• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सैंबु गाविसमा चर्चहरूको एकता

by Sarju Rijal
July 11, 2013
in News & Events
sainbu

सैंबु गाविसमा भएका चर्चहरूको एकतालाई सक्रिय, सहज र व्यवहारिक बनाउनको निम्ति सैंबु ईसाइ समाजमा सबैको सहमतीबाट पास्टर मिनराज दुलाललाई संयोजकमा र पास्टर प्रकास राज बगालेलाई सहसंयोजकमा मनोनित गरिएको छ। यो समाजले सैंबु गाविसबाट नमूनाको काम गर्दै जाने प्रतिबद्धता पनि गरेको छ।


सैंबु ईसाइ समाजबाट सामाजिक कार्यमा सहमति जनाइने

जुलाई १७, ललितपुर । सैंबु गाविसमा रहेका चर्चहरूको संयूक्त भेटघाट कार्यक्रम मनशान्ति रिसोर्ट भैसेपाटीमा सम्पन्न भयो। भेलामा ९ जना पास्टरहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पास्टर मिनराज दुलालले गर्नुभएको थियो।  पास्टर शामूएल सोदेम्वाको प्रार्थानापछि कार्यक्रमको उद्देश्य र मुख्य विषयबस्तुमा छलफल कार्य सुरु भएको थियो।

कार्यक्रममा सैंबु गाविसमा भएका चर्चहरूको एकता अर्थात सैंबु ईसाइ समाजको आगामी कार्यक्रमलाई सहजरुपमा अगाडि बढाउन सबैको सहमतीबाट पास्टर मिनराज दुलाललाई संयोजकमा र पास्टर प्रकास राज बगालेलाई सहसंयोजकमा मनोनित गरियो।

भेलाको मुख्य उद्देश्य र आवश्यकताको बारेमा प्रकाश पार्दै मिनराज दुलालले भन्नुभयो, “कुनै समयमा आफूलाई सजिलैसँग क्रिश्चियन हुँ भन्न अपठ्यारो लाग्थ्यो भैंसेपाटी, सैंबु गाविसमा। अहिले क्रिश्चिरयनहरूको संख्या, मण्डली र संघ संस्थाहरू, चिल्ड्रेन होम प्रशस्तमात्रामा यस गाविसमा अवस्थित छन्। एक तथ्याङ्क अनुसार सैंबु गाविसमा १० प्रतिशत इसाइहरूको वसोवास रहेको कुरा पुष्टिस भएको छ।”   १०/१५ वर्षको अवधिमा १६ वटा मण्डलीसँग सम्पर्कमा आउन सक्यौं बर्तमान परिस्थितीमा एकआपासमा परिचय, संगति र सुरक्षाको हिसावले पनि एकता कायम हुन आवश्यक भएको कुरा दुलालले बताउनुभयो। अहिले ख्रीष्टिंय समाज सुस्त भएको बेला हामी यसै सैंबु इसाइ समाजबाट व्यवहारीक तवरले जान आवश्यक भएको कुरा बताउनुभयो।

अधिकांस इसाइहरूको संख्या भएको ललितपुर जिल्ला हो। विभिन्न धम्की र चेतावनीहरू अहिलेका मण्डलीहरूमा आएकाछन्। यस्तो अवस्थामा चर्चहरूबीच एकता कायम राख्न  सैंबु गाविसमा भएका चर्चहरुबाटै सुरू गर्नुपर्ने कुरामा पास्टर पदम पराजुलिले जोड दिनुभयो। हामी एकतामा भएपछि ख्रीष्टिैय समाजलाई झकझकाउन पनि पछि नपर्ने कुरा पराजुलीले बताउनुभयो।

सोही समयमा पास्टर टंक सुबेदीले आफू नेपाल ख्रीष्टिएय समाजको समीतीमा भएतापनि अहिले मण्डलीहरुमा सतावट हुँदा, चेतावनी आउँदा नेपाल ख्रीष्टिपय समाज सक्रिय नभएकोमा दुःख प्रकट गर्नुभयो। नेपाल ख्रीष्टिय समाज अपाङ्ग जस्तै भएको संकेत पनि दिनुभयो।  एक दुइजना व्यक्ति मन्त्रालयमा गएर पत्र बुझाउदैमा बर्तमान समस्याको समाधान हुन नसक्ने कुरा बताउदै यसको लागि सबै चर्चहरूको समर्थन र एकता हुन आवश्यक भएको कुरा बताउनुभयो। कुनै एक व्यक्तिलाई समस्या भयो भने सबैको समर्थन हुनुपर्ने कुरामा जोड दिंदै सैंबु गाविसबाटै कार्यको थालनी गर्नुपर्ने धारणा पास्टर सुवेदीले राख्नु्भयो। आवश्यक परेको खण्डमा भविष्यमा फर्मलरुपमा जानुपर्ने कुरा पनि बताउनुभयो।

पास्टर प्रकाशराज बगालेले छोटो समयमा आफ्नो मन्तव्य राख्ने क्रममा प्रतिवेदनबाट पढ्दै भन्नुभयो, हामी अब्राहामका सन्तान भएको नाताले देश र समाजमा आशिषको माध्यम नै ईसाइ समाज हो। यसको लागि हाम्रो बीचमा एकता हुनु आवश्यक छ। हाम्रो समाजमा येशूलाई चिनाउने हो भने हाम्रो विभिन्नतामा एकता आजको आवश्यकता हो। एकतालाई समाजमा प्रदर्शन गर्न चर्चहरूको बीचमा सहकार्य हुनुपर्ने कुरा बताउनुभयो।

दुःख पर्दा मात्रै हैन हरेक अवस्थामा संगति, मेलमिलाप र एकता कायम भएमा समाजमा नुन र ज्योतिको काम हुन सक्ने कुरामा जोड दिनुभयो। सामाजिक कार्य गर्न सहकार्य र एकताको खाँचो भएको कुरा पास्टर बगालेले व्यक्त गर्नुभयो।

ललितपुरमा पास्टरहरूको समूह भएको क्षेत्र हो। गरेजस्तो गर्ने र आफ्नो प्रभावको लागि मात्रै हो भने यसको कुनै अर्थ छैन। हामी कसैलाई समस्या आएमा साँच्चिकै गर्ने तरिकाले जाने हो भने मात्रै आफू समर्थन हुने कुरा पास्टर आमोस तिवारीले व्यक्त गर्नुभययो। व्यवहारीक तवरले जानुपर्छ र समस्या आएको बेला जसरी पनि सहमति र कार्यन्वयन गर्नुपर्ने कुरामा अग्रसर हुनुपर्ने आफू तयार भएको तिवारीले बताउनुभयो।

छलफलकै क्रममा पास्टर शामूएल सोदेम्बाले सैंबु गाविसबाट नमूनाको काम गर्दै जानुपर्ने कुरामा जोड दिंदै एक आपसमा एकता र सहमतीको आवश्यकता रहेको बताउनुभयो। आफू मात्रै जोगिन खोज्ने मानिसको प्रबृति भएको कारण समस्याको समाधान नहुने कुरा पनि बताउनुभयो। वैधानिक तरिकाले जानु पनि आवश्यक भएको कुरा सोदेम्वाले व्यक्त गर्नुभयो।

कमिटी गठन हुने काम धेरै भए तर अहिलेसम्म वास्तविकरुपमा काम नभएको कुरा औल्याउदै अब एक भएर काम गर्न आवश्यक भएको कुरा उत्सुकताकासाथ पास्टर सन्त श्रेष्ठले बताउनुभयो।

विश्वासीहरू एक मण्डलीबाट अर्को मण्डलीमा जाँदा हुने चर्चबीचको मनमुटावहरूलाई अब बनेको सैंबु इसाइ समाजबाट समाधान हुनसक्ने कुरा पास्टर काम पाइतेले बताउनुभयो।

कार्यक्रममा सहभगी हुन नसकेका मण्डलीहरुलाई आगामी दिनमा सहभागी गराउने र अर्को कार्यक्रम भञ्ज्याङ मेथोडिस्ट चर्चमा भदौ २ गते हुने कुराको निर्णय पछि पास्टर सन्त श्रेष्ठमको प्रार्थनाबाट कार्यक्रम विसर्जन भएको थियो।

Republished in new layout on 7/11/2013

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In