एकै दिन ८ हजार २४३ जनाले कोरोनालाई जिते, निको हुने संख्या ४ लाख ८४ हजार नाघ्यो

[ 0 ] June 5, 2021 |

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ५ हजार ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ४ सय ७१ आरटी पिसिआर र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ५१ जना र भेन्टिलेटरमा ३ सय ८४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ८ हजार २ सय ४३ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना पुगेको छ । निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ६८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ सय पुगेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको छ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4