आज २ बजेदेखि बेलुकि ६ बजेसम्म हुने विश्वव्यापी उपवास भर्चुअल प्रार्थना निरन्तर भइरहेको छ। विश्वभरीबाट आज २४ घण्टा प्रार्थाना हुनेछ। नेपालबाट २ बजेदेखि ६ बजेसम्म भएको थियो। प्रार्थनामा, ६० जना पास्टरअगुवाहरू नेपाल र नेपालभन्दा वाहिरबाट सहभागी हुनुभएको छ।
उपवास भर्चुअल प्रार्थनामा पास्टर शमूएल कार्थकले आराधना संगतिमा डोर्याउनुभएको थियो।
पास्टर रेभ.दिलिप क्षेत्रीले वचनबाट उत्साह दिनुभएको थियो।
वचनपछि विभिन्न विषयहरूमा प्रार्थनामा समय विताउनुभएको थियो।
प्रार्थानामा सतावटमा परेका ख्रीष्टियनहरू र पास्टर केशव आचार्यको लागि विशेष प्रार्थना भएको थियो। पास्टर केशवको श्रीमति जुनु आचार्यले पक्राउपरेको कुराको बारेमा विस्तृतरूपमा जानकारी गराउनुभएको थियो।
प्रार्थनाकै क्रममा, कोरोना संक्रमितहरूको लागि, परिवारहरूको लागि र वर्तमान अवस्थाको बारेमा प्रार्थना भएको थियो।
प्रार्थानाकै क्रममा रूकुम जाजरकोटमा विवाहाको विषयमा भएको घटनामा ठीकसँग न्याय हुनसकोस् भनी प्रार्थना भएको थियो। साथै अमेरिकामा गोरा काला जातिको विषयमा भएको विवाद साम्य हुनसकोस भनि प्रार्थना पनि भएको छ। साथै विभिन्न विषयहरूमा विभिन्न पास्टर अगुवाहरूले पालैपालो प्रार्थनामा अगुवाइ गर्नुभएको थियो।
अन्तमा नेपाल ख्रीष्टियन समाजका भुतपूर्व अध्यक्ष पास्टर वर्णवास श्रेष्ठले अन्तिम प्रार्थनाको अगुवाइ गर्नुभएको थियो। कार्यक्रम सञ्चालन एनसिएसका महासचिव पास्टर डिल्लीराम पौडेल र सचिव किरण दासले गर्नुभएको थियो।
Discussion about this post