काम नलाग्‍ने मान्छे

[ 0 ] January 11, 2021 |

नरेश दुवाल

♦कथा♦

राजु १० वर्षपछि घर फर्कन्दैथिए। कोरोना महामारीको कारणले अचानक १० वर्षपछि उनले नेपाल फर्कने निर्णय गरेकाथिए। साउदी अरबको प्रख्यात रियाद डेरी उद्योगमा सुपरभाइजर पदसम्म पुग्न उनले विगतमा गरेका दुःख कसैको लागि एउटा कथा जस्तै हुन सक्छ। बाहुनको छोरा भएर पनि ५ वर्षसम्म त सो डेरी उद्योगको गाई फार्ममा घाँसको भारी लोड अनलोड गर्न मै बित्यो।
५ वर्षपछि पनि विभिन्न शारीरिक श्रम हुने काम मै उनको समय गयो। तर जुनसुकै कामलाई सम्मान गर्ने उनको बानीले गर्दा सो डेरी उद्योगका मालिकले उनलाई असाध्यै मन पराउँथे। कोरोना महामारीको कारण डेरी उद्योग बन्द नभएको भए सायद उनी यस वर्ष पनि नेपाल फर्कने वाला थिएनन्। उनी १० वर्षसम्म नेपाल नफर्कनुको कारण पनि थियो– उनले एक जना तामाङ जातका केटी मन पराएका थिए। तर उनको आमाबुवाले कुनै पनि हालतमा तामाङ बुहारी नस्विकार्ने भने पछि उनी विरक्तिएर साउदी अरबमा रोजगारीको लागि गएकाथिए। १० वर्षसम्म घरमा कसैसँग उनले सम्पर्क गरेन। घरबाट जतिसुकै फोन आएतापनि उनले उठाएन। एक प्रकारले उनी १० वर्षसम्म सम्पर्क विहिन भएर बसे। जे होस् यस पटक उनी १० वर्षपछि नेपाल फर्कन्दै थिए। काठमाडौंमा हवाईजहाजबाट ओर्लना साथ एयरपोर्टमा उनको कोरोना परीक्षण गरिए। कोरोना परीक्षणमा उनी पोजेटिभ देखिए। त्यसैले उनी आइसोलेसनमा बस्नु प¥यो, टेकु हस्पिटलमा। १४ दिनको टेकु हस्पिटलमा आइसोलेसनमा बसेपछि फेरी कोरोना जाँच गर्दा नेगेटिभ आएपछि खुशी हुँदै हस्पिटलको गेट बाहिर निस्के। गाउँ जान ट्याक्सी खोज्न थाले। एउटा ट्याक्सी उनको नजिकै आएर रोकियो। उनले ड्राइभरलाई “शान्तिपुर जाने हो कि भनेर सोधे।’’ ड्राइभरले उनको मुहार राम्ररी हेर्यो। एक छिन पछि ड्राइभर बोल्यो “कुन शान्तिपुर भन्नु भएको ? त्यो थिंगन नजिकको शान्तिपुर हो ?’’ हजुर त्यही हो भनेर राजुले जवाफ दिए। ऊ ढुक्क थियो, ड्राइभरले हुन्छ भन्छ भनेर, तर अचानक ड्राइभरले चार हजार चाहिन्छ भन्यो। ड्राइभरले मुख विगारेर भने “टिकाभैरवसम्म मात्र बाटो राम्रो छ, त्यहाँबाट उता ठाउँ ठाउँमा पहिरो गएको हुन्छ।’’
राजुले एक छिन सोचे, उनलाई आमाबुवा र भाइबहिनी भेट्न हतार भइसकेको थियो।
मोलमोलाई पछि अन्तमाः राजु तीन हजार तिर्न राजी भए। अनि ऊ सुटकेश लिन हस्पिटल भित्र गए। अनि ट्याक्सीमा चढे। पछाडीको सिटमा बसे। ट्याक्सी टेकुबाट अगाडि बढ्यो, त्रिपुरेश्वरमा पुग्दा ठूला ठूला साझा बसहरु उनले देखे। बाँया रंगशाला पनि देखे। रंगशालामा राम्ररी रंगरोगन गरेको थियो। उनलाई सबै नौलो लाग्न थाल्यो। १० वर्षमा काठमाडौंमा धेरै परिवर्तन भइसकेको जस्तो लाग्यो। ट्याक्सी टिकाभैरवतिर बढे। टिकाभैरवमा पुग्दा चारै तिर नियाले, एउटा पसल देखिए, साइन बोर्डमा लेखिएको थियो“सिमोन किराना पसल’’, तल सिसामा लेखिएको थियो “यहाँ सबै सामान पाईन्छ।’’ राजु साउदी अरब जाने बेलामा त्यहाँ त्यो पसल थिएन। उनले वरपर घरहरु हेरे नयाँ नयाँ ढलान गरिएका घरहरु बनेका रहेछन्। पुराना घरहरु धेरै भत्काइसकेछन् केही २०७२ सालको भुकम्पले भत्काइ सके।
माथि डाँडामा हेरे, काफल डाँडामा सानो सानो चिटिक्क परेका घरहरु बनेका छन्। राजुलाई सबै नौलो लाग्यो। पसलहरुमा पनि काँचको ढोकाहरु राखिएका थिए, धेरै घरहरुमा डिस होमको एन्टिना राखेको देखिन्थे।
काफल डाँडा जाने बाटो पनि खनिसकेको थियो। ट्याक्सी अगाडि बढ्दै थियो। बाटोमा हिड्ने केही मानिसहरु कानमा एयरफोन राखेर गाना सुन्दै आइरहेका थिए। उनलाई आपूm विदेशमा रहेको यी १० वर्षमा देशमा धेरै परिवर्तन भइसकेको महसुस भयो। ट्याक्सी ड्राइभरले एकतमासले ट्याक्सी हुईंकाउँदै थियो। लाग्छ धेरै बोल्ने स्वभाव छैन उसमा। करिब २ घण्टासम्म ट्याक्सी गुडेको गुडेकै गरेपछि पहाडको फेदीमा रहेको शान्तिपुर देखा पर्यो। सानो १५–२० वटा घर भएको शान्तिपुर ठूलो बस्तीको रुपमा विकसित भइसकेको थियो। मानिसहरुको चहलपहल पनि बाक्लै थियो। गाउँमा छिर्दै गर्दा उनले बाटोमा केश काट्ने पसल देख्यो, मोटर साइकल मर्मत गर्ने पसल पनि देख्यो साथै ठूलो कपडा पसल पनि देख्यो, उनी छक्क परे, पहिला ती पसलहरु थिएन। केही दिन अगाडि मात्र राजुको ठूलो बुवाको छोराले थिंगन गाउँ र मन्थली गाउँ मिलाएर शान्तिपुरलाई नगरपालिका घोषणा गर्न लागेको छ भनेर फोनमा भनेको थियो। उनलाई सबै नौलो नौलो लाग्न थाल्यो। एउटा घरको नजिक पुगे पछि उनले ट्याक्सी रोक्न लगाए। ट्याक्सीबाट ओर्लेर सामान निकाले। अनि खल्तीबाट पैसा निकालेर ड्राइभरलाई दिइ ट्याक्सीलाई विदा गरे। टाढैबाट आफ्नो घरलाई १५ मिनेटसम्म हेरिरहे। कौसीमा डिस होमको एन्टिना छ। रंग पनि लाएको छ। पहिले भन्दा धेरै राम्रो देखिन्थे। विस्तारै पांग्रा भएको सुटकेश लिएर उनी घरको गेटमा छिर्छ। घर अगाडि एउटा बगैंचा जस्तै छ। बगैंचामा ४–५ वटा मेच राखिएको छ। राजुको बहिनी र भाई सँगै बसेर फोनमा केही हेर्दै गरिरहेका थिए। राजुकी आमा पनि कुर्सीमा बसिरहेका थिइन, उनको हातमा पनि मोबाइल थियो। राजु आएको देखेर छक्क पर्दै राजुलाई हेर्न थाले अचानक चिच्याएर बोले “अय राजु तँ यहाँ ! खबरै नगरी !!’’ आमा कराएको सुनेर राजुको भाइ र बहिनी एक छिन त अचम्ममा परे। राजुलाई देखेर दुवै भाइ र बहिनी एक साथ बोले “स्वागत छ दाई स्वागत। यति भनी फेरी उनीहरु मोबाइल हेर्न लागे। राजु छक्क पर्दै कहिले आमालाई र कहिले भाइ बहिनीलाई हेर्न थाले। आमा मुसुमुसु हास्दै राजुकोे नजिक आइन् र राजुलाई हेर्दै भन्न थालिन “राजु ! तिम्रा भाइ र बहिनी अहिले मोबाइलमा परमेश्वरको वचन सुन्दै छ। हामी सबै ख्रीष्टियन भइ सक्यौ। पुरानो कुराहरु बितिसके। आज शनिबार, कोरोनाको कारणले चर्चमा नगइ जुममा नै हामीले संगति ग¥यौ। राजु घोर आश्चर्यमा परे। राजुको लागि यो खबर आश्चर्य लाग्दो थियो। आमाले भने “म पनि मोबाइलमा हाम्रो पास्टरको वचन सुनि रहेकी थिएँ। हात मुख धोउ, पास्टरले परमेश्वरको वचन बोल्दै हुनुहुन्छ। एकछिन सुन्छु है, भन्दै आमा फेरी मोबाइलमा व्यस्त भइन्।
१० वर्ष अगाडीसम्म ख्रीष्टियन र बाइबलको नामै सुन्न नचाहने राजुकी आमा आज एक जना इसाई बने। राजुको आमाबुबालाई गाउँमा अति रुढिवादी मानिन्थे। जातभातको धेरै कुरा गर्थे। आफू मात्र ठूलो जातका हौं भन्थे। यो राजुकोे लागि अति आश्चर्यको कुरा थियो। राजुको आमा र भाइ बहिनीहरु मोबाइलमा जुम कार्यक्रम ध्यानमग्न भएर हेर्दे थिए। राजु हात खुट्टा धुन थाले। हात खुट्टा धोइ सकेपछि एउटा मेच तिर बसे। राजुको नजर आफ्नोे घरको दुइता घर उता एउटा छिमेकीको घरमा पर्यो। दश वर्ष अगाडि त्यो घरबाट झगडाको आवाज आइरहन्थ्यो। कुनै बेला मान्छे रोएको आवाज आउँथ्यो। कुनै बेला सामान फालेको आवाज आउँथ्यो। तर त्यो घरबाट अहिले कुनै आवाज आएको सुनिएन, त्यो घर भिमनाथको थियो। भिमनाथको दुई जना छोराहरु थिए। ठूलो छोरा श्याम मलेशियामा छ क्या रे। कान्छा छोरा रमेश ललितपुरमा काम गर्थे। तलब कम भयो भनेर काम छोडेको थियो। पछि खराब मानिसहरुको संगत परेर रक्सी खाने, जुवा तास खेल्ने बानी परेको थियो। हरेक दिन जसो उ घरमा आमा बुबासँग झगडा गर्दथ्यो। पैसा माग्यो, नदिए घरको सामान चोरेर भए पनि रक्सी खान्थ्यो। उसको आमाबाबुले नराम्री पिट्दथे। राजु कहाँ रुँदै आउथ्यो, “मलाई बचाउ दाई” भन्थ्यो।
सधैं घर झगडा भइरहन्थ्यो। हुँदाहुँदा रमेशले गाउँमा अरुसँग पनि झगडा गर्दै हिड्न थाल्यो। सधैं जसो, चिच्याएको, रोएको झगडाको आवाज सुन्दा राजुलाई पनि धेरै बैचेनी महसुस हुन्थ्यो। राजुले आमालाई रमेशको बारेमा सोधे। गाउँमा सबैले उसलाई काम नलाग्ने मान्छे भनेर भन्थे, निकम्मा भन्थे। राजुले रमेशको बारेमा सोधे पछि आमा राजुको आमा नजिक आइन् र भनिन् “छोरा त्यही रमेशले गर्दा नै हामीले परमेश्वरलाई चिन्न पायौं। गाउँका सबैले उनलाई काम नलाग्ने मान्छे भनेर भन्थे तर गाउँमा सबै भन्दा काम लाग्ने मान्छे त्यही भए। किन भने गाउँका सबैलाई उसैले नै परमेश्वरको बारेमा बताएको हो। उनलाई येशूको बारेमा प्रचार गर्न आएको एक जना राई दाईले बाइबल पुस्तक दिनु भएको थियो। त्यो पढेपछि बिस्तार बिस्तारै उनको जीवन परिवर्तन हुँदै गए। सबैले उनलाई राम्रो मान्न थाल्यो। हुँदा हुँदा उनले रक्सी पनि छोडे, गाउँमा उनी एउटा असल मानिसको रुपमा परिचित हुन थाल्यो। उनी पछि ईसाई बने। हामीलाई पनि प्रभु येशूको बारेमा बताए। हामीले पनि येशूलाई राम्ररी चिन्यौ, हामी पापी हौं भन्ने कुरा हामीलाई थाहा भयो। पछि हाम्रो गाउँका धेरै मानिसहरुले पनि प्रभु येशूलाई विश्वास गरे। यो घरमा पनि हामी सबैले प्रभु येशूलाई चिनिसकेका छौं।” आमाले त्यति भनि सकेपछि राजुको आँखाबाट अचानक दुई थोपा आँसु झरे। राजुले आमातिर हेर्दै भने “आमा यो मेरो आँशु हर्षको हो किनभने मेरो गाउँमा नयाँ युग आएको छ।” (साभार—वचन पत्रिका)

 

 

 

 

 

Facebook Comments

Category: Articles, Special


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4