• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालको बहुपक्षीय कूटनीति र क्षेत्रीय सहकार्य प्रवर्द्धन: न्युयोर्कमा उच्चस्तरीय भेटवार्ता तीव्र

नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले उच्चस्तरीय कूटनीतिक भेटघाट तीव्र

by Sushil Paudyal
September 29, 2026
in News & Events

१३ असोज २०८३, मंगलबार

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा न्युयोर्कमा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले उच्चस्तरीय कूटनीतिक भेटघाट तीव्र पार्नुभएको छ। यसै क्रममा उहाँले राष्ट्रसङ्घीय महासभाका अध्यक्ष खलीलुर रहमान तथा श्रीलङ्काका विदेश मन्त्री विजिथा हेराथसँग बेग्ला-बेग्लै द्विपक्षीय वार्ता गर्नुभएको छ ।

न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा नेपालले बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउने र छिमेकी तथा मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रयासलाई तीव्रता दिएको छ। सोही क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा उच्चस्तरीय भेटवार्ताहरू गर्नुभएको छ। मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय महासभाका ८१औँ सत्रका अध्यक्ष खलीलुर रहमान तथा श्रीलङ्काका विदेशमन्त्री विजिथा हेराथसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्नुभएको हो।

संयुक्त राष्ट्रसङ्घका नवनिर्वाचित महासभा अध्यक्ष रहमानसँगको भेटमा परराष्ट्रमन्त्री खनालले उहाँलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा नेपालको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाउँदै राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिइयो। साथै, नेपालमा हालै गएको जलवायुजन्य विपद्का कारण भएको ठूलो क्षति र त्यसले पारेको प्रभावबारे पनि महासभा अध्यक्षलाई जानकारी गराइयो।

यसैबीच, श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा पर्यटन मन्त्री हेराथसँगको साइडलाइन भेटवार्तामा नेपाल-श्रीलङ्का द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भयो। मन्त्री खनालले श्रीलङ्का सरकार तथा जनताले नेपाललाई प्रदान गर्दै आएको आर्थिक तथा मानवीय सहायताका लागि धन्यवाद व्यक्त गर्नुभयो। वार्ताका क्रममा दुवै देशका विद्यमान द्विपक्षीय संयन्त्रहरूको बैठक छिट्टै डाक्ने सहमति हुनुका साथै व्यापार, पर्यटन, शिक्षा, संस्कृति, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध जस्ता साझा हितका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस वर्षको महासभामा नेपालले जलवायु परिवर्तनका असर, विपद् व्यवस्थापन र साना तथा विकासोन्मुख राष्ट्रहरूले भोग्नुपरेका वैदेशिक चुनौतीहरूलाई मुख्य प्राथमिकताका साथ उठाएको छ। राष्ट्रसङ्घीय मञ्चमा नेपालले आफ्ना एजेण्डा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका लागि पहल गरिरहेको छ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In