ख्रीष्टमसको इतिहास

[ 0 ] December 21, 2012 |

samayaविश्वभरी नै ख्रीष्टमसले मानिसहरूलाई दुइवटा कुराहरूले व्यस्त बनाउँछ। संसार भरी नै मान्यता प्राप्त र चलनचल्तिमा रहेको क्यालेण्डर सकिदै गरेको र नयाँ बर्षआउदै गरेको यो हप्ता अति नै व्यस्त बनाउँछ। कारण देशविदेशमा काम र अध्ययनको सिलसिलामा बाहिर गएकाहरू आफ्ना आफन्त र परिवार जनसँग भेटघाट हुने गर्दछ। बर्षभरी काम सकेर आराम गरी रमाउने समय हो। धेरै जसो देशहरूमा र्सार्वजनिक रुपमा ख्रीष्टमस देखि नयाँ बर्षो दिन सम्म विदा हुन्छ।

यदी विदा नभएमा पनि बाषिर्क विदामा मिलाएर एक हप्ता छुटी लिएर परिवार तथा साथीभाइहरूसँग घुम्न र भ्रमण गईं क्याम्प गरी मनाउछन्। डिसेम्बरको पहिलो हप्तादेखि नै बजारहरूमा भिड लाग्दछ। बजार झिलिमिली हुन्छन्। व्यापारीहरूको लागि यो राम्रो सिजन भएकाले विभिन्न छुटका अफर राखेर ग्राहकहरूलाई आकर्षण गराउछन्। यो महिनामा मात्र खरबौ डलरको कारोबार हुनेगर्दछ। खानपिनका लागि विभिन्न परिकार बनाउने ठूलठूला होटलहरू, फाइप स्टार होटलहरू समेत अग्रिम बुकिङ गर्नुपर्छ। सेवासुविधा युक्त पर्यटकीय स्थलहरूमा त झन घुइचो नै लाग्छ। अघिपछिको भन्दा हरेक कुरा महंगो भएता पनि मानिसहरूले खर्च गर्न पछि पदैनन्। ख्रीष्टमसले सबै देशका जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रलाई प्रभाव पारिरहेको हुन्छ। ख्रीष्टमस वास्तवमा इसाईहरूको उत्सव भएता पनि अरुले पनि विभिन्न प्रकारले मनाउदै आएकाछन्। विभिन्न देशका भाषा अनुसार एकअर्कामा ख्रीष्टमसको शुभकामना दिने गरिन्छ। जब डिसेम्बर २५ तारिखको दिन नजिकिदै आउँछ, मानिसहरू Merry Christmas वा Happy Christmas भन्दै वडादिनको शुभकामना साटासाट गर्छन्। तर यो ख्रीष्टमस अर्थात ख्रीष्टमस भनेको के हो ? यसको विशेषता के छ? अंग्रेजीमा ” Every season has a reason.” अर्थात् हरेक सिजनको पछाडी एउटा कारण हुन्छ भन्छन्, ख्रीष्टमस मनाउनुको कारण के हो ? यसको इतिहास कस्तो छ ?

प्रत्यक बर्षसंसारभरका धेरै मानिसहरूले मनाए पनि यो सबैले एकै प्रकारले र एकै अर्थमा भने मनाउदैनन्। कसैले ख्रीष्टमसलाई एउटा परम्परागत चाडको रुपमा मात्र मान्छन्। तिनीहरूको निम्ति यो दिन आफ्नो कामबाट छुटी लिएर आराम गर्ने दिन मात्र हुनसक्छ।  कसैले यसलाई एउटा रमाइलो गर्ने र मनोरञ्जन गर्ने दिनको रुपमा लिन्छन् र रक्सी वियर पिएर मस्त हुन्छन्। कसैको निम्ति भने ख्रीष्टमस एउटा उपहार साटासाट गर्ने दिन हो। यो दिन ख्रीष्टमस कार्ड देखि लिएर मोटरकार सम्म उपहार लिने र दिनेहरू पनि हुन्छन् भने कसैले ख्रीष्टमसलाई एउटा व्यापार गर्ने र पैसा कमाउने मौका ठान्दछन्। उनीहरू ख्रीष्टमसको वास्तविक अर्थसँग केही मतलव राख्दैनन् तर सकेसम्म मौकाको बढी फाईदा उठाउने तर्फमात्र लागेका हुन्छन्। अझ कति पश्चिमेली देशहरूमा त यस्ता व्यापारीहरूले ख्रीष्टमसलाई पूरा डिसेम्वर महिना भरी नै लम्ब्याउन पनि सफल भएकाछन्। तर वास्तवमा ख्रीष्टमस के हो ? के हामीले ख्रीष्टमसलाई ठीक अर्थमा बुझ्न सकेकाछौं। येशूख्रीष्टको सम्मान र उहाँको आराधनाविना ख्रीष्टमस महोत्सव सफल हुन सक्दैन। येशू जन्मनुको उद्देश्य छ। उहाँले गर्नुभएको आश्चार्यकर्मको उद्देश्य छ। त्यसैगरी उहाँ क्रूशमा मर्नु, गाडीनु र तेस्रो दिनमा पुनरुत्थान हुनुको पनि महान् उद्देश्य छ। विश्वमा चार्डपर्वहरूको कमि भएकाले अर्को चाड थप्न वा मनाउन ख्रीष्टमस चाड मनाइएको होइन। प्रत्येक धर्म र आस्थाको पहिचान जनाउन चाड आवश्यक पर्ने भएकाले यो शुरु भएको पनि होइन। यो त केवल एउटा बलियो साक्षी दिन। जिवित येशूको जन्मदिवस मनाउन, सारा विश्वका मानवहरूको मुक्तिदाता येशू हुनुहुन्छ भनी सन्देश दिनु हो।

बाइबलमा ख्रीष्टमसको बारे के भनिएको छ। सो हामी चर्चा गर्नेछौं। यशैया ९:६ अनुसार “किनभने हाम्रो निम्ति बालकको जन्म भएको छ। हाम्रो निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ।” ख्रीष्टमसको सुरुवात आज भन्दा २०१३ बर्षअगाडि इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा एउटा बालकको जन्मबाट भयो। त्यो बालकको जन्म एउटा गोठमा भयो र उसलाई डुँडमा राखियो किनभने पौवामा कुनै ठाउँ थिएन। त्यो जन्म एक प्रकारले अति नै दयनिय अवस्थामा भयो तर स्वर्ग भने आनन्दले रमाइरहेको र स्वर्गदूतहरू गाउँदै थिए। स्वर्गदूतहरूले नै ख्रीष्टमसको पहिलो सन्देश दिए। “नडराओ, हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। किनभने दाउदको शहरमा आज तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।” लुका २:१०,११ ती स्वर्गदूतहरूले बडो आनन्दको सन्देश ल्याए। स्वर्गदूतहरूले उहाँको आगमनको सन्देश गोठालाहरूलाई दिए, जुन सबै मानिसहरूको निम्ति हो। येशूख्रीष्ट वेथलेहममा सारा संसारको मुक्तिदाता भएर जन्मनु भयो। येशू ख्रीष्ट सारा मानव जातिको मुक्तिदाता हुनुहुन्छ। किनकी उहाँ वित्रान र प्रकृतिको सिद्यान्त अनुसार मानविय सहवासबाट जन्मनुभएन। उहाँ त केवल पवित्र आत्माबाट कन्या मरियमबाट जन्मनु भयो। मरियमको पृष्ठभूमिको कुरा गर्दा बाइबल मौन बसे पनि इतिहासमा भेटिएको एउटा पुस्तक बर्थ अफ म्यारी नामक पुस्तकमा मरियमको पिता नासरतको यहोयाकीम र आमा चाहिँ बेथलेहमकी एना थिए भनि उल्लेख गरिएकोछ। कन्याबाट जन्मने कुरा सयौ बर्षअघिदेखि भविश्यवाणी भएको थियो र सोही अनुरुप एतिहासिक रुपमा नै पूरा पनि भयो। कन्याद्धारा जन्मनुको उद्देश्य चाहिँ यही हो की। परमेश्वरलाई प्रकट गर्नु, मानिस र परमेश्वरको विचको खाल्डोमा साँघु बन्न, मानिसलाई बचाउन र उद्धार गर्नुको साथसाथै उहाँ मानिस हुनुहुन्थ्यो तर पापी मानिस भने होइन। प्राकृतिक रुपमा जन्मेका कुनै पनि मानिसमा पापलिएर जन्मेका हुन्छन्। तर येशू भने पवित्र आत्माद्धारा जन्मुभएको थियो। त्यसैले त परमेश्वर मानविय ज्ञान र बैज्ञानिक शक्तिले सिमा लगाउन सक्दैन। त्यसकारण ख्रीष्टमस सबै मानिसहरूको निम्ति एउटा ठूलो आनन्दको सन्देश हो। ख्रीष्टमस यस अर्थमा एउटा आनन्दको सुसमाचार सुन्ने र सुनाउने दिन हो। ख्रीष्टमस परमेश्वरले मानव इतिहासमा प्रवेश गर्नुभएको दिन हो। उहाँको आगमनले मानव इतिहासलाई दुइ भाग BC (Before Christ ) / AD ( Anno Domini ) अर्थात इसा पूर्व र इस्वी संवतमा विभाजन गर्नुभयो। भनौ इसा पूर्व र इस्वी संवतको वोर्डर बनेर खडा हुनुभयो। यो संसारको इतिहासमा एउटा सबैभन्दा महत्वपूर्ण घटना हो। येशूख्रीष्टका आगमनको उद्देश्यहरूमा १) मानिसहरूलाई परमेश्वर चिनाउन, २) मानिसहरूलाई जीवन जिउन सिकाउन र ३) मानिसहरूलाई उनीहरूको पाप क्षमा दिन आउनुभयो। यसलाई गहिरिएर सोच्ने हो भने, ख्रीष्टमसको मुख्य कारण मानिसहरू हो। यदि मानिसहरूलाई परमेश्वरको आवश्यकता नभएको भए, यदि मानिसहरूलाई पापको क्षमा नचाहिएको भए र येशूख्रीष्टको आवश्यकता नभएको भए, येशूख्रीष्ट आउनुहुने थिएन र ख्रीष्टमस हुने थिएन। यसकारण ख्रीष्टमसको मुख्य कारण मानिस अर्थात् हामी हौं र ख्रीष्टमस हाम्रो निम्ति हो। ख्रीष्टमस सबै मानिसहरूलाई परमेश्वरको एउटा अमूल्य उपहार हो। के यो उपहार तपाईंले पाउनु भयो। तपाईंको वरिपरि नपाउनेहरू कोही छन् की? छन् भने यो सित्तैमा पाइने उपहार बाँड्ने मौका नचुकाउनुहोस्।

 ख्रीष्टमस शुरु कहिले भयो ?
इज्राएल देशको यरुशलेम शहरको बेथलहेम गाउँमा इसा पूर्व ०४ मा येशूको जन्म भएको थियो। सोही दिनदेखि ख्रीष्टमस शुरुभएको हो।  सामान्य अर्थमा ख्रीष्टको जन्मदिनलाई बडा दिन अर्थात ख्रीष्टमस भनिन्छ। ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरीन्छ। ख्रीष्टमस र नवबर्षो सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ। गोठालाहरूले येशूलाई गोठमा दर्शनभेट गर्न आएका थिए। ज्योतिषीहरू कति जना थिए भन्नेकुरा यकिन नभएपनि उनीहरूले येशूलाई गोठमा नभइ घरमा दर्शन भेट गरेका थिए। उनीहरूले भने सुन, धुप र मुर्र भेटी चढाँए र स्वर्गदूतहरूबाट शान्तिका गीत गाउँदै मनाएका थिए। हुनत ख्रीष्टमस येशू ख्रीष्टको जन्मदेखि नै शुरु भएता पनि विश्वभर भने विभिन्न समयका व्यक्तिहरूले गरेकाथिए। •    सन् २७४ को डिसेम्बर २५ मा रोमी सम्राट औरेलियनले सूर्य जन्मेको दिन मनाउनु पर्छ भनी घोषणा गरेका थिए। •    सन् ३२० को डिसेम्बर २५ मा पोप जुलियस प्रथमले ख्रीष्टको जन्मदिन मनाउनुपर्छ भनेर र्सवप्रथम आवाज उठाएका थिए। •    सन् ३२५ को डिसेम्बर २५ मा रोमी सम्राट कन्स्टन्टाइन्ले ख्रीष्टको जन्म दिन मनाउनुपर्छ भनी आरम्भ गरेका थिए। उनी रोमी सम्राटहरूमा पहिलो ख्रीष्टियन थिए। •    सन् ३५४ को डिसेम्बर २५ मा रोमको विशप लाइबेरियसले ख्रीष्टको जन्म दिन मनाउनु पर्ने व्यवस्था बनाएका थिए।

२) क्यारोलको सुरुवात कसरी भयो?
क्यारोल शब्दको अर्थ ख्रीष्टमससँग सम्बन्धित अर्थात येशूख्रीष्टको जन्म सम्बन्धि भजनहरू भन्ने बुझिन्छ। नेपालको सर्न्दर्भमा भन्ने हो भने ख्रीष्टमस आउनुभन्दा केही दिन अघि मण्डलीका विश्वासीहरू विशेषगरी जवानहरू येशू ख्रीष्टको जन्मको भजन गीतहरू गाउँदै, नाच्दै विश्वासीहरूको घरआँगनमा गई ख्रीष्ट जन्मको शुभकामना दिनु भन्ने बुझिन्छ। तर यसरी क्यारोल गाउने चलन कसरी सुरु भयो भन्ने बारे भने थोरैलाई मात्र ज्ञान होला।  क्यारोलको खास अर्थ खुशी र आनन्दको गीत वा नाच हो। कसबैभन्दा पहिला क्यारोल गाउने चलन युरोपमा शुरु भयो। तर ती क्यारोल इसाई क्यारोल नभई संसारिक गीतको क्यारोल थियो। उनीहरूले यो वर्षो सबैभन्दा छोटो दिन डिसेम्वर २२ ति गाउँथ्यो, जसलाई उनीहरू हिँउदे छोटो दिनको चाड The winter Solstice Celebration को रुपमा मनाउँथे। शुरुका इसाईहरूले यो हिउँदे चाडको सट्टामा ख्रीष्टमस र संसारिक गीतको सट्टामा ख्रीष्टिय गीतहरू गाए। ती शुरुका गीतहरू प्रायः ल्याटिन भाषामा भएकोले पुजाहारी र क्वाएर झुण्डले मात्र गाउन सक्थे, साधारण मानिसलाई बुझ्न गाह्रो थियो। सन् १२२३ मा सन्त फ्रान्सिसले इटाली देशमा ख्रीष्टमस सम्वन्धी नाटक देखाउन शुरु गरे जहाँ ख्रीष्ट जन्मको गीतहरूबाट भनिन्थ्यो। यी गीतहरू सबैले बुझ्ने भाषामा भएकोले यी क्यारोल गीतहरू फ्रान्स, स्पेन, जर्मनी र युरोपेली देशहरूमा पनि फैलियो र मध्यकालको समय (११००-१४५०) सम्ममा मण्डलीहरूमा पनि यी क्यारोल गीतहरू गाउन शुरु गरियो। १६ औ शताब्दीको सुधारको समय (Reformation) पछि छोटो समयको निम्ति क्यारोल गाउने चलन हराएको थियो तर १८ औ शताब्दीमा फेरि यो जागृति भयो । विशेष गरी चार्ल्स वेस्ली ( Charlrs Wesley) को Hark the Herald Angel sing  जस्ता गीतहरूले धेरै लोकप्रियता कमायो। विशेष गरी क्यारोल ग्रीक भाषाको Chorules शब्द ल्याटिन भाषामा पुग्दा Claraula बन्यो। त्यसैगरी फ्रेन्च भाषामा आइपुग्दा Coroller भयो। यहि शब्द अंग्रेजीमा Carol बिन्न पुग्यो। जसको वास्तविक अर्थ धेरै मानिसहरू वरिपरि गोलो भएर नाच्नु र गाउनु हुन्छ।

३) पहिलो ख्रीष्टमस गीत चौथो शताब्दीमा सन्त हिलारी ले पहिलो ख्रीष्टमस गीतको कम्पोज गरेका थिए। क्यारोलमा गाईने गीतहरू मध्ये विश्वमै सर्वाधिकार गाइने गीत “शान्तमय रात” Silent Night हो। जुन गीत नेपाली भजनको ३१ नम्बरको गीत हो। यसको रचना सन् १८१८ मा अष्ट्रियन पादरी जोसेफ मोरले गरेका थिए। त्यसपछि विभिन्न शताब्दीका पादरी, क्वाएर लिडरहरूले नयाँ नयाँ गीत लेख्दै, कम्पोज गर्दै क्यारोलको समयमा र ख्रीष्टमसमा गाउँन थालियो। पछिलो समयहरूमा ख्रीष्टमस सम्वन्धि गीतीनाटक, ख्रीष्टमस गीत एल्वम पनि निकाल्न थालियो। वर्तमान समयमा प्रत्यक बर्षा उत्किष्ट ख्रीष्टमस गीतहरू कलेक्सन विश्वबजारमा निकाल्न थालियो। अहिले त विभिन्न वोएवसाइटबाट डाउनलोड गर्न सकिने भएको छ। नेपालली शब्द संगितहरूमा पनि ख्रीष्टमस तथा क्यारोल सम्वन्धि एल्वम उत्पादन भएकाछन्। संगित क्षेत्रमा राम्रो अनुभव भएकाहरूले त आ-आफ्नो मण्डलीहरूमा नयाँ नयाँ गीतहरू रचेर गाउँछन्।

४) ख्रीष्टमस रुख ( Christmas Tree) को चलन कहाँ र कहिले भयो ?  ख्रीष्टमस रुखको सुरुवात जर्मनी देशबाट भएको हो। मध्यकालमा ख्रीष्टमस रुखमा स्याउ झुण्ड्याएर आदम र हव्वाको नाटक देखाउँथे। सनोवर रुख (Fir tree) सधै हरियो हुने भएकाले स्वर्गको रुख ( Paradise tree) पनि भनिन्थ्यो, जुन अदनको बगैचाको चिन्हको रुपमा लिइन्थ्यो। जर्मनीहरूले डिसेम्बर २४ को दिन आदम र हव्वाको चाड स्वरुप आ-आफ्नो घरमा सनोवर रुख सजाउँथे। ख्रीष्टमसको समयमा उनीहरूले काठको तीनकुने पिरामिड आकार बनाइ ख्रीष्टमसका वस्तुहरू जस्तै ताराहरू, चकलेट आदिले सजाउँथे। १६ औ शताब्दीमा ख्रीष्टमसको पिरामिड आकार र सनोवर रुख एकै ठाउँमा मिसाएर ख्रीष्टमस रुख ( Christmas tree) बनाइ सजाउने चलन आयो। यो चलन जर्मनीहरूको बीचमा निकै प्रख्यात भयो। १९ औ शताब्दीको शुरुमा क्रिसमस रुख को चलन बेलायतमा पनि फैलियो र साथै अमेरिकामा पनि फैलियो। १९ औ  शताब्दीको अन्त्य देखि २० औ शताब्दीको शुरुमा पश्चिमी मिशिनेरीहरूद्धारा चीन र जापानमा पनि ख्रीष्टमस रुखको चलन भित्र्याइयो र अहिले २१ औ शताब्दीमा आएर नेपालमा भित्री सकेको छ। विश्वमा सबभन्दा बढी क्यानडामा ख्रीष्टमस रुखको कारोबार हुन्छ। यदि हामीले ख्रीष्टमसको समयमा ख्रीष्टमस रुख राख्न चाहन्छौ भने यो सजावटको निम्ति मात्र हुनुपर्छ। यसलाई सजावट भन्दा बढी मान्यता दिइनु हुदैन र यो सबै इसाईहरूले सजाउनु नै पर्छ भन्ने पनि छैन।

५) सान्ता क्लज  (Santa Claus) को हुन र उसको ख्रीष्टमससँग के सम्बन्ध छ ? सान्ता क्लजको शुरुवात माइरा ( Myra ) अहिलेको र्टर्की का विशप सन्त निकोलस ( St. Nicholas) बाट भएको मानिन्छ। उनी करिब चौथो शताब्दी अथवा सन् (२७० – ३१०) का ४० बर्षा मानिस थिए जो प्रायः रातको समयमा दुःखी र गरिब केटाकेटीहरूलाई उपहारहरू बाँड्न जान्थे भनिन्छ। उनको मृत्यु पछि उनलाई माइरा, टर्कीमा गाडियो। तर सन् १०८७ मा उनको अस्तु इटालीबाट व्यापारीहरूले माइराबाट चोरेर इटालीमा ल्याए, जसले गर्दा उनको ख्याती युरोप भरी फैलियो। युरोपका धेरै क्याथोलिक मण्डलीहरूले उनलाई सन्तको आदर दिई उनकै नाउमा कैयौ मण्डलीहरू स्थापना गरे। यसैक्रममा सन्त निकोलस सम्वन्धि कयौ दन्त्य कथाहरू प्नि सिर्जना गरे। सन्त निकोलस जो सबैभन्दा कम १७ बर्षके उमेरमा विशप बनेका थिए। १६ औ शताब्दीको सुधारको समयपछि सबै प्रोटेस्टेन्ट मण्डली भएको देशहरूबाट सन्त निकोलसको कथा हराएर गए पनि होल्याण्डमा भने सिन्टरक्लास (Sinterklaas) को नाममा कायम नै रहयो। सन्त निकोलसलाई डचहरूले १७ औ शताब्दीमा कथा आफ्नो नयाँ उपनिवेश न्यू आम्र्सर्टडम New Amsterdam अहिलको न्यू योर्क ( New York) मा पनि सँगै लिएर गए। सन् १८७० मा अमेरिकी चित्रकार (कार्टुनिुष्ट) थोमस नाष्टले पहिलो पटक ख्रीष्टमस बाजेको नक्सा उतारेका थिए। ख्रीष्टमस बाजेलाई बेलायतमा फादर ख्रीष्टमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ।  त्यहाँ सिन्टरक्लास का कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरे। परिणाम स्वरुप अमेरिकामा सिन्टरक्लास सान्ता क्लजको नाममा परिणत भई प्रख्यात भयो र अहिले त्यहाँबाट अरु देशहरूतिर फैलिदै नेपालमा समेत आइपुगिसकेको छ। तर येशूको भूमिकालाई चर्चापरिचर्चा गर्न छोडेर ऐतिहासिक रुपले आधिकारिक पुष्टि नभएका सान्ता क्लज वा सन्त निकोलसलाई प्राथमिकता दिनु चाहिँ मुनासिप हुदैन। ख्रीष्टमसमा येशूप्रभुलाई नै बढी प्राथमिकता दिनु र उहाँलाई प्रत्येक मनमा जन्मदिनु चाहिँ बडो आनन्दको सन्देश हो।

६) पहिलो ख्रीष्टमस कार्ड विश्वमा नै पहिलो पटक ख्रीष्टम किार्डको विक्री वितरण सन् १८४३ सालमा भएको थियो। त्यस समय १००० प्रति कार्डहरू छापिएका थिए। त्यस कार्डको डिजाइन जोन कलकटले गरेका थिए। वास्तवमा उनले कार्डलाई विक्री वितरणमा ल्याउन तीन बर्षअघि अर्थात १८४० मा नै डिजाइन गरिसकेका थिए। तर हाल विश्व बजारमा विभिन्न आकार प्रकारहरूमा कार्डहरू पाइन्छ।

७) काठका डुँड, डुङ्गा र क्रूशले के भन्छ? काठबाट बनेका डुँडले उहाँको जन्मको प्रतिनिधित्व गर्दछ। डुंगाले येशूको सेवकाईको प्रतिनिधित्व गर्दछ र क्रूशले येशूको मृत्युको प्रतिनिधित्व गर्दछ। अर्को अर्थमा फोहोर डुँड, गनाउने डुंगा, पुरानो क्रूशलाई प्रयोग गरी यो उदाहरण हामीलाई दिनुभएको छ। पहिलो आगमन गरिब दीन र विनम्रतामा आउनुभई थोत्रो, माछा गनाउने डुँगामा चढेर शिक्षा उपदेश दिनुभयो। येशूको डुँगामा विश्वास र भरोसा छ। येशूबाटमात्र उद्धार र मुक्ति छ भने विम्व कोरिएको छ। त्यसैगरी अपराधीहरूको लागि मृत्युदण्ड दिने पुरानो तर गह्रौ काठको क्रूसमा चढ्नुले उहाँ जन्नुको उद्देश्य पूरा गर्न आउनुभयो। उहाँको त्यो विनम्रताको पराकाष्ठलाई छुनुभएकाले येशूलाई पिता परमेश्वरले उच्च पार्नुभयो। त्यही क्रूशलाई हेरेर मात्र मानव जातिले अनन्त जीवन पाउन सक्ने भयो। किनकी सुसमाचारको शुरु कलभरी क्रूसको फेदिबाट आउछ।

८) ख्रीष्टमस सम्वन्धि केही तथ्य र सामान्य ज्ञान

•   ख्रीष्टमस बाजेलाई बेलायतमा फादर ख्रीष्टमस, अमेरिकामा सान्ता क्लज र फ्रान्समा पेरे नोएल भनिन्छ।
•    ख्रीष्टमस हुलाक टिकट: विश्वमा नै पहिलो पटक सन् १९३७ मा ख्रीष्टमसको विषयलाई लिएर हुलाक टिकट (Stamp) छपाउने देश अष्ट्रिया (Austria) हो।
•    विश्वमा सबभन्दा बढी क्यानडामा ख्रीष्टमस रुखको कारोबार हुन्छ ।
•   ख्रीष्टमस लाइट  (बत्ती) को सवप्रथम पत्तालगाउने वा बनाउने व्यक्ति अमेरिकाका राल्फा इ मोरिस हुन्।
•    विश्वको सवभन्दा ठूलो ख्रीष्टमस टि्र किङ्ग क्यानयोन नेश्नल पार्क, क्यालिफोर्निया मा रहेको छ।
•    Eggnog the popular Christmas food was an American discovery.
•    It wasn’t until about 200 years after Christ’s death that Christmas started celebrating his birth.
•    There are twelve days between Christmas and Epiphany.
•    Saturnalia was the Romans holiday that was celebrated in December.
•    The song ” White Christmas ” holds the credit as the most- selling Christmas single of all time.
•   Silver and gold are the popular Christmas colors after red and green.

९) ख्रीष्टमस  तथा नयाँबर्षो अवसरमा नयाँकामको थालनी गर्नु ख्रीष्टमस तथा नयाँबर्षो उपलक्ष्यमा विभिन्न कामको थालनी गरेको पाइन्छ। नयाँ मिसन र दर्शनको उद्घाटन देखि लिएर नयाँघर बसाल्ने सम्म। कतिजना चाहिँ नयाँ बालक जन्माउने समय पनि यहि महिनामा पार्ने योजना गरेका हुन्छन्। बर्षरी थाती रहेका र नभ्याएका कार्यक्रमहरू पनि यसै अवसर पारी गर्ने गरेको पाइन्छ। ख्रीष्टमस सम्वन्धि विभिन्न पत्रपत्रिका, पुस्तक, फिल्म र वृत्तचित्रहरू पनि निकाल्ने गरिएको पाइन्छ।

१०) उपहार Merry Christmas वा Happy Christmas भन्दै वडादिनको शुभकामना सँगसँगै उपहार साटासाट गर्छन्। ख्रीष्टमस एउटा उपहार साटासाट गर्ने दिन हो। यो दिन ख्रीष्टमस कार्ड देखि लिएर मोटरकार सम्म उपहार लिने र दिनेहरू पनि हुन्छन्। एकअर्कामा प्रेम, आनन्द र मिलाप बाढ्ने राम्रो अवसर पनि मानिन्छ। युहन्ना ३:१६ ले भन्दछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो उहाँ माथि विश्वास गर्ने कोहि पनि नष्ट नहोस तर त्यसले अनन्त जीवन पाओस्। बाइबलको मुटु पदको रुपमा लिइने यो खण्डमा परमेश्वरले मानव जातिको लागि सर्वोत्तम उपहार येशूख्रीष्ट दिनुभयो। सृष्टि देखि नै हेर्ने हो भने पनि यो सारा सृष्टि मानिसको निम्ति बनाउनुभयो। अनि मानिस चाहिँ परमेश्वरको निम्ति बनाइएको हो। परमेश्वरले मानिसको लागि सवभन्दा बहुमूल्य कुराहरू दिनुभयो। पवित्रआत्माको संगति, मुक्तिदाता येशूको प्रेम र उहाँको अनुग्रह उपहारको रुपमा दिनुभएको छ। उपहार दिनेकुरा परमेश्वरबाटै शुरु भएको छ। त्यसैगरी येशू जसलाई इमानुएल पनि भनिन्छ। उहाँको जन्ममा ज्योतिषीहरूले बहुमूल्य सुन, धुप र मुर भेटी चढाएका छन्। त्यहिबेला देखि जन्मदिनमा उपहार दिने चलन आएको हुनसक्छ। गोठालाहरूले उहाँको लागि आफ्नो हृदय दिए। समय दिए। शुभखबर बाढ्न तयारी र तत्परता देखाए। गाईहरूले डुँड नै दिए। गोठ मालिकले ठाउँ दिए। मरियमले आफ्नो पवित्र कोख नै दिइन्। ताराहरूले चम्किलो चमक दिए। भविश्य वक्ताहरूले वाणीहरू दिए। स्वर्गीयदूतहरूले शुभखबर दिए। युसुफले दुःखसुखमा साथ दिए। साना सानाबालकहरूले आफ्नो ज्यान दिए। सबैले आ-आफ्ना तर्फाट येशूख्रीष्टलाई उपहार दिए। अब तपाईको पालो येशूप्रभुलाई के उपहार दिने?

११) ख्रीष्टमस सम्वन्धि महत्वपूर्ण भनाईहरू उपहार दिनेकुरा परमेश्वरबाटै शुरु भएको छ। यो दिन सबै जना खुशी हुनुपर्छ किनभने यो विश्वले पनि आफ्नो हाँसो थाम्न नसकेर तिमीलाई पैचो दिदै छ। यो खुशी पनि कस्तो-कस्तो हाँस्दाहाँस्दै नयाँ हाँसो शुरुभए जस्तो। अस्ताइसकेको घाम पनि ख्रीष्टकोजन्मले फेरी घाम उदाएजस्तो। तपाईंको ख्रीष्टमस अर्थपूर्ण हुनको लागि ख्रीष्टलाई पहिलो स्थान दिनुहोस्। ख्रीष्टमस (येशू) सबै मानिसहरूलाई परमेश्वरको एउटा अमूल्य उपहार हो। यदि ख्रीष्टलाई बाहिर राखिएको छ भने, त्यहँ भित्रपट्ट केही खराबी छ। एउटा बुद्धिमान मानिसले आज डुँडमा मात्र आदरसाथ दण्डवत गर्दैन तर क्रूशमा पनि गर्नेछ। ख्रीष्टको जन्मले सिमित मानिसभित्र असिमित परमेश्वरलाई ल्याइपुर्‍यो। ख्रीष्टमसको रमाहट र आनन्द प्रत्येक दिन तपाईंसँग हुन दिनुहोस्। काक्रोको सन्देशमा क्रूशको ठूलो लक्ष्य छिपेको छ। येशूख्रीष्टलाई पहिलो स्थान राख्नाले पछिसम्म रहिरहने सन्तुष्टि ल्याउदछ। क्यारोल र ख्रीष्टमस नयाँ मानिसलाई सुसमाचार सुनाउने राम्रो अवसर हो।

१२) ख्रीष्टमस तथा क्यारोलका बाइबलीय खण्ड

क) भविश्यवाणी पूरा भएको प्रमाण  बेथलेहममा जन्म (मीका  ५:२, मत्ती २:१), कुमारीबाट जन्म (यशैया ७:१४, मत्ती १:१८-२३) , दाउदको वंशबाट (यर्मिया ३१:१५, प्रकाश २२:२६, हेरोदद्धारा मार्ने प्रयास (यर्मिया ३१:१५, मत्ती २:१६ -१८)

ख) हाम्रा निम्ति जन्मेको एउटा बालक  (यशैया ९:१-७) शान्तिका राजकुमार येशूको जन्म अथवा आगमनको उद्देश्य (यशैया ६१:१-३,लुका ४:८-१९ येशूख्रीष्टको व्यवहारिक चित्रण। फिलिप्पी २:१-१६

ग) येशूख्रीष्टको जन्म
येशूख्रीष्टको जन्मको भविश्यवाणी लुका १:२६ – ३८
मरियम र एलिशिवाको भेट १:३९-४५
मरियमको स्तुतिगान १:४६ – ५६
येशूख्रीष्टको जन्म मत्ती १:१८-२५, लुका २:१-७
गोठालाहरू र स्वर्गदूतहरू लुका २:८-२०
मन्दिरमा येशूको अर्पण लुका २:२१-२८
शिमियोनको स्तुति लुका २:२९ -४०
ज्योतिषीहरूको भेट मत्ती २:१-१२
मिश्रमा प्रवेश, दुधे बालकहरूको हत्या र हेरोदको मृत्यु मत्ती २:१३-२३

घ) जन्मसँग सम्वन्धित शब्दहरू:     स्वर्गदूत, चम्किलो तारा, गोठ, भेडा गोठाला, डुँड, ज्योतिषी उपहार  (सुन धुप मुर्र काभेटी) , खचाखचघरहरू, कन्या मरियमको र्समर्पण, मन्दिरमा अर्पण, नडराओ, वडो आनन्दको सन्देश र शान्तिका गीत आदि।

स्रष्टा परिचय
नाम :समयकुमार रम्तेल ठेगाना     : नाला-४, बनेपा, काभ्रे,
जन्म       : २०४०माघ २५गते मातापिता  : सरस्वती र हरि रम्तेल
श्रीमती      : रत्ना रम्तेल -घलान )
छोरी        : स्मारिका रम्तेल
परिवार     : वहिनी – कुसुम, नम्रता र भाइ अमिर रम्तेल
शिक्षा      : स्नाकोत्तर पद        : लेखक/सेवक/प्रशिक्षक
मण्डली   : सियोन रोफेका एजी, नाला -४, काभ्रे
कार्यरत संस्था     : सहयोग र सरोकार, धुलिखेल
संलग्न /अनुभव    : गिदियोन मिनिष्ट्र, सि.ए.सि. काभ्रे, सिविएस/सिजिएफ  दुमो साकोस, काम र विश्वास आदि ।
लेखन तथा कृतिहरू

प्रकाशित कृति
१) समयका आदर्श र महान भनाइहरू-२०६१
२) आत्मविश्वास-२०६३
३) प्रेरणाको समय (कविता संग्रह)-२०६४
४) आत्मनिर्भर-२०६४
५) आत्मनिर्भर पोस्टर संग्रह-२०६४
६) समयका नयाँ आयामहरू-२०६५
७) स्तुत्रि्रशंसा र आराधना (सम्पादन) २०६६
८) साक्षी त्रैमासिक पत्रिका (सम्पादन) २०६७ देखि
९) ख्रीष्टिय राजदूत स्मारिका (सम्पादन) २०६८
१०) दुलही, गिदियोन र रोग्मा पत्रिका (सम्पादन) २०६०-२०६४
११) ख्रीष्टिय राजदूत बुलेटिन (सम्पादन) २०६३ देखि
१२) जनमतः कविता खण्ड २-२०६४ (संयुक्त )
१३) जनमत अक्षरभित्रः स्रष्टाहरू (संयुक्त) २०६७
१४) रोफेका र शाखा चर्चकोे निर्देशिका (सम्पादन) २०६८
१५) १०१ प्रतिनिधि कविताहरू (संयुक्त २०६८)
१६) नेपाली इसाई प्रतिनिधि कविताहरू-२०६९

प्रकाशन्मुख कृति
१७) समय अमर छ (कविता-संग्रह)
१८) ख्रीष्टमस तथार् इस्टरको अवसर
१९) समयका रत्नहरू (लेख संग्रह)
२०) समयका रङ्गहरू (गजल-संग्रह)
सम्मान   :पाटनढोकामा पारिजात बालसाहित्य पाण्डुलिपी विशेष सम्मान पत्र २०६६ : ख्रीष्टिय राजदूत समितिको आयोजनामा पा.र्रबट कार्थकको बाहुलीबाट सम्मान पत्र २०६७

पुरस्कार  :ख्रीष्टिय कला संघ (क्यान ) काठमाडौंद्धारा आयोजित देशव्यापि निवन्ध प्रतियोगीतामा प्रथम २०६८
:ख्रीष्टिय कला संघ काठमाडौंले आयोजना गरेको क्यान महोत्सव कविता प्रतियोगीतामा द्धितिय २०६८

:सामाजिक जागरण मञ्च, धुलिखेलद्धारा आयोजित देशव्यापी कविगोष्टिमा प्रथम २०६३

: काभ्रे र सिन्धु कविता प्रतियोगीता (प्रथम २०५९

: भक्तपुर कवि गोष्टिमा उत्कृष्ट कविता(२०६४

: नाटक प्रतियोगीता-२०५८ मा (बाइबल दिवस) प्रथम

Republished in new layout 6/19/2013

Facebook Comments

Category: Articles


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4