काठमाडौँ । गत पुस १०मा बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएपछि उहाका सुपुत्रहरु बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र उनका भाइ शिवेन्द्रबहादुर बस्नेतबीचको सम्पत्ति विवाद चुलिएको छ |
विवादले चरम रुप लिएपछि भाई शिवेन्द्रले यो विवादलाई पत्रकारहरुमाझ सार्वजनिक नै गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू बुद्ध एयरको ४० प्रतिशत सेयरको हकदार भएपनि ६० प्रतिशत सेयर रहेको पक्षले ठूलै आर्थिक घोटाला गरेको आशंका व्यक्त गरेका छन् ।
दाइ वीरेन्द्रबहादुरले बुद्ध एयरको सम्पत्ति र दायित्वबारेको हिसाब पारदर्शी रुपले नदेखाएपछि आफूले पत्रकार सम्मेलन गर्नुपरेको उनको बताए । बुद्ध एयरमा ६० प्रतिशत सेयर स्वामित्व भएको पक्षले हिसाबकिताब गोलमाल गरेको उनको आशंका छ ।
बिरेन्द्र बहादुर बस्नेत शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।
कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहेपनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गरेका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी छ ।
बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटै विमानबाट सुरु भएको थियो । अहिले उक्त एयरले राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर) पनि उडान गर्दै आएको छ । अहिले उसले १७ वटा अत्याधुनिक विमानबाट सेवा दिइरहेको छ ।
Discussion about this post