• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, July 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

महरा चर्चमा

by NC Reporter
August 15, 2013
in NC Photos, On the Media

setopati बाट, 14 August:

चर्च जाँदैमा क्रिस्चियन बनिँदैन

जगदीश पोखरेल

 

 अचानक सेतोपाटी खबरसाइटमा ‘महराले थापे पास्टरको आशिर्वाद’ शीर्षकमा केही फोटोसहितको समाचार आयो । झन्डै दुई साता पुरानो यो घटनालाई नयाँ देखाउनकै निम्ति हुनसक्छ, लेखकले एकतर्फी रुपमा केही अरु कुराहरु पनि थपेर समाचारलाई चाखिलो बनाउने प्रयास गर्नुभयो ।

हामी क्रिस्चियनहरु लडेको नेपाल होइन, बढेको नेपाल चाहन्छौं । यो देशका सबै राजनीतिक दल मिलेर देशलाई अग्रगमनको दिशातिर लैजाउन् भन्ने हाम्रो इच्छा हो । एमाओवादीका नेतामात्रै होइन, कांग्रेस, एमाले, राप्रपा, मधेसवादीलगायत अन्य सबै दलका नेताहरुले देश निर्माणको काममा सफलता प्राप्त गरुन् भन्ने हाम्रो सधैंको प्रार्थना हो ।

एमाओवादीका नेता कृष्णबहादुर महरा चर्चमा गएर फर्कंदा मात्रै पनि नेपाली बौद्धिक जगतमा उठेको यो बहसले स्पष्ट गर्दछ, यो देशमा क्रिस्चियनहरुलाई कुन श्रेणीको नागरिकको रुपमा लिइएको छ भनेर । धेरैले हामीलाई दोस्रो श्रेणीको नागरिकको व्यवहार गरियो भनेर विरोध गरेको हामीले सुनेका थियौं, तर हामी क्रिस्चियनहरुमाथि त दोस्रो श्रेणीमात्रै होइन, तेस्रो श्रेणीको नागरिकको व्यवहार गरिएको छ । के कुनै दलको नेता चर्चमा गएर त्यहाँको रितिथितिको सम्मान गरेर फर्किनु अपराध नै गर्नु हो र?

के नेताहरु चर्च जानु हुँदैन भनेर नेपालको अन्तरिम संविधानले कहिँ कतै उल्लेख गरेको छ र ? के नेपालका नेताहरु जतिपटक मन्दिर गएर पूजाआजा गरेर फर्के पनि केही फरक नपर्ने अनि चर्च जाँदा चाहिं अनिष्ट हुने हो र? किन्दा एउटा तराजुले किन्ने र बेच्दा अर्कै तराजुले बेच्ने धुर्त व्यापारीको झैं ब्यबहार किन गर्छ सेतोपाटीले ?

सेतोपाटी खबरसाइटलाई हाम्रो यो विनम्र सुझाव छ, पत्रकारितामा चर्चित हुन धेरै होइन, राम्रो लेख्नुपर्छ ।

अर्को कुरा, समाचारमा महरा कामविशेषले चर्चमा गएर फर्कंदैमा उनी क्रिस्चियन नै बने भन्ने हिसाबले विश्लेषण गरिएको छ । चर्चमा आएर फर्कंदैमा कोही पनि क्रिस्चियन बन्दैन भन्नेमा हामी स्पष्ट छौं । खबरमा जे जे आएको भए पनि चर्चमा आएर फर्केको कारणले नै महरा क्रिस्चियन बने होलान् भनेर हामी क्रिस्चियनहरु नै पत्याउदैनौं । यदि कामविशेषले चर्चमा जाँदैमा क्रिस्चियन बन्ने भए त कामविशेषले भारत गएका दसौं लाख नेपाली भारतीय अनि अरब गएका अरेबियन बने त ? अवश्य बनेनन् नि हैन र ? जसरी भारतीय बन्न भारतको र अरेबियन बन्न अरबको निश्चित विधिविधान पुरा गर्नुपर्छ, त्यसरी नै क्रिस्चियन बन्न पनि बाइबलअनुसार निश्चित बिधिबिधान पुरा गर्नुपर्छ । त्यसैले नेपाली इसाई समुदाय सेतोपाटी युनिट, यस विश्लेषणका विश्लेषक अनि यसबारेको बहसमा सहभागी सबैलाई अनुरोध गर्न चाहन्छ, हामीले हाम्रालाई राम्रा नभनेर राम्रालाई हाम्रा भन्न थाल्यौं भने त्यसैमा सबैको कल्याण हुन्छ ।

अन्तमा; अरु राजनीतिक नेताहरुले बुझ्न नसकेको अल्पसंख्यक समुदायको अस्तित्व बुझिदिनुभएकोमा समस्त नेपाली इसाई समुदाय एमाओवादी नेता कृष्णबहादुर महराज्यूप्रति हामी हार्दिक साधुवाद व्यक्त गर्दछौं ।

जगदीश पोखरेल
इसाई समुदायका तर्फबाट

 

Source: http://setopati.com/pathak-bichar/3155/#sthash.IX9UIJ5T.dpuf

setopati बाट:

महराले थापे ‘पास्टर’को आशिर्वाद

युवराज घिमिरे 

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आफूलाई धर्म निरपेक्ष पार्टीका रुपमा चित्रित गरे पनि अधिकांश हिन्दु धार्मिक संस्थाहरु उक्त दललाई हिन्दु धर्म विरोधी मात्र नभएर इशाई धर्म समर्थक भएको मान्दछन् ।
 
सम्भवतः त्यसैले होला उक्त पार्टीका केही वरिष्ठ नेताहरु विभिन्न धर्म र सम्प्रदायका बैठकहरुमा खुला या गोप्यरुपमा जान थालेका छन् । एनेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिव महिमाका हिसावले महत्वपूर्ण मानिने ‘बोलबम’ अभियानमा सहभागी कमरियाहरुको कार्यक्रममा सहभागी भई उनीहरुको शीव दर्शन कार्यक्रमको सफलताको कामना गरेका थिए । नेकपा एमालेका नेता माधव कुमार नेपालले त्यस्तै कार्यक्रममा सहभागी भएको केही दिनमै प्रचण्ड निधारमा पीताम्बरी रुमालको पट्टी बाँधी कमरियाहरु बीच आश्रित भएका थिए ।
 
‘हिन्दु–खस’ वर्चस्व समाप्त गर्न नेपाललाई हिन्दु राष्ट्रको सट्टा धर्म निरपेक्ष बनाउने अभियानको सफल नेतृत्व गरेको माओवादी निर्वाचन घोषणा र आचार संहिता लागु भए पछि विविध धर्म र मतको समर्थन हाँसिल गर्न जुटेको देखिन्छ, यद्यपी निर्वाचन आयोगले सार्वजनिकरुपमा भएका यी कार्यक्रमहरु बारे कुनै प्रतिकृया या आपत्ति जनाएको छैन अहिले सम्म । तर, दाहालका सहयोगी तथा एनेकपा माओवादीका अर्का वरिष्ठ नेता कृष्णबहादुर महरा भने राजनीतिमा धर्मै घुसाएको आरोपमा विवादमा तानिएका छन् ।
 
साउन १२ गते नेतालगञ्जस्थित ‘ग्रोस्वल एसेम्ब्ली’ चर्चमा उपस्थित भई रितीपूर्वक उनले त्यहाँका पास्टर वी वी बस्याल सँग आशीर्वाद लिएको फोटो पत्रकार दिपेन्द्र खड्काले आइतवार या घटनाको झन्डै दुई साता पछि फेसबुक मा राखि दिएपछि महरा चर्चामा आएका छन् । अनेक टिप्पणीकर्ताहरुले यसलाई धर्म र राजनीतिको वरपरका रुपमा लिएका छन् । महरासँग उक्त कार्यक्रममा चर्चमा उपस्थित बाँकेका एनेकपा माओवादी नेता डम्बर तुफान भने यी टिप्पणी र फोटोले जन्माएका आशंकालाई कु व्याख्या नगर्न र सही परिप्रेक्ष्यमा बुझ्न आग्रह गर्दछन् ।
 
‘चुनाव प्रचारका क्रममा धर्मबारे हाम्रो पार्टीको मान्यता बुझाउन हामीले विभिन्न धर्मावलम्बीहरुसँग अन्तिरक्रिया ग¥र्यौं । चर्चका पदाधिकारीहरुले त्यहाँ भित्रै हामीलाई आमन्त्रण गरी उनीहरुको मान्यता अनुसार प्रार्थनाबाट मात्र कार्यक्रम शुरु गर्नुपर्ने आग्रह गरे पछि महारानीले प्रार्थना मन्त्रमा हात जोड्न भयो, पास्टरले र गुरुआमाले आर्शिर्वाद स्वरुप उहाँको शीरमा हात राख्नुभयो,’ तुफानले सेतोपाटीलाई भने ।
 
गुरुद्वारामा भन्दा त्यहाँको चलन अनुसार उहाँले रुमालले शीर ढाक्नुभयो,’ तुफानले थप स्पष्ट पार्दै भने । तर चिनियाँ व्यापारीसँग नेपालमा सरकार निर्माणका लागि ५० करोड रुर्पैँयाको माग सहितको कथित टेलिफोन वार्ता विवरण प्रकाशित भए पछि विवादमा आएका महरालाई यो पृष्ठभूमिले अरु विवादित बनाउने देखिन्छ ।
 
विश्व हिन्दु महासंघ, हिन्दु स्वर्य सेवक संघ आदि संगठनहरुले नेपाल धर्म निरपेक्ष बन्नुमा चर्च र माओवादी विचको निकट सम्बन्धलाई जिम्मेवार ठहर्‍याउँदै आएका छन् । नेपालको हिन्दु राष्ट्र हैसियत फिर्ता हुनुपर्ने माग पनि उनीहरुले उठाउँदै आएका छ् । त्यस्तै सुझाव प्रचण्ड २ महिना अघि भारत जाँदा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले दिएका थिए । उक्त भेटघाटमा उपस्थित भाजपा विदेश विभागका अधिकारी विजय जोशीका अनुसार प्रचण्डले हिन्दुहरुको ‘इशाईकरण’ भई रहेको बारे आफू सचेत रहेको र त्यसमा केही गर्ने आश्वासन पनि सिंहलाई दिएका थिए ।
 
माओवादी आन्दोलनसँग चर्चको साँठगाँठ प्रमाणजन्य रुपमा स्थापित नभए पनि माओवादीका विविध आचरण र व्यवहारको विश्लेषण गरी उक्त आन्दोलन हिन्दु विरोधी भएको निस्कर्ष खासगरी सुरक्षा विज्ञहरुले गरेका छन् ।
 
सशस्त्र प्रहरी बलका एक पूर्वअतिरिक्त महानिरीक्षक नाम उद्धृत नगर्ने सर्तमा भन्दछन्, ‘माओवादीले हिन्दु मन्दिर तोडे, दाङमा संस्कृत विश्वविद्यालयको दुर्लभ पाण्डुलिपीहरु सहितका ग्रन्थ जलाए र गाई तथा गोरु काटी भोज खुवाउने गरे भने धर्म परिवर्तनलाई रोक लगाएनन् ।
 
नेपाल इशाई संगठनमा केही महिना अघि जारी तथ्याङ्क अनुसार मुलुकमा ८ हजार ५ सय चर्चहरु र २५ लाख अर्थात् झण्डै १० प्रतिशत इशाई जनसंख्या रहेको दावी गरिएको छ । महराको चर्च यात्रा सम्भवतः निर्वाचनमा धर्मको प्रभावलाई स्वीकार गर्दै भएको हो । यता, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (नोपल) ले मुलुकलाई हिन्दु राष्ट्र घोषित गर्नुपर्ने माग उठाउँदै आएको हो ।

Source:  http://setopati.com/raajneeti/3124/#sthash.kO3zm0C2.dpuf
 
Nepali headlines बाट:
 

ज्ञानु गौतम

२७ साउन, नेपालगञ्ज । एमाओवादीमा नेता कुष्णबहादुर महराले नेपालगञ्ज स्थित गोस्पल एसेम्बली चर्चमा क्रिष्टियनहरूलाई भेटी धर्मनिरपेक्षता बारेमा एमाओवादी सकारात्मक रहेको कुरा बताएका छन् ।

नेपाल सबै जातको फुलबारी भएकाले यहा सबैजातजातिहरूले स्वतन्त्र भएर आफ्नो धर्ममान्न पाउनु पर्छ भन्दै महराले नेकपा माओवादी पार्टी धर्मविरोधी नभएको कुरा बताए । महराले थपे “आफ्नो पार्टी धर्मनिरपेक्षताको पक्षमा रहेकोले अन्य दलहरूसँग सहमति गर्न समेत गाह्रो भएको थियो । ”

चर्चमा गोस्पल एसेम्बली चर्चकी गुरूआमा सुशिला बसेलले नेताहरू इमान्दार , सक्षम,कर्मठ भएर जनताहरुको चाहना पुरा गर्नुपर्छ भन्दै बाइबलबाट उदाहरण दिएर नेता महरालाई सल्लाह दिइन् । उनले भनिन्, “बाइबलमा मोसा, यसु, सिम्सोन, दाउद जस्ता दर्शन बोकेका नेताहरू माथि जनताले भरोसा गर्नेछ ।”

कार्यक्रमको अन्तमा गोस्पल एसेम्बली चर्चका मुख्य पास्टर केबि बसेलले जस्ले धर्मनिरपेक्षताको मुद्धालाई उठाउँछ त्यसैलाई क्रिष्टियनहरुले सघाउने कुरा बताउदै नेता महराको चुनावी माहोल बनोस् भन्दै प्रमेश्वरसँग प्रार्थना गरे ।

यसैबिच महराको शीरमा हात राखेर दुई क्रिस्टियन गुरूहरुले धर्म परिवर्तनको शैलीमा आशिर्वाद समेत दिएका थिए । 

Source: http://nepaliheadlines.com/%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%9A-%E0%A4%AA%E0%A5%81%E0%A4%97%E0%A5%87-%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE-%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A4%BE-%E0%A4%AB%E0%A5%8B%E0%A4%9F%E0%A5%8B%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A4.html

Onlinekhabar.com बाट:

महराको टाउकामा हात राखेर तथास्तु !

३० साउन, काठमाडौं । दुबै हात जोडेर, आँखा चिम्लिएर, ध्यान मुद्रामा बसी टाउकामा हात राख्न लगाएर आशिर्वाद थाप्ने तस्वीरमा देखिएका व्यक्ति को हुन् चिन्नुहुन्छ ? विश्वास लागेन होला तर यिनी एमाओवादी नेता कृष्णबहादुर महरा हुन् ।

mahara

र, गोस्पेद एसेम्ब्ली चर्च नेपालगञ्जमा महराको टाउकामा हात राखेर सर्लाहकिा बाबाजीले स्पर्शथेरापी विधिबाट रोगीको उपचार गरेको ष्या धर्मभिरुले धार्मिक आस्था परिवर्तन शैलीमा चुनाबी सफलताका लागि आर्शिवाद दिने माइक्रोफोन बोकेका ती क्रिश्चियन हुन्, गुरुआमा सुशीला बसेल र मुख्य पास्टर केबी बसेल । जनआस्था साप्ताहिकले लेखेको छ- दुनियाँलाई नै उदेक लाग्ने गरी धर्मगुरुबाट आशिर्वाद थाप्दै महराले चुनाबी अभियानको श्रीगणेश गरेका हुन् ।

उनको चुनावी अभियान देख्नेहरु भन्दैथिए, चुनाव जित्नका लागि कम्युनिष्टले बुर्जुवालाईसमेत माथ गर्दारहेछन् ।

Source: http://www.onlinekhabar.com/2013/08/105313/

Prakash Dahalko Facebook बाट: 

  • प्रकाश दाहाल
    2 hours ago via mobile
    कृष्ण बहादुर महराको फेसबुक स्टाटस जस्ताको तस्तै
    ********************************************************************************
    गत आइतबार िबहान म धर्म िनरपेक्षता सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम को क्रममा नेपालगङ्ज स्थीत सोिफया स्कूल पुग्दा त्यहाका पास्चर र वहाका सहयोगीहरुले गरेको वहाहरुको आफनै शैलीको स्वागत एवम् शूभकामना र मैले गरेको नमस्ते को अभिवादन को तस्बीर लाई केही साथीहरुले धर्म प्रचार भनि बुझ्नु र प्रचार गर्नुलाई अनर्गल र गलत मनशाय कोअभिब्यक्ति मात्र ठानेको छु । तस्बीर लाई वहाहरु कै शैली को शूभकामना र मैले गरेको अभिवादन भन्दा अर्को अर्थमा नबुझ्न अनुरोध गर्दछु ।म धार्मिक स्वतन्त्रता को सम्मान गर्छु र आफू धर्म निरपेक्षता को पक्षमा रहेको पनि स्पष्ट गर्दछु ।
    6Like · · Share
    •  
      Top Comments
      Jagadish Pokharel, Dhakal Deepak, Lekhanath Neupane and 85 others like this.
    •  
       
      Sarju Rijal good
      Like · Reply · 2 hours ago
    •  
      Prakash Thakulla Im totally agreed with u mahara g. Yo ucpn(maoist) ko dusprachar ra janata ma bhram failaune news matra ho.
      Like · Reply · 2 · about an hour ago via mobile
    •  
      Shusil S. Pandey pathvarasta haru j vane pani hune laaj pachekaa haru.
      Like · Reply · 2 · 2 hours ago via mobile
    •  
      KB Gurung agreed that …..
      Like · Reply · about an hour ago
    •  
      Missan Gharti Kun desh ma ho prakash ji ?
      Like · Reply · 2 hours ago via mobile
    •  
      Anil Yakha thukka dimag……….99% nai vae pani equality is equality
      Like · Reply · 1 · 17 minutes ago via mobile
    •  
      Piru Nepali Prakash Ji hajur 85% Hindu Ko desh Nepal lai Pakistan Banaune Kam Ko support ma chhu khabar dar
      Like · Reply · 1 · about an hour ago via mobile
    •  
      Jiban Sharma I m proud to b HINDU
      Like · Reply · 1 · 2 hours ago via mobile
    •  
      निराजन घिमिरे कुन फोटो हो हेरौँ न हामी पनिSee Translation
      Like · Reply · 2 hours ago via mobile
    •  
      Jabul Hak Shitt to all who dosnt support dharma niripex its 21st century gyes and all body have their rights. I support kamred Mr krishna B mahara and Kamred Prachanda sa well Kamred Babu ram bhattrai and to united moast party as well thanx to Kamred Prakash Jee….. Jeet aabsya hamro hune xa yo Des ko hunexa ra chandra surya ko hunexa jaba A MAOBADI le aaba aaune chunawb ma bahumat lyaune xa… Wish you all the best for upcoming election Lal salaam….
      Like · Reply · 2 · 2 hours ago via mobile
    •  
      Baburam Aryal ……………..,?
      Like · Reply · 35 minutes ago via mobile · Edited
    •  
      गजीन बराईली खोटाङे I like yo kura
      Like · Reply · 2 hours ago via mobile
    •  
      Rosan Bikram Thapa good
      Like · Reply · 2 hours ago
    •  
      Durga Babu Kshetri a
      Like · Reply · 2 hours ago via mobile
    •  
      Uttam Lopchan Eyo ta ramro ne good
      Like · Reply · 2 hours ago via mobile
    •  
      Madhab Paudel tasbir afai bolcha!
      Like · Reply · 1 · 2 hours ago
    •  
      Gobinda Basnet maobadi haru ta janjati ko nam lenay dharm nirpeshya lai mahan thanxau ahe nai paso hunay xa nepal ra nepali ko lage @
      Like · Reply · 28 minutes ago via mobile
    •  
      Ram Krishna Parajuli hehehhe baato kura !!
      Like · Reply · about an hour ago
    •  
      Parshuram Nepali like
    Source: https://www.facebook.com/prakash.dahal.522  (14 august 2013, 11.50 am)
     
    Nepali headlines बाट:

    महरा भन्छन्, ‘क्रिश्चीयनबनेको होइन

     ३० साउन, काठमाडौ । एकीकृत माओवादीका प्रभावशाली केन्द्रीय सदस्य कृष्णबहादुर महराले आफू क्रिश्चीयन नबनेको स्पष्ट गरेका छन् ।

धर्मनिरपेक्षता सम्बन्धी एक अन्तरक्रिर्यामा सहभागि हुन नेपालगञ्जको सोफिया स्कुल पुग्दा उनीहरूको आफ्नै शैलीले स्वागत गर्दा आफूले नमस्कार गरेको महराले बताएका छन् । क्रिश्चियन धर्मालम्बीको मण्डलीमा पाश्चरका अगाडी महराले अविभादन गरेको तश्वीर सार्वजानिक भएपछि महराले धर्मपरिवर्तन गरेको देखी धर्मप्रचारमा लागेको आरोप लागेको थियो ।

महराले आफ्नो खण्डनमा भनेका छन्, ‘केही साथीहरुले धर्म प्रचार भनि बुझ्नु र प्रचार गर्नुलाई अर्नरगल र गलत अभिव्यक्तीको मनसाय ठानेको छु ।’ यसअघि नेपालगञ्जको चर्चमा महराले पाश्चरवाट आर्शिवाद स्वीकार गरेको तस्वीर सार्वजनिक भएको थियो । महराले धार्मिक स्वतन्त्रताको सम्मान गर्ने र आफू धर्मनिरपेक्षताको पक्षमा रहेको स्पष्ट गरेका छन् ।

Source: http://nepaliheadlines.com/%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A4%BE-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A5%80%E0%A4%AF%E0%A4%A8-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B-%E0%A4%B9%E0%A5%8B%E0%A4%87%E0%A4%A8.html

 

Related Posts

उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

उज्यालोमा कसरी आउन सकिन्छ भनेर छायाँ नै सबैभन्दा ठूलो गुरु हो

April 25, 2023
बदल माथिको डाडा

बदल माथिको डाडा

November 19, 2022
बिहानको घाम

बिहानको घाम

November 5, 2022
भोलि पक्कैपनि राम्रो दिन हुनेछ

भोलि पक्कैपनि राम्रो दिन हुनेछ

October 17, 2022

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In