आजदेखि एकै डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिइँदै (खोप केन्द्रको सूचीसहित)

[ 0 ] July 19, 2021 |

काठमाडौं । आजदेखि जेन्सन एण्ड जोन्सन कम्पनीको उत्पादक अमेरिकी खोप लगाउन सुरु हुँदैछ । एक डोज मात्रै लगाए पुग्ने कोरोनाविरुद्धको यो खोप अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको हो ।

जोन्सन एण्ड जोन्सन कम्पनीको उक्त खोप निश्चित उमेर समूह र अपांगता भएका मान्छेले आजबाट लगाउन पाउने भएका हुन् ।

आज उक्त खोप काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्र तथा खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुका तोकिएका खोपकेन्द्रबाट लगाइने तय भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई र अपांगता भएका व्यक्तिहरु (क र ख वर्ग) लाई प्राथमिकताका साथ लगाइने छ । यसकासाथै नेपालमा बसोबास गरिरहेका शरणार्थी र सरफाइकर्मीहलाई पनि सो खोप लगाइँदै छ । आज (साउन ४) गतेदेखि ६ गतेसम्म ३ दिन मात्र उक्त लगाइनेछ ।

अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार डोज नेपाललाई अनुदानमा दिएको हो ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4