तनहुँ जिल्लाको घाँसीकुवा क्षेत्रमा धान काट्दै गरेको दृष्य।
नेपालको अधिकांश ठाउँमा असारको पहिलो सातादेखि नै धान रोपाई सुरू भएको छ। २०७० सालमा वर्षा असारको पहिलो सातादेखि नै सुरू भएकोले कृषकहरूको लागि धान रोप्न धेरै सजिलो भएको छ। तर तनहुँ जिल्लाको डुम्रेदेखि पोखरा खण्ड पृथ्वी राजमार्ग वरिपरी कृषकहरूले धमाधम धान काट्न लागेको दृष्यहरूले सबैलाई चकित पार्दछन्। कतै कतै धान रोप्दै गरेका रहर लाग्दा दृष्यहरू पनि देखिन्छन्। तनहुँ जिल्लाको राजमार्ग वरिपरी सिँचाइको राम्रो व्यवस्था भएकाले यहाँ धान दुइ पटक रोप्ने गरिन्छ। कृषकहरू खेतीपातीमा व्यस्त दृष्य र प्राकृतिक सौन्दर्यले अन्तराष्ट्रिय पर्यटक र आन्तरिक पर्यटकहरूको मन लोभ्याउने गर्छन्।
Discussion about this post