• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ नेपाल निर्माणमा ख्रीष्टियान….

by NepalChurch.com
July 9, 2013
in News & Events
-लोकमानणी ढकाल
नयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धता विषयक सहजकर्ता तालिम र कार्यशाला गोष्ठी सम्पन्न

com२०११ गत मार्च १ बाट देशव्यापी रुपमा सुरु भएको नयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धता विषयको तालिम र गोष्ठी धमाधम सम्पन्न हुँदै आईरहेका छन्। मार्च १ देखी ३ तारिख सम्म काठमाडौंमा केन्द्रिय सहजकर्ता तालिम सम्पन्न भई मार्च २१-२२ मा इटहरीमा त्यस क्षेत्रका १६ वटै जिल्लाका प्रतिनिधिहरु लाई स्थानिय सहजकर्ता तालिम दिई मार्च २४-२५ मा एकैदिन पाँचथर, झापा, धरान, भोजपुर र गाईघाटमा सम्बन्धित स्थान अर्न्तर्गत पर्ने जिल्लाका पास्टर अगुवाहरु विच अत्यन्त उत्साहका साथ स्थानिय कार्यशाला गोष्ठीहरु सम्पन्न भएका छन्।उक्त स्थानहरुमा काठमाडौंबाट जानुहुने केन्द्रिय सहजकर्ताहरु पाँचथरमा पा. रत्न राई, भोजपुरमा दिव्य खनाल, धरानमा डा. बालकृष्ण शर्मा, वि. पी. खनाल र पा. कुवेर गुरुङ, झापामा थिर के.सी र गाईघाटमा डा. महेन्द्र भट्टराई हुनुहुन्थ्यो भने इटहरीको सहजकर्ता तालिममा लोकमणि ढकाल र वेन थ्रुलीले प्रशिक्षण र परिचालन गर्नुभएको थियो। पुर्व क्षेत्रको तालिम र गोष्ठी व्यवस्थापन पा. कुवेर गुरुङले गर्नु भएको थियो।

त्यसैगरि हेटौंडामा मार्च २४-२५ मा त्यस क्षेत्रका ७ जिल्लाका प्रतिनिधिलाई लोकमणि ढकाल र वेन थ्रुलीले स्थानिय सहजकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो भने मार्च २७ मा सर्लाही, हेटौंडा र भरतपुरमा कार्यशाला गोष्ठीहरु सम्पन्न भएकाछन्। क्षेत्रीय सहजकर्ताको रुपमा पा. कालेव र्राईले सहयोग गर्नु भएको थियो भने स्थानिय गोष्ठीहरुको लागि केन्द्रबाट सहजकर्ताहरु सर्लाहीमा टेक रिजाल, हेटौंडामा शशि चपाई र भरतपुरमा भुवन देवकोटा जानु भएको थियो।

त्यसैगरी मार्च २८-२९ मा नेपालगञ्जमा त्यस क्षेत्र अर्न्तर्गत जिल्लाका प्रतिनिधिलाई स्थानिय सहजकर्ता प्रशिक्षण र परिचालनको लागि काठमाडौबाट लोकमणि ढकाल र वेन थ्रुली मार्च २७ मा त्यस तर्फजाँनुभयो भने क्षेत्रीय सहजकर्ताको रुपमा पिटर घिमिरेले व्यवस्थापन गर्नुभएको थियो। उक्त तालिम पछि सुर्खेत, घोराही, जुम्ला, नेपालगञ्ज र रुकुममा एकैदिन मार्च ३१  मा स्थानिय कार्यशाला गोष्ठीहरु सम्पन्न भएका थिए। गोष्ठीको लागि काठमाडौंबाट केन्द्रिय सहजकर्ताको रुपमा घोराहीकोलागि रामकुमार बुढाथोकी, रुकुमकोलागि रेभ. मुकुन्द शर्मा, नेपालगञ्जकोलागि डा. बालकृष्ण शर्मा र सुर्खेतमा लोकमणि ढकाल र वेन थ्रुली जानुभई गोष्ठी सम्पन्न गर्नुभएको थियो।

अप्रिल ६ र ७ मा पोखरामा त्यस क्षेत्र अर्न्तगतका जिल्लाहरुका स्थानिय सहजकर्ताहरुलाई लोकमणि ढकालले प्रशिक्षण दिनुभएको थियो भने तालिम पछि दमौलीमा डिल्लीराम पौडेल, पोखरामा कैलास सासंकर, म्याग्दीमा पा. के. पी. त्रिपाठी र वुटवलमा डा. सिमोन पाण्डे र लोकमणि ढकालले कार्यशाला गोष्ठीको सहजिकरण गर्नु भएको थियो भने त्यस क्षेत्रको व्यवस्थापन पा. के. पी. त्रिपाठीले गर्नु भएको थियो।

त्यसैगरी अप्रिल ११ र १२ मा धनगढीमा त्यस क्षेत्रका जिल्लाहरुका प्रतिनिधिहरुलाई स्थानिय सहजकर्ताको तालिम दिने कार्य सम्पन्न भएको थियो। जहाँ केन्द्रबाट लोकमणि ढकाल, वेन थ्रुली, रेभ. प्रकाश सुब्वा, र पा. प्रकार वगाले जानुभएको थियो। तालिम पछि महेन्द्रनगरमा रेभ. प्रकाश सुब्वा, दिपायलमा वेन थ्रुली र पा. प्रकाश वगाले, धनगढीमा रेभ. जोसेफ श्रेष्ठ र लोकमणि ढकाल र टिकापुरमा डा. बालकृष्ण शर्माले कार्यशाला गोष्ठी सञ्चालन गर्नु भएको थियो भने क्षेत्रीय सहजकर्ताको रुपमा रेभ. जोसेफ श्रेष्ठले त्यसतर्फो सम्पुर्ण व्यवस्थापन गर्नु भएको थियो।

त्यसैगरि काठमाडौंमा शाह बहादुर गुरुङ, कैलास सासंकर र धर्मराज रिजाल, ललितपुरमा पा. रत्न बहादुर र्राई, ए. दिल थापा र शाहबहादुर गुरुङ, दोलखामा पा. चन्द्र श्रेष्ठ र शक्ति पाख्रीन, धादिङमा डिल्लीराम पौडेल र मोहन राना, भक्तपुरमा पा. चन्द्र श्रेष्ठ र प्रकाश वगाले र वनेपामा लोकमणि ढकाल, डा. इसुजंग कार्की र कैलास सासंकरले गोष्ठी सम्पन्न गर्नु भएको थियो। यसरी देशका ६ ठाउँमा सहजकर्ता तालिम र २७ स्थानमा कार्यशाला गोष्ठी गरि पचहत्तरै जिल्लाका पास्टर अगुवाहरुको सहभागितामा नयाँ नेपाल निर्माणमा ख्रीष्टियान प्रतिबद्धता बिषयक गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रमको सम्पुर्ण व्यवस्थापन र संयोजन लोकमणि ढकालले गर्नु भएको छ।

Republished in new layout 7/4/2013

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In