काभ्रेली इसाई एकता संगतिको आयोजनामा भएको काभ्रेली ख्रिस्टीय युवा संगति कार्यक्रमको अवसर पारी २०६९ जेठ १५ गते सोमबार रोफेका नवजीवन चर्च, बनेपामा ५०० जना युवाहरूको विचमा समयकुमार रम्तेलद्वारा संकलन तथा सम्पादन भएको नेपाली इसाई प्रतिनिधि कवितासंग्रह पा.एन्.पी.प्रधान र पा.रुवेन रानाको बाहुलीबाट विमोचन गरिएकोछ।
राष्ट्रिय कवितासंग्रहमा ८० जना नेपाली इसाईहरूको कविताहरू समेटिएकोछ। विश्वमा पहिलो नेपाली इसाई प्रतिनिधि कवितासंग्रहको रुपमा विमोचन भएकोले यो एतिहासिक कृति मानिन्छ। सो समारोहमा पा.डि.पी.घोरसाइने शुरुको प्रार्थना गर्नुभएपछि पा.हरिचन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो। द पावर अफ सियोन संगित झुण्डले स्तुतिप्रशंसा र आराधना अगुवाई गरेपछि पा.रामचन्द्र विसुन्केले यो पुस्तामा भिन्नता ल्याउने बोलावट विषयमा हृदयस्पर्शी वचन बोल्नु भएको थियो। यसको लगतै पा.डेभिड राईले इश्वरशास्त्र अध्ययनको महत्व विषयमा सबैलाई उत्साह दिनुभएको थियो। नयाँ बनेको युवा कमिटि, पुस्तक लोकार्पण र काभ्रेली इसाई एकता इतिहास विषय भएको शुभकामना तथा चुनौती सन्देश दिनुहुनेमा पा.रुवेन राना, पा.एन पी. प्रधान, पा.शान्तकुमार सुनुवार र समयकुमार रम्तेल ज्यूले बोल्नुभएको थियो। साहित्यकार रम्तेलले पुस्तक लेखन, संकलन, टाइपीङ, सम्पादन, प्रकाशन र बजार व्यवस्थापन सम्बन्धि आफ्नो तितामिठा अनुभव बाढ्दै र सबैप्रति कृतज्ञ समेत व्यक्त गरेकाछन्। नयाँ युवा कमिटिको परिचय भएपछि अन्तिममा आशिष्को प्रार्थना पा.केशब ब. राना मगरले गरी कार्यक्रमको शेष भएको छ। सो कार्यक्रमको सञ्चालन पा. सुविन्द्र तिमल्सेनाले गर्नु भएको थियो।
समयकुमार रम्तेल बनेपा ९८४१४२९८१६
Republished in new layout 6/28/2013
Discussion about this post