नेपाल पुनर्बीमा कम्पनीको आइपिओ बाँडफांड

[ 0 ] April 8, 2020 |

नेपाल पुनर्बीमा कम्पनीले सर्बसाधारणमा निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ। आइपीओ बुधबार बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो।

 

आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो।

१० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता २०, कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् ।

 

त्यसैगरी ५० कित्तादेखि दश हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता शेयर पाएका छन् भने सोहि अनुपातमा आवेदन गनेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता शेयर बाँडफाँड गरिएको क्यासिपटलले जनाएको छ।

 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर पनि सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको शेयर कम्पनिले बुधबार बाँडफाँड गरेको हो

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4