काठमाडौं उपत्यकामा एकैदिन थपिए ३ हजार ३४९ संक्रमित, ६७ जनाको मृत्यु

[ 0 ] May 14, 2021 |

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ३ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६ र भक्तपुरमा ३ सय ३५ जना गरी उपत्यकामा ३ हजार ३ सय ४९ संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा ३१ हजार ७३, भक्तपुरमा ४ हजार ७ सय ५३ र ललितपुरमा ६ हजार ८ सय ४० जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ४८, ललितपुरमा ११ र भक्तपुरमा ८ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार १ सय ३५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4