• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 31, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बजेटले अर्थतन्त्रलाई चलायमान पार्नेछ ,बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री महत

by Sushil Paudyal
July 1, 2023
in News & Events, Socio-political

१६ असार २०८० शनिबार

पोखरा । शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’

‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा व्याजदर बढी थियो ।’ ‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनको भनाई छ । उनका अनुसार वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ भने पर्यटन व्यवसाय फस्टाउँदै गएको छ, जसकाकारण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको छ ।

बैंकको ब्याजदरमा पनि कमी हुन थालेको जनाउँदै उनले भने, ‘अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ, बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो । वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’ ‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता भएको जनाउँदै अर्थमन्त्री महतले यस बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्ने जनाएका छन । ‘बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’ मन्त्री महतले भने ।

यसैका आधारमा पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको उनको भनाई छ । ‘पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं’ उनले भने । मन्त्री महतले भने, ‘जुन समुदाय वा वर्गले बढी सुविधा लिइरहेका थिए, करको दायरामा आइरहेका थिएनन, उनीहरुलाई करको दायरामा ल्याउने काम हामीले गरेका छौं । राजस्वको दायरा अब फराकिलो हुन्छ । राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न हामीलाई सहज हुन्छ ।’

‘वैदेशिक सहयोगको सदुपयोग तथा खर्च नभइरहेको स्थीतिमा सुधार ल्याउन खोजिएको उनको भनाई छ । ‘अब समय तालिकाका आधारमा खर्च गर्ने प्रवन्ध सुनिश्चित गरिसकेपछि वैदेशिक सहयोग थप माग गर्न सहज हुनेछ । सहयोग दिएको छ, खर्च भएको छैन, अर्को माग्नुको कुनै अर्थ हुँदैन,’ महतले भने ‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु । कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घरना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ । जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु ।’

‘‘अन्त धेरै दियो, मेरो निर्वाचन क्षेत्रमा बजेट थोरै आयो भन्ने माननीयज्यूहरुको गुनासो आयो । हामीसँग पूँजीगत खर्च थोरै भएको वास्तविकता उहाँहरुले बुझिदिनु भएन । ऋणको साउ व्याज तिर्नैपर्ने, साधारण खर्च कटौती गर्न नसकिने अवस्थाले गर्दा हाम्रो पूँजीगत खर्च कम भयो । विकास निर्माणमा जनताको स्वभाविक आकांक्षालाई माननीयज्यूहरुले संसदमा बोल्नु भएको हो,’ उनले भने, ‘तयारी वस्तु बाहिरबाट मगाउनेलाई भन्दा यही कच्चा पदार्थ ल्याएर उद्योग विस्तार गर्नेलाई हामीले कम्तीमा एक तहको संरक्षण दिएका छौं ।’ जसकाकारण नेपालमै उद्योग व्यवसाय फस्टाउन मद्दत पुग्ने उनको भनाई छ ।’

‘‘तमाम प्रस्ताव अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको छ । यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्ने प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ । हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको मन्त्री महतले बताए ।

स्रोत: खवर दैनिक

Related Posts

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026
चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026
कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026

Discussion about this post

ताजा सामाग्री

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

  १३ कात्तिक २०८३, शुक्रबार काठमाडौं: इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको प्रारम्भिक तथा आधिकारिक नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्यलाई फेरि...

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

October 28, 2026

        ११ कात्तिक २०८३, बुधबार काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

Recent Posts

  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा
  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो
  • मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In