काठमाडौं, असार ४
असार १ गतेदेखि सुरुभएको अविरल वर्षाको कारण सुदूर पश्चिमाञ्चलको दार्चुला जिल्लाको सदरमूकाममा महाकाली नदीमा आएको बाढीले सरकारी कार्यालयहरूसहित नदी छेउछाउका सुकुम्वासीका झुपडीसहित ५० भन्दा बढी घरहरु बगाएको छ। सयौँ घर जोखिममा परेका छन्। बाढीले बाङ्गबडाका केही घर तथा जिल्ला वन कार्यालय, भू संरक्षण कार्यालय, जिल्ला अस्पतालको भवन पनि बगाएको छ। लगभग ५०० स्थानियलाई बाढीको कारण स्कूल, क्याम्समा सारिएको छ। महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलङगाका ३० वटा घर बगाइसकेको छ । बाढी निक्कै ठूलो आएकोले सडक पनि बगाएको छ । जोलजिवीको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ । भारतले आफ्नो क्षेत्र सुरक्षित पार्न महाकाली नदी छेउ किनारामा पक्की तटबन्ध निर्माण गरेपछि बाढी नेपाल पसेको हो । भारतीय सिमानाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिएकाले बाँध फुट्ने खतरा बढेको छ। अहिले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । भारतको क्षेत्रमा पनि क्षति भएको छ।
काठमाडौं उपत्यकाबाट वाहिरीने सवारीसाधनहरू जान सकेका छैनन्। पृथ्वीराजमार्ग, हेटौडा कुलेखाली मार्ग अवरूद्ध भएपछि सवारी साधन आवतजावत हुन सकेका छैनन्।
तस्बिर : कमलराज जोशी र नेपाली सेना
Discussion about this post