१५ औं दिक्षान्त समारोह सम्पन्न

[ 0 ] April 19, 2021 |

काठमाडौं । वेथशालोम चर्च अन्र्तगतको बेथशालोम फेथ स्कुल अफ मिनिष्ट्रीको १५औं दिक्षान्त समारोह सम्पन्न भएको छ ।

शनिवार एक समारोहकाबीच देशका विभिन्न मण्डलीहरुवाट छानिएर आएका ५ जना विध्यार्थीहरुले सि.टि.एच तहको अध्ययन पुरा गरी दिक्षान्तित भएका हुन् ।

कार्यक्रमको बेथशालोम पुतलीसडक चर्चका वरिष्ठ पास्टर देव कुमार क्षेत्रीले प्रमुख आतिथ्यता गर्नुभएको थियो भने समारोहमा पाष्टर जोन पुनालोरले दिक्षान्तितहरुको लागि उत्साहपुर्ण बचन बोल्नुभएको थियो ।

समारोहमा विभिन्न मण्डलीहरुबाट आउनुभएका अगुवाहरु, बाईबल स्कुलका प्रिन्सिपिलहरु र शिक्षकहरु साथै दिक्षान्तित बिध्यार्थीहरुका आफन्त तथा परिवारजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4