मन्त्रिपरिषद् पुनगर्ठनः नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

[ 0 ] December 25, 2020 |

काठमाडौं, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा आज साँझ आठ जना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले सपथ लिनु भएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री हुनु भएको छ । त्यस्तै गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री हुनु भएको छ भने दावा लामा युवा तथा खेलकुद मन्त्री हुनु भएको छ ।

यसै गरी जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनु भएको छ भने उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गर्दै विमला बिकलाई उक्त जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाइएको छ । कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ कानून मन्त्री बनाइएको छ ।

भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री हुनु भएको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4