काठमाडौँ । नेपाली दर्शकले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छन्। उक्त अवार्ड वारे नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक्समार्फत जानकारी गराएको छ ।
आइसीसीका एसोसियट देश मध्ये २१ देशबाट विभिन्न विधामा ६ देश छनौट गरिएको आईसीसीले जनाएको छ ।ग्लोबल आइसीसी डेभलपमेन्ट अवार्ड जित्ने देशमा नेपालसहित मेक्सिको, ओमान, नेदरल्याण्डस, युएई र स्कटल्याण्ड रहेका छन् ।
जसमा मेक्सिकोले आइसीसी डेभलपमेन्ट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ भने ओमानले १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ द इयर अवार्ड जितेको छ । त्यस्तै नेदरल्याण्डसले आइसीसी एसोसियटस मेम्बर म्यान्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ भने युएईले आइसीसी एसोसियटस मेम्बर वोमन्स परफरमेन्स अफ द इयर अवार्ड जितेको छ ।
त्यस्तै नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अवार्ड जितेको छ भने स्कटल्याण्डले क्रिकेट फर गुड इनिसियटिभ इम्प्याक्ट अफ द इयर अवार्ड जितेको छ ।
www.khabardainik.com
Discussion about this post