आज मन्त्रिपरिषद बैठक बस्दै, थप प्रतिबन्धबारे छलफल

[ 0 ] May 2, 2021 |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्दै छ ।

बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत गर्न सरकारले थप निर्णय गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीको शुक्रबार बसेको बैठकले आन्तरिक र बाह्य उडान बन्द गर्नेदेखि भारतसँगको सीमा नाका बन्द गर्नेसम्मको सिफारिस गरेको थियो।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4