• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, September 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उपराष्ट्रपति नन्दकिशोर पुनको अतिथ्यमा ख्रीष्‍टमस महोत्सव २०७६ सम्पन्न

by Sarju Rijal
December 27, 2019
in News & Events
Nanda Kishor Pun, Vie president of Nepal.

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले हिजो डिसेम्बर २५ तारिख अर्थात पुस ९ गतेका दिन सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा ख्रीष्टमस महोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित ख्रीष्टजन्मोत्सव महोत्सव समारोहलाई सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । सो समारोहमा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री माननीय गोपालमान श्रेष्ठ र नेकपाका नेतृ एवं पूर्वशान्ती मन्त्री माननीय सत्य पहाडी बिशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । सो ख्रीष्टमस महोत्सव समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन लगायत अन्य महानुभावहरुलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दोसल्ला ओढाई कदर पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

ख्रीष्टमस महोत्सवमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले ख्रीष्ट जन्मोत्सवको अवसरमा ख्रीष्टियन धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीहरुमा शान्ति, सम्बृिद्ध र उत्तरोउत्तर प्रगतिको कामना गर्दै आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।

साथै नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, नेकपाका नेतृ तथा पुर्व शान्तिमन्त्री सत्य पहाडीले पनि ख्रीष्टमस तथा नयाँ वर्ष २०२०को शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सहअध्यक्ष रिता काबोले स्वागत मन्तब्य राख्नुभएको सो समारोहमा महासंघ युरोपका सद्भावदूत डा. डम्बर अधिकारीले परमेश्वरको वचनबाट बोल्नु हुँदै सबैमा उत्साह प्रदान गुर्न भएको थियो । महासंघका बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन खड्का क्षेत्री, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका गैर आवासीय तथा प्रवासी सचिव रेभ. पा. राजु बराइलीले पनि ख्रीष्ट जन्मोत्सव र नयाँ
वर्ष सन् २०२० को पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । उक्त कार्यक्रमलाई उपमहासिचव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो भने सुरुवातको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो ।
ख्रीष्‍टमस महोत्सवमा  सम्मानित हुने ब्यक्तिहरुमा लामो समयदेखि पूर्वी नेपालमा रहेर करिव दुई दशक पत्रकारितामा योगदान पुर्‍याउनु हुने गिदोन लामीछाने, नेपाली ख्रीष्टियन संगीतमा लामो समय योगदान गर्नुहुने संगीतकार द्धय त्रिलोक प्रधान र गगन सुब्बा, हेटौंडामा रहेर नेपाली ख्रीष्टियन साहित्यमा योगदान पुर्‍याउनु हुने साहित्यकार जीवन शाह, विदेशमा रहेर बालबालिकाको हितमा काम गर्नु भएकी रुथ पराजूली र हङकङमा रहेर नेपालीहरुको बिचमा सेवा पुर्‍याउनु हुने पा. राजु बराइलीका साथै मानव अधिकारको क्षेत्रमा योगदान पुर्‍याउनु हुने मानव अधिकारकर्मी चरण प्रसाई लगायतका लाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै संविधानविद् दिनेश त्रिपाठी, महासंघको युरोपका सद्भावदूत डा. डम्बर अधिकारी, नेकपाका नेतृ तथा पूर्वशान्ति मन्त्री सत्य पहाडी, नेपाली
कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका पूर्व अध्यक्ष सुन्दर थापा लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

ख्रीष्टमस सम्बन्धीका भजन गीतहरु सिलोआम बाँसबारी चर्चका क्वायर झुण्डले अगुवाई गर्नुभएको थियो । प्रज्ञा प्रतिष्ठानको सभा हलमा खचाखच भरिएको सो समारोहको अन्त्यमा त्यस ख्रीष्टमस महोत्सव समारोहका सभापति एवम् राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी.वी गहतराजले धन्यवादको छोटो मन्तब्य राखेर कार्यक्रम समापन भएको घोषणा गर्दै अन्तिम प्रार्थना गर्नु भएको थियो ।

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Recent Posts

  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In