मंगलबार, कात्तिक १४, २०८०
काठमाडौं– आज भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा मलेसियालाई ६ विकेटले पराजित गरे संगै नेपाल सेमिफाइनलमा पुगेको छ।
समूह चरण अन्तर्गत हुने तीन खेलमध्ये नेपालले सोमबार सिंगापुर र मंगलबार मलेसियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
आज मंगलबारको खेलमा पनि मलेसियाविरुद्ध २४ बलमा ४३ रनको विष्फोटक ओपनिङ भुर्तेलले गरे। उनले उक्त रन चार चौका र चार छक्काको सहयोगमा पुर्याएका हुन्।
यस्तै उत्कृष्ट लयमा देखिएका कुशल मल्लले पनि आज विष्फोटक पारी खेले। उनले दुई चौका र सात छक्का प्रहार गर्दै नेपालका लागि सर्वाधिक ६५ रनको योगदान दिए।
www.khabardainik.com
Discussion about this post