• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्वाइन फ्लू

by Sarju Rijal
July 15, 2013
in News & Events

imagesMexico को बाट संसारभरि फैलिएको एक महामारी स्वाइन फ्लूले विश्वमा नै सन्त्रास फैलाएको छ यो रोगबाट विश्ववमा अहिलेसम्म २६३ जनाको मृत्यु भैसकेको छ। नेपालसहित ११३ वटा देसहरूमा स्वाइन फ्लू प्रवेस गरिसकेको छ। यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोग हो। स‍बैलाई यो रोग लाग्न सक्छ।  मानिसबाट मानिसमा सर्ने भएकोले यो महामारी रोगबाट बच्न गाह्रो पनि छ।


Swine flu नेपालमा भित्रियो sar

सर्जु रिजाल, काठमाडौं 1st July

Mexico बाट देखापरेको स्वाइन फ्लू तीन सातापछि नेपालमा ४४ वर्षिय पुरुष, ३८ वर्षिय महिला र ८ वर्षिय बाललकबाट नेपालमा भित्रिएको छ। स्वाइन फ्लू संक्रमितहरू कुन फ्लाइटबाट नेपालमा आए र स्वाइन फ्लु लागेकाहरुको नाम भने स्वास्थ्य मन्त्रालयले गोप्य राखेको छ।

Mexico को बाट संसारभरि फैलिएको एक महामारी स्वाइन फ्लूले विश्वमा नै सन्त्रास फैलाएको छ यो रोगबाट विश्ववमा अहिलेसम्म २६३ जनाको मृत्यु भैसकेको छ। नेपालसहित ११३ वटा देसहरूमा स्वाइन फ्लू प्रवेस गरिसकेको छ। यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने रोग हो। यो रोग सबैमा लाग्न सक्छ। मानिसबाट मानिसमा सर्ने भएकोले यो महामारी रोगबाट बच्न गाह्रो पनि छ।

स्वाइन फ्लू H1N1 भाइरसबाट हुने गर्दछ। यसको उपचार छैन। रोगलाग्नबाट भने बच्न सकिने डाक्टरहरुको सल्लाह छ।

यसको लक्षणहरुः

साधारण रूघा खोकी लाग्नु, घाँटी दुख्ना, वान्ता हुनु, सिंगान बग्ने, ह्याछ्यु बारम्बार आउने। ज्वरो १०४ डिग्रीको आउने।

सर्ने माध्यमहरूः

मानिसबाट मानिसमा सर्छ।

जनावर पंक्षीबाट पनि मानिसमा सर्नसक्छ।

ह्याछ्यू गर्दा, खोक्दा, संक्रमित व्यक्तिलाई छुँदा वा हात मिलाउँदा।

१ मिटरको दुरीसम्म यो रोग सर्छ।

रोगबाट बच्ने उपायहरूः

पटक पटक साबुन पानीले हात धुने।

आफ्नो प्रयोग गरेको रुमाललाई पनि पटक पटक धुने।

अरुको रुमाल कपडा प्रयोग नगर्ने।

खोक्दा मुख छोप्ने।

मानिसको भिडभाडदेखि टाढा रहने।

सँधै मास्कको प्रयोग गर्ने।

नमस्कार जयमसी हात जोडेर सकभर नगर्ने।

ज्वरो, रुघाखोकी लागेको छ भने तुरुन्त उपचार गर्न जाने।

नेपालमा स्वाइन फ्लूको महामारीलाई रोक्नकोलागि ३४००० व्यक्तिहरुलाई उपचार गर्न पुग्ने सामानहरु सरकारले उपलब्ध गराएको छ। टेकु अस्पताल र टिचिङ अस्पतालमा स्वाइन फ्लू रोगको लागि उपचारको उचित व्यवस्था मिलाइदैछ।

थप जानकारी Swine Flu को बारेमा

दुर्जेय चेतनाबाट साभारः Swine Flu को प्रकोप अब अझ बढी खतरा हुँदै गएको छ। बिशेष प्रकारको भाईरसबाट हुने,रोग हो।  यो रोगले अहिले संसारमा सन्त्रास मचाएको छ र चर्चाको विषय पनि भएको छ। बैज्ञानिक जगतमा यसको जटिल्ताले धेरै प्रश्नहरु खडा गरिदिएको छ। भाइरसको अर्थ हुन्छ toxin अर्थात poison तर सबै भाईरसहरु हानिकारक हुन्छ भन्ने चाँही गलत हो। भाईरस एक सुक्ष्म जिबाणु हो यसको आकार कुनै ब्याक्टेरिया भन्दा लगभग १०० गुना सानो हुन्छ। कुनैपनि भाईरस मुख्य रुपमा DNA वा RNA बाट बनेका जीनहरुले बनेको हुन्छ। जीननै कुनै पनि जिबित प्राणी वा बनस्पतीको लाखौं गुणहरुको संयुक्त केन्द्र हुने गर्छ। यो जीनलाई कहिले प्रोटिन त कहिले बोसोले बहिरबाट सुरक्षा प्रदान गर्ने गर्दछ।

कुनै पनि भाईरसको अध्यन गर्नु भन्नुको अर्थ हुन्छ यिनै जीनहरुको क्रमता यसको बनौट र यसले प्रर्बाह गर्ने गुणको जानकारी। जब कुनै पनि भाईरसको जीनको पूर्ण रुपमा अध्यन गरिन्छ, तब यसको बिरुद्धको दबाई वा खोपको बिकास सम्भव हुन्छ। अझसम्ममा संसार भरी लगभग ५००० को सख्यामा भाईरसहरु पत्तालागेको बाताइएको छ तर अचम्म सयौको संख्यामा यसको बिकास भैराखेको छ। जब कुनै भाईरसको पूर्ण अध्यन गरिन्छ तब किन यसको बिरुद्ध प्रभावकारी दबाई वा खोपको बिकास गर्न सकिएको छैन? त्यसो त भाईरसको बिरुद्धमा खोपहरुको बिकास नभएको हैन तर केही समय पछि फेरी यो भाईरसको लागि काम नगर्ने हुन सक्छ।

कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीबिना रहन सक्दैन। यसको बिकास हुन र जिबित रहन यसलाई प्राणी वा बनस्पतीको शरीरमा रहन आबस्यक हुन्छ। प्राणीको शरीर बाहिर रहेकोबेला प्रोटिन वा बोसोले यसलाई केही समय सुरक्षा प्रदान गर्छ। मुख्य कुरा यो हो, जब कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीको कोषमा रहन्छ यसले ती जिबित प्राणी वा बनस्पतिको कोषमा वा शरीरमा रहेको अन्य जिबाणुको जीनसँग मिसिएर नयाँ जीनहरुको श्रृङ्खला तयार गर्दछ,तब नयाँ जीनहरुको श्रङ्खलाले त्यो भाईरसले पुरानो नभई बिल्कुल नयाँ गुण लिनपुग्छ। अब यसरी बनेको नयाँ भाईरस बिल्कुल नयाँ र पहिलेको भन्दा पनि खतरनाक हुन पनि सक्छ। यसरी दिनानुदिन नयाँ प्रकारको,नयाँ गुण लिएर बिकासहुने भाईरसहरुको बनौट जटिल हुँदै जान्छ र त्यसको बिरुदमा बनाइएको खोप वा उपचारको सिमितता कायमा हुन पुग्छ।

यस्तै भएको छ आहिले यो Swine फ्लुको कारक भाईरसको लागि पनि । Influenzavirus C (novel H1N1 strain )नाम दिएको यो भाईरस मानिसमा हुने इन्लुएन्जा, एबियन इन्फ्लुएन्जा र बङुरमा हुने दुई प्रकारको इन्फ्लुएन्जाबाट बनेको हो। मानिसमा हुने इन्फ्लुएन्जा र बङुरमा हुने इन्फ्लुएन्जा एक आपसमा सर्दैन भन्ने गरेको भए पनि यो नयाँ इन्फ्लुन्जा जो कोहीलाई पनि सर्ने बताइेको छ । जटिल रुपमा मिसिएर बनेकोले गर्दा यसको बनौटको अध्यन गरेर यसको बिरुद्धमा खोप बनाउन समय लगेको छ। बङुरहरु त यो नयाँ भाईरस बनाउनको लागि मिस्रणगर्ने भाडो मात्र हुन्। यसलाई “fits into the mixing vessel hypothesis,” पनि भनिएको छ। हाल यो भाईरस पहिलो पटक कहाँ बिकास भयो थाहा हुन सकेको छैन तर मेक्सिकोबाट यो पहिलो पटक देखा परेको छ र यसको प्रकोप अन्य महादेशमा झै एशियामा पनि देखा परेको छ। साईन्स पत्रिकाको अनुसार कोरिया प्रायद्दिपमा यसको आशंकाले त झन बढी चिन्तानै थपेको छ। यदी यो रोग दक्षिण एशियासम्म आयो भने यसको प्रकोपको सिमा सोच्न नसकिने खालको हुने निस्चित प्राय छ। अझ बढी खतरा त यो भाईरसको फैलन सक्ने क्षमता र यसले मानब शरीर र जनवारको शरीरमा रहेको अन्य भाईरस वा जिबाणुहरुसँग मिसियर नयाँ प्रकारको गुण लिन सक्ने डरले बैज्ञानिकहरुलाई थप तनाब दिईरहेको छ।

बैज्ञानिक जगतले यो भाईरसको अरु भाईरससँगको मिश्रणले हुनसक्ने खतराको लागि,यो भाईरस प्राकिर्तिकरुपमा मिसिनु भन्दा अगाडिनै पायोगशालामा,यसलाई अरु मानब वा जनावारको भाईरससँग मिसाएर अध्यन गरिनु पर्ने र भबिश्यमा यसले पार्न सक्ने हानीबाट बच्ने उपायको बारेमा एकमत हुन थालेका छन् ।

हाल सम्म प्रारम्भिक अबश्थाको बेला केही भाईरस बिरुदको औषधीले यसलाई काम गर्ने गरेको छ तर यदी बढीनै आक्रमण भएको अवस्थामा भने मृत्यु पनि हुन सक्ने हुँदा रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै प्रमुख उपाय हुन आउछ। यसको लागी, यदी भाईरसको सम्क्रमणको लक्षण जस्तै ज्वोरो आउनु , घाटी दुख्नु, शरीर दुख्नु, टाउको दुख्नु, खोकी लाग्नु, कहिले काही पखला लाग्नु र असजिलो अनुभब गर्नु आदि देखा परेमा डाक्टरको सल्लाह लिने, प्रचुरमात्रमा झोल कुरा खानु, मास्क लगाएर हिंड्ने जस्ता कुरामा ध्यान दिनु पर्छ।

Republished in new layout on 7/12/2013

Previous Comment

very useful resource
written by Paulas , July 01,
2009

great job sarju ji..
this helps a lot for getting more information. thank you.

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In