जापानी राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

[ 0 ] February 17, 2021 |

५ फागुन, काठमाडौं ।  नेपालका लागि जापानी राजदूत मासामिची साईगोले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साईगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गर्नु भएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुुर रहेको चर्चा गर्नुभयो । उहाँले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्नु भयो । सभामुख सापकोटाले यसका लागि जापानी सरकार र सबै जापानी जनतालाई बधाई ज्ञापन गर्नु भयो ।

जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले समय प्रतिकुल भए पनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदुत साईगोलाई बधाई ज्ञापन गर्नु भयो ।

भेटका अबसरमा राजदुत साईगोले नेपाल बसाइका क्रममा भएको सहयोगप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गर्नु भयो ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4