Nutrition
Written by Isabel carter
Food tradtions and customs
All cultures develop a variety of traditional beliefs and customs concerning food. Sometimes there are certain foods that people eat at special festivals. Some foods may be avoided on certain days. Certain foods that are avoided in one culture may be valued in another. Most of these beliefs have little effect on nutrition. However, sometimes certain taboos or customs may have a considerable impact on health.
Read Acts 10:9-16
?)Why did Peter refuse to kill and eat the animals and birds shown to him?
?)What was God’s answer to Peter?
The Jewish tradition considered certain foods unclean and, for Peter, these taboos were part of his life. But then God challenged him on this. God is able to make all things clean and to change people’s way of thinking. God showed Peter that he could make all things clean. He used ‘unclean’ foods as an example, to challenge Peter about his refusal to have any social contact with non-Jews.
?)Do we have similar unhelpful beliefs about certain groups of people? Is God challenging us about these beliefs?
?)Do we have any unhelpful customs and taboos concerning food?
? How could we try to change people’s thinking about these?
Nepali version Below
पोषण
खाने तरिका तथा परम्परा
सबै संस्कृतिमा खानेकुरा सम्बन्धी विभिन्न रीतिरिवाज र विश्वासहरू विकास भएका हुन्छन्। कहिले कहीं चाडको बेलामा खाने विशेष खानेकुरा हुन्छ। कुनै कुनै दिनमा कुनै खानेकुरा नखाने हुन सक्छ। कुनैको संस्कृतिमा कुनै खानेकुरा खाइँदैन भने अर्कोको संस्कृतिमा त्यही खानेकुरा महत्त्वपूर्ण हुन सक्छ। यीमध्ये धरै विश्वासहरूको प्रभाव पोषणमा खासै हुँदैन। तर पनि, कहीले कहिं कुनै कुनै विश्वास वा चलनहरूले स्वास्थ्यमा निकै प्रभाव पारेको हुन्छ।
प्रेरित १०:९-१६ पढ्नुहोस्।
(?) पत्रुसलाई देखाइएका सबै जनावरहरू र पंक्षीहरू मारेर खान उनले किन इन्कार गरे?
(?) पत्रुसलाई परमेश्वरले के उत्तर दिनुभयो?
यहूदी प्रचलनअनुसार कुनै कुनै खानेकुराहरू अशुद्ध ठानिन्थे र पत्रुसको लागि यो वर्जित गरिएको खानेकुरा नखानु उनको जीवनको एउटा अंश नै भएको थियो। तर परमेश्वरले उनलाई यस विषयमा चुनौती दिनुभयो। परमेश्वरले सबै कुरालाई शुद्ध पार्न सक्नुहुन्छ। मानिसहरूको विचार गर्ने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। उहाँले सबै कुरालाई शुद्ध पार्न सक्नु हुन्छ भन्ने कुरालाई देखाउनुभयो। उहाँले, पत्रुसलाई अन्यजातिहरूसँग सामाजिक सम्बन्ध राख्न इन्कार गरेको कुरालाई चुनौती दिन ‘अशुद्ध’ खानेकुराको प्रयोग गर्नुभयो।
(?) के हामीमा पनि कुनै समुदायको बारेमा यस्तै असहयोगी विश्वास छ? के यस्ता विश्वासहरूको बारेमा परमेश्वरले हामीलाई चुनौती दिंदै हुनुहुन्छ?
(?) खानाको सम्बन्धमा हामी बीच यस्तै असहयोगी रीति र विश्वासहरू छन्?
(?) यी कुराहरूको बारेमा मानिसको विचार परिवर्तन गराउन हामीले के गर्न सक्छौं?
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 2,2013
Discussion about this post