२०८० कात्तिक २१ ॥ मंगलबार
काठमाडौँ । भूकम्प पश्चातको राहत, पुनर्स्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सुझाव दिदै नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प लगत्तै केन्द्र र स्थानीय सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ ।
आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने कांग्रेसको राय छ ।
सुझाव दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता मीन विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित निवास पुगेका थिए ।
कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माणका काममा ९ बुँदामा सरकारलाई सुझाव का साथै भूकम्प पीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको ५० लाखको चेक पनि हस्तान्तरण गरेको भेटमा सहभागी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
www.khabardainik.com
Discussion about this post