पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई नेपाल धितोपत्र बोर्ड परिसरमा अनशन बस्न दिइएन् । बोर्ड परिसरमा अनशन बस्न नदिएपछि उनी धितोपत्र बोर्ड बाहिर अनशन बसेका छन् ।
उनले मंगलवार काठमाडाैको अनामनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधबारदेखि बोर्ड परिसरमा नै अनशन बस्ने उद्घोष गरेका थिए । उनको आमरण अनशनको सर्मथनमा बिभिन्न लगानीकर्ताका संघ संगठनहरुले समर्थन गरिरहेका छन् ।
संघर्ष समितिले यसअघि बुझाएको १९ बुँदे मागहरु नेपाल धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले पुरा गर्न नसके पछी । सघर्ष समितिको संयोजक कोइरालाले ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गरेर पुँजीबजारलाई बचाउनको लागि आन्दोलन हुँदै अनशन सुरु गरेका हुन् ।
सघर्ष समितिले बारम्बार नेप्सेको पुनःसंरचना देखि ब्रोकर संख्या थपका माग राख्दै आएको छ । अहिलेसम्म कुनै पनि माग सम्बोधन नभएकाले सडक आन्दोलन हुँदै बाध्य भएर अनशन बस्नु परेको संयोजक कोइरालाले बताएका छन् ।
Discussion about this post