पोखरा विमान स्थलबाट बेलुका ४ बजेर १५ मिनेटमा नेपाली बैज्ञानिककले बनाएको नेपाली जहाज डाँफेको परिक्षण उडान सफल भएको छ।
यतिबेला नेपालीहरुको मन खुसीले गदगद भएको छ। पोखराका यूवा बैज्ञानिक विकास पराजुलीको समूहले बनाएको डाँफे जहाज तीन वर्षपछि उड्न सफल भएको छ।
रसियन पाइलट अलेक्जेण्डर म्याक्सीमोभले डाँफे जहाजलाई १५ फिट माथि करिव एक मिनेट आकाशमा उडाएका थिए।
यो जहाज १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ। दुई घण्टासम्म एकसय किलोमिटर प्रतिण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ।
Republished in new layout on 7/30/2013













Discussion about this post