सुर्खेत – २६ माघ, ख्रीष्टिय चर्च इत्राम सुर्खेतमा आइटीन दीक्षान्त समारोह सम्पन्न भयो। दीक्षान्त समारोहमा सुर्खेत उपत्यका, गुमी र बड्डीचौरका चर्चका पास्टर अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो। दीक्षान्त समारोहमा ३८ जना विद्यार्थीहरुलाई विभिन्न तहका प्रमाणपत्र वितरण गरिएको थियो। सुर्खेतमा एकदशक लामो समयदेखि आइटीनका पाठ्यक्रमहरु विभिन्न चर्चहरुमा अध्ययन हुँदै आएका छन्।
अध्ययनबाट प्रत्यक्ष लाभ विद्यार्थीहरु आफैले उठाएका छन भने चर्चहरुमा पनि अगुवा निर्माण, वचन प्रचार गर्ने, सुसमाचार सुनाउने र चर्चका विभिन्न सेवाका जिम्मेवारीहरु लिएर चर्चलाई सेवा पुर्याउने काम भएको छ। भरपूर जीवन, भरपूर ज्योति र ख्रीष्टको जीवनी १ सम्म पूरा गरेका ३८ जनालाई एन इन्ट्रोडक्सन टु बिब्लिकल स्टडीजको प्रमाणपत्र र उपहार कोरियन मिसनरी पाउलको हातबाट वितरण भएको थियो। त्यसै गरी ख्रीष्टको जीवनी-२ देखि ख्रीष्टको जीवनी -६ सम्म अध्ययन पुरा गरेका ९ जना विद्यार्थीहरुलाई बेसिक डिप्लोमा इन पास्टरल थियोलोजीको प्रमाणपत्र र उपहार पाउल कै हातबाट वितरण भएको थियो।
दीक्षान्त समारोहमा आइटीनका पाठ्यक्रम अध्ययन गर्ने समूहमा आफूले पनि अध्ययन गर्दै र समूहलाई पनि अध्ययन गराउँदै गर्नुभएका चारवटा चर्चका समूहका शिक्षक र शिक्षीका श्रीमती सुमित्रा गुरुङ, श्रीमान दल सिं सारु, श्रीमान दान बहादुर बुढाथोकी र श्रीमान तुला नेपालीलाई आइटीनका निर्देशक टंक सुवेदीको हातबाट प्रशंसा पत्र र उपहार वितरण गरिएको थियो।
दीक्षान्त समारोहमा दीक्षित हुनुभएका केही व्यक्तिहरुले अध्ययनबाट पाएको परिवर्तन, फाइदाहरुको बारेमा श्रीमती प्रभा थापा, श्रीमान् ललित बहादुर सारु, श्रीमान् तुला नेपाली, लक्ष्मी बस्नेत, रन बहादुर दर्लामी र सुस्मिता बस्नेतले आशिष् बताउनुभएको थियो। दीक्षितहरुले सुनाउनुभएको आशिषले उपस्थितहरुलाई अध्ययन गर्न उत्साहित र आनन्दित बनाएको थियो।
सोही अवसरमा तीन दिनको शिक्षक तालिमको प्रमाणपत्र पनि वितरण गरिएको थियो। सुर्खेत जिल्लाका विभिन्न चर्चबाट तीन दिने आइटीन शिक्षक तालिममा १४ जना पास्टर अगुवाहरुको सहभागीता रहेको थियो। तीन दिनको टी इ इ शिक्षक तालिम पुरा गरेको प्रमाण पत्र श्रीमती ग्रेसको हातबाट वितरण गरिएको थियो।
दीक्षान्त समारोहमा धर्मशास्त्र बाइबलबाट स्थानीय मण्डलीका पास्टर नविन दर्लामीले प्रवचन दिनुभएको थियो। समारोहमा दीक्षितहरुको लागि आशिष्को प्रार्थना नवजीवन चर्चका पास्टर ललित गुरुङले गर्नुभएको थियो। आइटीनका कार्यकर्ता सुरज शाक्यको प्रार्थनाद्वारा कार्यक्रम समापन भएको थियो।
• सर्जु रिजाल, ललितपुर
Surkhet
Graduation Name List
Date : 26th Magh’ 2069 (08th Feb 2013)
An Introduction to Biblical Studies Certificate
(1) DAL SING SARU
- 1. Khuntal Chaudhary
- 2. Maya Gurung
- 3. Jas Bahadur Nepali
- 4. Ganga Basnet
- 5. Laxmi Basnet
- 6. Prem Gurung
- 7. Sukma Gurung
- 8. Tika Ram B. K.
- 9. Durga Bahadur B. K.
- 10. Punam Paudel
- 11. Prabha Thapa
- 12. Suraj Nepali
- 13. Lalit Bahadur Saru
- 14. Laxman Thapa
- 15. Mika Saru
- 16. Prabina Shahi
- 17. Hanna Darlami
(2) DAN BAHADUR BUDHATHOKI
- 18. Kul Bahadur Kangmung
- 19. Top Bahadur Thapa
- 20. Ram Bahadur Kamu
- 21. Chandra Taram
- 22. Laxmi Bhandari
- 23. Rana Bahadur Darlami
- 24. Tulasi Shrestha
- 25. Kalawati Budhathoki
- 26. Dan Bahadur Budhathoki
(3) TULA RAM NEPALI
- 27. Dhansari B. K.
28. Laxmi Shahi (Nepali)
29. Laxmi Thapa
30. Ram Bahadur Rana
31. Tula Ram Nepali
(4) SUMITRA GURUNG
32. Tulsi Gahatraj
33. Basanta Kumar Rawat
34. Pabitra Chhetri
35. Samuel Pun
36. Jhaggu Prasad Gahatraj
Basic Diploma in Pastoral Theology
(1) DAL SING SARU
- 1. Jas Bahadur Nepali
- 2. Hanna Darlami
- 3. Laxman Thapa
- 4. Dal Sing Saru
- 5. Prabha Thapa
- 6. Ganga Basnet
- 7. Mika Saru
- 8. Laxmi Basnet
- 9. Lalit Bahadur Sarui
Appreciation Certificate (k|z+;f k|df0f – kq) for Tutors
- 1. Dal Sing Saru
- 2. Dan Bahadur Budhathoki
- 3. Sumitra Gurung
- 4. Tula Ram Nepali
Republished in new layout 6/14/2013
Discussion about this post