२४ घन्टामा थपिए २८३८ संक्रमित, ३० जनाको मृत्यु

[ 0 ] July 21, 2021 |

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ८ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन गरी कुल १२ हजार ६ सय १६ जनामा परीक्षण गरिएकोमा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ४ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4