• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, December 1, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

घलेगाउँ पुनः सार्क भिलेजमा छनौट

by Sarju Rijal
June 13, 2013
in NC Photos, News & Events

Ghalegaunलमजुङ, सार्क राष्टकै नमुना पर्यटकिय गाउँको रुपमा विख्यात लमजुङको घलेगाउँ पुनः सार्क भिलेजको रुपमा छनौटमा परेको छ। केही समयअघि बसेको सार्क राष्ट्रको मन्त्रिस्तरिय बैठकले नेपालबाट घलेगाउँलाई नै सार्क भिलेजको रुपमा राख्ने निर्णयगरेको हो।
अनुगमनको क्रममा लमजुङ आएका गरिबी निवारण तथा सहरी विकास मन्त्रालयका सचिव रणबहादुर श्रेष्ठले सार्कमन्त्री स्तरिय बैठकले लमजुङको घलेगाउँलाई सार्क भिलेजका रुपमा राख्ने निर्णयगरेको बताएका हुन्। “सार्कमन्त्री स्तरिय बैठकमा म पनि सहभागि थिए, बैठकले पर्यटकिय गाउँ घलेगाउँलाई सार्क भिलेजको रुपमा नामाकरण गर्ने निर्णयगरेको छ”।
सचिव श्रेष्ठले नेपालले लमजुङको घलेगाउँलाई सार्क भिलेज घोषणा गरेसँगै अन्य देशहरुले पनि पर्यटकिय क्षेत्रलाई सार्क भिलेज बनाएका बताए।
सार्क भिलेज बनेपछि अब त्यस गाउँ वरपरका क्षेत्रमा रहेको गरिविको रेखामुनी रहेकाहरुको जीवनस्तर उकास्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने सचिव श्रेष्ठले बताए। सचिव श्रेष्ठले भने “नेपालले यो बर्षसार्क कमिटिको अध्यक्षता पनि गरिरहेको छ, घलेगाँउसँगै अन्य पर्यटकिय गाउँहरुको विकासमा पनि सक्रियता देखाउने निर्णयभएको छ। सचिव श्रेष्ठले सार्क भिलेज घलेगाउँको विकासका लागि छिट्टै नै मन्त्रालयको टोली अध्ययनका लागि आउने समेत बताएका छन्।
लमजुङको उत्तरकन्या गाविसमा पर्ने घलेगाउँ पुग्दा लमजुङ, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको चित्ताकर्ष दृश्य, गुरुङ संस्कृति र परम्परा अनि स्थानिय उत्पादनका आर्गनिक खानपानका साथै गाउँलेहरुको न्यानो आथित्यले पर्यटकलाई लट्ठै पार्दछ।
सार्कस्तरिय बैठकले घलेगाँउलाई पुनः सार्क भिलेजको रुपमा छनौट गरेपछि घलेगाँउबासीहरु खुशीले गद्गद भएका छन्। घलेगाउ सँगै लमजुङको अन्य पर्यटकिय क्षेत्रमा पनि बिकास हुने घलेगाउँ ग्रामिण पर्यटन बिकास समितीका अध्यक्ष प्रेम घलेले बताए। “सार्क भिलेजको रुपमा पुनः घलेगाउँ छनौट हुनु हामी लमजुङ्गेहरुको लागिनै गर्वको कुरा हो” घलेले भने “अव लमजुङको पर्यटन बिकासमा अझै राहात मिल्नेछ”।
२०५६ सालदेखि ग्रामीण पर्यटनको अबधारणा अनुसार अघि बढेको घलेगाउँलाई थप ब्बस्थित बनाउन यतिबेला होमस्टेको ब्यापक सुधार गरिराखिएको छ। देश विदेशमा ख्याती कमाएपनि पर्यटकहरुबाट ब्यबस्थापनमा सुधार गर्न दिईरहेको सुझावलाई मध्यनजर गर्दै होमस्टे सुधारमा गाउँलेहरु लागिपरेका छन्। जिल्ला कृषि विकास बैंकसँग ऋण लिएर गाउँलेहरुले होमस्टेको सुधार अभियान थालेका हुन्। यतिबेला घलेगाउँका सबै खाट, डसना, तन्ना र सिरानी फेरिएका छन भने कोठाहरु पनि झकिझकाउ पारिएका छन्।
घलेगाउँ ग्रामिण पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले घलेगाउँ पुनः सार्क भिलेजमा परेको सुन्दा निकै खुसी लागेको प्रतिक्रिया दिनुभयो। उहाँले सबैको सहयोगका कारण घलेगाउँ सार्क भिलेजमा परेको बताउनुभयो।
लमजुङ हिमालको काखमा अवस्थित दृष्यावलोकनका लागि अद्धितीय स्थान मानिने घलेगाउँबाट माछापुच्छे्र, अन्नपुर्ण लमजुङ हिमाल, मनासुलु, बौद्ध हिमाल, डा. हर्क गुरुङ पीक लगायत दर्जनौं हिमश्रृंखला देख्न सकिन्छ। घाँटु, सेगा, कृष्णचरित्र, पच्यु, घ्याप्रिङ, लामा, लगायतका नाचहरु यहाँका सांस्कृतिक विशेषताहरु हुन्। उत्तरकन्या मन्दिर, गुरुङ संग्रालय, खेलमैदान आदिले घलेगाउँका थप विशेषता हुन।
घलेगाउँमा अहिले पर्यटकहरुको ओइरो नै लाग्ने गरेको छ। दैनिक ५० देखि एकसय जना सम्म आन्तरिक तथा बाहृय पर्यटकहरु घलेगाउँ घुम्न जाने गरेका छन्। मनोरम प्राकृतिक सुन्दरता, दर्जनौं हिमश्रृंखला, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य र गुरुङ जातीको जीवन्त संस्कृति हेर्नका लागि यहाँ पर्यटकहरु आउने गरेका छन्।

 

 

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In