प्रिय मित्रहरू,
गएका दुइ खण्डमा हामीले हाम्रा प्रभु येशू ख्रीष्टले जैतुन डाँडामा गर्नुभएको प्रचारलाई हेरिरहेका छौं। अघिल्ला दुईमध्ये पहिलो घोषणा पत्रमा हामीले स्वर्गको राज्यका नागरिकहरू खुशी र आनन्दित हुनुपर्छ भनी सिक्यौं भने दोस्रोमा हाम्रो कारणले गर्दा हाम्रो वरिपरिका व्यक्तिहरू पनि खुशी र आनन्दित हुनुपर्छ भनी सिकेका थियौं। यो कुरालाई बुझाउन येशूले नून र ज्योतिको उदाहरण दिनुभएको थियो।
आज हामी घोषणा पत्रको तेस्रो खण्ड हेर्नेछौं। यसलाई ‘अधिकारको घोषणा’ नाम दिन सक्छौं। यसमा हामीले प्रभु येशूको अधिकारलाई हेर्नेछौं।
यो खण्ड बाइबलबाट हेर्नु अगाडि व्यवस्थाको बारेमा केही कुरा जान्नुब आवश्यक हुन्छ। अब्राहामका नाति याकूबलाई परमेश्वरले इस्राएल नाम दिनुभयो र इस्राएलका १२ छोराहरूबाट नै १२ कुल बने। पछि उनीहरू मिश्रको दासत्वमा परे र ४३० वर्षपछि परमेश्वरले उनीहरूलाई मोशाद्वारा छुटकारा दिनुभयो। त्यसपछि परमेश्वरले तिनीहरूलाई व्यवस्था दिनुभयो।
यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट छुटकारा दिनेछु।आफ्नो हात उठाएर तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। र म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्नेम कुरा तिमीहरूले जान्नेदछौ। अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हूँ।‘
प्रस्थान ६:६-८
यस खण्डमा तीन प्रतिज्ञाहरू समावेश छन्।
– दासत्वबाट छुटकारा
– आफ्नै प्रजा बनाउने
– देश दिने
परमेश्वरले इस्राएलीहरूलाई दासत्वबाट छुटकारा दिलाएपछि व्यवस्था प्रदान गर्नुभयो। व्यवस्थाले छुटकारा पाइसकेका मानिसहरूले अब कस्तो जीवन जिउनुपर्ने हो भनी शिक्षा दिएको छ। त्यसरी नै डाँडाको उपदेश पनि मुक्ति पाइसकेका ख्रीष्टियानहरूलाई ‘अब कस्तो जीवन जिउनु पर्ने हो’ भनी येशूले सिकाउनुभएको हो।
अब मत्ती ५:१७-२० पढौं।
व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ।म त रद्द गर्न होइन, तर पूरा गर्न आएँ। किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन। यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घेन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ।तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौं।
मत्ती ५:१७-२०
परमेश्वरले दिनुभएको व्यवस्थाको बारेमा व्याख्या गर्ने यहूदीहरूका बीचमा दुई समूहहरू थिए। र उनीहरूले सबै कुरा व्यवस्थासँग तुलना गरेर हेर्थे।
येशूले भन्नुसहुन्छ ‘म व्यवस्था पूरा गर्न आएँ ‘ त्यसैले येशूले व्यवस्थाको अन्त भएको संकेत दिनुभएको छैन तर व्यवस्थाको मर्म र अर्थ अव स्पष्ट हुने बताउँदै हुनुहुन्छ। उहाँले त अझ जोड दिएर भन्दै हुनुहुन्छ कि व्यवस्थामा भएको सानो भन्दा सानो नियम उल्लङ्घ्न गर्ने वा सिकाउने व्यक्ति स्वर्गको राज्यमा सानो हुनेछ। त्यसरी नै व्यवस्थाको सानो भन्दा सानो कुरा पालन गर्ने र गर्न सिकाउने व्यक्ति भने ठूलो मानिनेछ। त्यसरी नै प्रभुले जोड दिनुहुन्छ कि शास्त्री र फरिसीको भन्दा हामी मुक्ति पाएका मानिसहरूको धार्मिकता बढी भएन भने स्वर्गको राज्यमा प्रवेश निषेध हुनेछ। एकदमै कडा र डरलाग्दो कुरा छ। शास्त्री र फरिसीको भन्दा धार्मिक जीवन कसरी जिउने हामी अगाडि हेर्नेछौं।
तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई यसो भन्नुाभयोः शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्। यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन्, तर त्यसअनुसार गर्दैनन्। तिनीहरूले गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औंलाले पनि छुँदैनन्। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्। किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था-पत्री ठूला बनाउँछन्, आफ्ना वस्त्रका झुम्काहरू लम्याउँछन्, भोजहरूमा प्रमुख आसनहरू मन पराउँछन्, बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रूचाउँछन्।
मत्ती २३:१-७
शास्त्री र फरिसीहरू मोशाको व्यवस्थाको अर्थ खोल्ने र सिकाउने अधिकार प्राप्त व्यक्तिहरू हुन् तर उनीहरूले अर्थमात्र खोल्थे र त्यसमा थपेर मानिसले पालन गर्नै नसक्ने बनाउँथे तर आफूले त्यसलाई पालन गर्दैनथे।
नयाँ करारका सेवकहरू हुन उहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन, तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ।
२कोरिन्थी ३:६
“लेखाइले मार्छ तर आत्माले जीवन दिन्छ”
व्यवस्था पूरा गर्नु भनेको यही हो। व्यवस्थाको आत्मा वा मर्मलाई मानिसको अगाडि खोलिदिन येशू आउनुभयो र उहाँले व्यवस्थाको भित्री अर्थलाई खोलिदिनुभयो।
मत्ती ५:२१-४८ मा केही वाक्यहरू ५ पटकसम्म प्रभुले दोहोर्या्उनु भएको छ।
“तिमीहरूले सुनेका छौँ ” वा “यो भनिएको छ।”
– व्यवस्थामा लेखिएको कुरा
“तर म तिमीहरूलाई भन्दछु।”
– व्यवस्थाको मर्म
अब येशूको व्याख्याहरूलाई हेरौँ
मत्ती ५:२१-२६ – रीस
तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइलाई तँ मूर्ख भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरूद्धमा केही छ भन्नेे तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामुने छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायधीशको हातमा सुम्पिदेला र न्यायधीशले अफिसरको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरूञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ।
व्यवस्थामा लेखिए अनुसार हत्या गर्नु हुँदैन तर प्रभु येशूले सिकाउनु भए अनुसार आफ्नो भाइलाई ‘तँ मूर्ख’ पनि भन्नुर हुँदैन। यो भागलाई अलि राम्ररी बुझ्नु पर्दछ।यहाँ हामीले शब्दलाई मात्र हेर्यौंन भने ठीक अर्थ आउँदैन जस्तै कसैले आफ्नो भाइलाई सुधारको लागि तँ मूर्ख’ भन्यो भने त्यसलाई हत्या गरे जस्तो पाप मान्न सकिन्नन तर कसैले क्रोधित भएर रीसमा आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ भने त्यो ठूलो अपराध हुन्छ किनभने हत्या गर्ने पाप हाम्रो हृदयमा घृणाको रूपमा सुरू हुन्छ र त्यो मुखबाट निस्कन्छ। हाम्रा शब्दहरूले नै मानिसहरूलाई हत्या गरे जस्तै बनाउन सक्छन्। हामी हाम्रो बोलीमा दयालु र कृपालु हुनु पर्दछ।
मत्ती ५:२७-३० – व्यभिचार
तिमीहरूले यसो भनेको सुनेका छौं, तैंले व्यभिचार नगर्। तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरू तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरू तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ।
वैवाहिक सम्बन्धभन्दा बाहिर गएर गरिने कुनै पनि यौन क्रियालाई व्यभिचार भनिन्छ। व्यवस्थाले व्यभिचारलाई वर्जित गरेको छ तर येशूले त कुइच्छाले हेर्नु मात्र पनि व्यभिचार बराबरकै पाप हो भनी भन्नुकहुन्छ।
मत्ती ५:३१-३२ – विवाह विच्छेद
यसो भनिएको छ, कि जसले आफ्नी पत्नीहलाई त्याग गर्छ, त्यसले उसलाई त्यागपत्र लेखिदेओस्। तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अरू कारणले त्याग गर्ला, त्यसले उसलाई व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकी स्त्रीसँग विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।
मोशाको व्यवस्थामा विवाह विच्छेद गर्न सकिने प्रावधान थियो तर येशूको समयसम्ममा मानिसहरूले यसलाई बिगारेर पुरुषले इच्छा लाग्यो भने जुनसुकै समयमा पनि स्त्रीलाई त्याग्न सक्ने नियम बनाएका थिए।
व्यवस्थामा त्याग पत्र दिएर त्याग्न सकिने उल्लेख थियो तर येशूले त व्यभिचारको कारण बाहेक कुनै पनि कारणले विवाह विच्छेद गर्न नमिल्ने कुरा बताउनुभयो।
मत्ती ५:३३-३७ – शपथ
फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयका मानिसहरूलाई भनिएको थियो, तैंले झूटो शपथ नखा, तर परमप्रभुको निम्ति गरिएको शपथ तैंले पूरा गर। तर म तिमीहरूलाई भन्दछु, शपथ खाँदै नखाओ। स्वर्गको नाउँमा शपथ नखाओ, किनकि त्यो परमेश्वरको सिंहासन हो, नता पृथ्वीको, किनकि त्यो उहाँको पाउदान हो, नता यरूशलेमको, किनकि त्यो महाराजाको शहर हो। आफ्नो शीरको शपथ नखाऊ, किनकि तिमीले एउटा केशलाई सेतो कि कालो बनाउन सक्दैनौ। तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो’ ‘होइन’ भने ‘होइन’ मात्र होस्।यीभन्दा बढीचाहिँ दुष्टताबाट आउँदछ।
मोशाको व्यवस्थामा परमेश्वरको नाममा गरिएका सबै प्रतिज्ञा (कसम) पूरा गर्नुपर्छ भनिएको छ। यसको गलत अर्थ लगाएर यहूदीहरूले अरू नाममा जस्तै स्वर्गको नाम, मन्दिरको नाममा पनि कसम खान्थे र ती पूरा नगरे पनि फरक पर्दैन भनी सोच्थे।
हाम्रो समाजमा पनि कसम खाने चलन छ। कसम खाँदा कुनै महान् र पवित्र वस्तुको नाम लिइन्छ। कसम खाएर आफूले व्यक्त गरेको कुरा सत्य हो भनी जनाउन प्रयास गरिन्छ।
येशूले भन्नुतहुन्छ, कसम खानु आवश्यक छैन किनभने हामीले झूट बोल्नु हुँदैन तर हाम्रो बोली ‘हो’ भने ‘हो’ र ‘होइन’ भने ‘होइन’ हुनुपर्दछ।
मत्ती ५:३८-४२ – प्रतिशोध (बदला)
तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, आँखाको बदला आँखा, दाँतको बदला दाँत। तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ। यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्यसलाई तिम्रो खास्टो पनि दिइहाल। यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्य गर्छ भने, उसँग दुई किलोमिटर गइदेऊ।तिमीसँग माग्नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्कार नगर।
व्यवस्थामा आँखाको बदला आँखा र दाँतको बदला दाँत लेखिएको छ। मानिसहरूले यसलाई गलत अर्थमा बुझेर बदला लिनुपर्छ भनी ठाने।तर वास्तवमा मोशाले व्यवस्था दिँदा कुनै पनि मानिसले आफूले गरेको कसुर भन्दा ठूलो सजाय नपाओस् भनी यो भनिएको थियो। परमेश्वरले त सधैँ क्षमा दिएको चाहनुहुन्छ।
त्यति मात्र होइन येशूले त अझ बढी गर्न भन्नुपभएको छ। कसैले तपाईंलाई अत्याचार गर्छ भने प्रेमले जित्नु पर्छ भनी येशूले सिकाउनु भएको छ।
मत्ती ५:४३-४८ – शत्रुलाई प्रेम
तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ। उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ, र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। किनभने यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ? के महसूल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? तिमीहरूले आफ्ना दाज्यू-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गर्यौ र? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ।
व्यवस्थामा शत्रुलाई घृणा गर्नु र छिमेकीलाई प्रेम गर्नु भनिएको छ तर येशूले त शत्रुलाई पनि प्रेम गर्नु र उसको लागि प्रार्थना गर्नु भनेर सिकाउनुभएको छ। यस्तो कठीन कार्य गरेमा हामी परमेश्वरका छोराछोरी हुने प्रतिज्ञा प्रभुले दिनुभयो।
भीड उहाँको शिक्षामा छक्क पर्यो किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैँ होइन, तर अधिकार भएको मानिसले जस्तो गरी सिकाउनुहुन्थ्यो।
मत्ती ७:२८,२९
Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or
Republished in new layout on 8/5/2013
Discussion about this post