• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गृहमन्त्री गुरुङ अर्को साता भारत जाने, बिम्स्टेक बैठकमा सहभागी हुने

सन् १९९७ मा बिम्स्टेकको स्थापना भएयता गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो।

by Sushil Paudyal
October 8, 2026
in News & Events

 

२२ असोज २०८३, बिहीबार

गृहमन्त्री सुदन गुरुङ आफ्नो पदभार ग्रहण गरेपछिको पहिलो विदेश भ्रमणका क्रममा अर्को साता भारत जाने भएका छन्। गृह मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार गुरुङ आगामी असोज २६ (अक्टोबर १२) मा नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले असोज २७ (अक्टोबर १३) मा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का गृहमन्त्रीहरूको पहिलो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

सन् १९९७ मा बिम्स्टेकको स्थापना भएयता गृहमन्त्रीस्तरीय बैठक पहिलोपटक आयोजना हुन लागेको हो। भारतको नयाँ दिल्लीमा हुने यस ऐतिहासिक बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सातवटै सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा क्षेत्रीय सुरक्षा, सीमापार अपराध, आतंकवाद नियन्त्रण तथा सूचना आदानप्रदानजस्ता संवेदनशील र साझा सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल हुने बताइएको छ। यसअघि बसेका राष्ट्रिय सुरक्षा सल्लाहकार र गृह सचिवस्तरीय बैठकका सिफारिसहरूका आधारमा यो मन्त्रीस्तरीय एजेन्डा तय गरिएको हो।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाह लगायत बिम्स्टेक सदस्य राष्ट्रका अन्य गृहमन्त्रीहरूसँग बहुपक्षीय तथा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनले कानुन कार्यान्वयन गर्ने निकाय, गुप्तचर संस्था र सुरक्षा निकायहरूबीचको सहयोगलाई सुदृढ बनाउने निर्णय गरेको थियो। सोही प्रतिबद्धताअनुरूप हुन लागेको यो बैठकले सदस्य राष्ट्रहरूबीच सुरक्षा र अपराध नियन्त्रणमा रणनीतिक समन्वय थप बलियो बनाउने अपेक्षा गरिएको छ।

बिम्स्टेक (BIMSTEC) अर्थात् बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, दक्षिण एशियाली र दक्षिण-पूर्वी एशियाली राष्ट्रहरूबीच प्राविधिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित एक क्षेत्रीय संगठन हो। यसको स्थापना सन् १९९७ जुन ६ मा ब्याङ्कक घोषणापत्रमार्फत भएको हो भने यसको स्थायी सचिवालय बङ्गलादेशको ढाकामा रहेको छ। यस संगठनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलंका, म्यान्मार र थाइल्याण्ड गरी सात सदस्य राष्ट्रहरू समावेश छन्, जसमा नेपाल र भुटान सन् २००४ मा औपचारिक रूपमा जोडिएका थिए।

यस संगठनको मुख्य उद्देश्य बंगालको खाडी क्षेत्रमा तीव्र आर्थिक वृद्धि हासिल गर्नु, व्यापार, ऊर्जा, प्रविधि, यातायात, पर्यटन र कृषि जस्ता विविध क्षेत्रमा आपसी सहयोग विस्तार गर्नु तथा क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नु हो। विश्वको कुल जनसङ्ख्याको करिब २२ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रले दक्षिण एशिया र दक्षिण-पूर्वी एशियालाई जोड्ने एउटा महत्त्वपूर्ण पुलको रूपमा काम गर्दै आएको छ।

Related Posts

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026
मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026
राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026
अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

November 16, 2026

Discussion about this post

ताजा सामाग्री

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं : भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा आफ्नो करिअर...

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026

  ०१ मंसिर २०८३, मंगलबार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने...

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026

    कात्तिक २९, २०८३ सोमबार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६...

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

November 16, 2026

३० कात्तिक २०८३, सोमबार काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकले आइतबार हिंसात्मक प्रदर्शन...

Recent Posts

  • धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने
  • मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?
  • राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली
  • अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा
  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In