबर छौं भनी मैले उनलाई र परिवारलाई सम्झाउन लागें। उनले येशूको शिक्षा ग्रहण गरिन्।
बुवालाई त मेरो कारणले सन्तानबाटै पनि विरोध आयो। तर के होला प्रभुको योजना, उल्टो बुवाले त मेरै पक्ष पो लिनुभयो । पछि उहाँले पनि ख्रीष्ट येशूको प्रेमलाई ग्रहण गर्नुभयो। पाटनको ठूलो नेवारी इलाकामा एकचोटी म मात्र एक्लो इसाई थिएँ। देशभरी पञ्चायती सरकारले इसाईहरूलाई थुनिरहेको थियो। त्यस्तो बेलामा प्रभुले मलाई आफ्नो वचनबाट बोलिनै रहनुभयो। मैले त्यसबेला मलाई साथ दिने अरू इसाई साथीहरू भेटें जसको जीवन देखेर मलाई पनि प्रेरणा मिल्थ्यो।
हाम्रा बढिसकेका दुई छोराछोरी छन्, म एउटा नातिको बाजे पनि बनिसकेको छु। कयूसंग विवाह हुँदा म आठ वर्षको थिएँ। साथीहरूसंग खेलिरहेको बेलामा मलाई बुवाले पिठ्यूँमा बोकेर लैजानुभयो। मेरो दाजुको विवाहकै मूहुर्तमा एकछिनको सल्लाहमा विवाहको बन्धनमा बाँध्न मलाई कयूसंग बसाइएको रहेछ। मेरा संघर्षका वर्षहरूमा जीवनभरि नै कयूले मलाई साथ दीन्। त्यति मात्र होइन, अध्ययनको निम्ति विदेशमा लामो समय हराउँदा सारा परिवार, बालबच्चा र घर समालेकी थीन्। कतिपय रोगको शिकार, मेरी जीवन संगिनी कयू छ वर्षाघि हामीलाई छोडेर सदाको निम्ति गइन्। मेरो जीवनको एक खपिनसक्नुको चोट मैले अनुभव गर्नुपर्‍यो। जब चर्चको भार र अभिभारा बढेर कहाँ पुगिसकेको थियो त्यस्तो समयमा म एक्लो बनें। पछि प्रभुको असीम कृपामा, मित्रहरूको सल्लाह, सुझाव, निर्देशनमा मैले जीवन यात्राको साथीको रूपमा मरियम प्रधानलाई विवाह गरें। मिरिक बाइबल स्कुलमा धेरै वर्ष कार्यरत मरियम मेरो निम्ति सेवकाइको असल सहयोगी पनि बनेकी छिन्।
आज नेपालकै एउटा ठूलो चर्च, कोइनोनियाको मूल पास्टर भएर हजारौंको सेवा देशभित्र र देशबाहिर गर्ने मौका र सौभाग्य मलाई मिलेको छ। मैले विराट सम्मेलनहरूलाई सम्बोधन गर्ने मौका पाएको छु । करिब बीसओटा पुस्तक लेख्‍न पाएको छु, टेलिभिजन र रेडियोबाट सन्देश दिन पाएको छु। तर यो सबै म किन बताइरहेछु? यो मैले दुई जनालाई भनिरहेको छु। पहिलो, म यो सबै आफैंलाई सम्झाइरहेछु। प्रगति, सफलता, आशिष जे भने पनि मेरो जीवन कथाका सबै उतारचढावको एकमात्र कारण हुनुहुन्छ प्रभु येशू, मेरा मुक्तिदाता। म निशचित छु उहाँको कृपामा मात्र यो सबै सम्भव भएको हो। यो विषयमा म आफैलाई ढॉट्न र धोका दिन सक्दिन। म कति महान, भनेर घमण्ड गर्ने कुनै पनि कारण छैन। मेरो निम्ति परमेश्वरको एउटा योजना थियो, त्यो महान योजना पूरा हुनको लागि मैले उहाँलाई मेरो ह्दयको राजा भनी उच्च स्थान दिएँ। उहाँले त्यो योजना लागु गर्नुभयो। म होइन तर ख्रीष्ट मभित्र।
गर्वले नफुलिनू भनी म आफैलाई सम्झाउँदैछु अनि यो कुरो म तपाई पाठकको लागि पनि लेख्दैछु। तपाईले मेरो बाल्य अवस्था र किशोर अवस्थाको छोटो जानकारी पाउनुभयो। मैले यहाँ लेखेको भन्दा धेरै दर्दनाक अनुभवहरु मसंग छन् । तर आज मैले यतिको पठनपाठन, विद्यार्जन गर्न पाएँ, हजारौं हजार अन्य सेवकलाई, विश्वासी र मिशनेरीहरूलाई डोर्‍याएर वर्षौंदेखि नेतृत्वको दायित्व उठाउन सकेको छु। यो म तपाईको लागि भन्न चाहन्छु किनभने तपाईको निम्ति पनि परमेशवरसंग एउटा उदेकलाग्दो योजना छ। यदि तपाईले पनि मैले जस्तै एकमात्र बाटो, सत्य र जीवन, “येशू प्रभु” लाई आफ्नो जीवन समर्पण गर्नुभयो भने उहॉले त्यही योजनाका सिद्धान्त तपाईको जीवनमा पनि सक्रीय तुल्याउनुहुनेछ।

source: www.pariwartangarneshakti.com
Published with permission

Republished in new layout on 9/11/2013

Previous Comments

halleluya praise the lord
written by DHURBA , January 24, 2011

TRUE GOD IS JESUS.TAPAIKO BISWASLE TAPAIKO SAMUMA DEKHEYAKA CHUNAUTI RA UHAKO YOJANA PARAMESWORLE PURA GARNU BHAYO GARDAI HUNUHUNCHA.JINDAGIMA KASTHA BHOGAI,CHUNAUTI RA AWASAR TATHA CHHANNE MAUKA SABAILAI CHHA.BISWASSATH VISION HUNUPARYO.DHERAI MANIS ASISIT HUNECHHAN.

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In