• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमस सार्वजनिक छुट्टीको लागी जोडदार माग

by Sarju Rijal
December 20, 2019
in News & Events

काठमाडौं- पुष ४, राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आज ९ (शुक्रबार) ख्रीष्टमस पर्वको अवसरमा आयोजित महासंघका सप्ताहव्यापी कार्यक्रम र ख्रीष्टमसमा सार्वजनिक विदाको माग गर्दै पत्रकार सम्मेलनको आयोजना गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सी. बी. गहतराजले ख्रीष्टमसमा सार्वजनिक विदा दिन नहुने कुनै कारण नरहेको बताउनुभएको छ । ख्रीष्टियन समुदायको सम्मानमा ख्रीष्टमसमा सार्वजनिक विदा दिने ७ वटा महत्वपूर्ण कारण रहेको उल्लेख गर्दै सम्मानित सर्वोच्च अदालतको आदेशलाई पालना गर्न पनि सरकारलाई अध्यक्ष गहतराजले आग्रह गर्नुभएको छ ।
गत साल सार्वजनिक विदा पुनरावलोकन समितिले विभिन्न पर्व विदा सिफारिस गर्दा ख्रीष्टमस पनि समेटिएको प्रसंग कोट्याउँदै अध्यक्ष गहतराजले यथाशिघ्र सार्वजनिक विदा घोषणा गरेर ख्रीष्टियन समुदायलाई ढुक्क सँग ख्रीष्टमस पर्व मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ख्रीष्टमसमा हरेक वर्ष विभिन्न विद्यालयमा परीक्षाको समय पर्ने, ख्रीष्टियन आस्थाका सरकारी कर्मचारीले समेत ख्रीष्टमस मनाउन समस्या हुने गरेको तर्फपनि अध्यक्ष गहतराजले सरकार र निजी विद्यालयहरूको ध्यानाकर्षण गराउनुभयो । यस्तै महासंघका उपमहासचिव तथा प्रवक्ता रेभ. उद्धव चिमोरियाले ख्रीष्टियन समुदायको धारणा र महासंघको माग समेटिएको प्रेस विज्ञप्ती वाचन गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा युवा विभागका प्रमुख मुकेश मुक्तानले ख्रीष्टमसको अघिल्लो दिन अर्थात पुस ८ गते हुन लागेको मोटर साइकल र्‍यालीको विषयमा जानकारी गराउनुभयो । मोटरसाइकल र्‍याली विजुली बजारबाट सुरु भएर माइतिघर हुँदै भृकुटीमण्डपमा पुगेर कोण सभामा परिदण्ट हुने प्रमुख मोक्तानले जानकारी दिनु भयो । यस्तै खेलकुद विभागका प्रमुख करण सिलवालले पुस ६ गते हुने म्याराथन र्‍यालीको विषयमा जानकारी दिनुभयो । म्याराथन दौड बानेश्वर एभरेष्ट होटेलबाट सुरु भएर भृकुटीमण्डपमा पुगेर समापन हुने जानकारी गराउनुभएको थियो ।
सोही दिन महिला विभागले शुभकामना आदान प्रदान कार्यक्रम काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे देखि हुनेछ । महासंघका अध्यक्ष सि. बि. गहतराजले पुस ९ अर्थ डिसेम्बर २५ मा प्रभु येशू ख्रीष्टको शुभ जन्मोत्सवको अवसरमा राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भव्य ख्रीष्टमस महोत्सव समारोहको आयोजना गरिएको जानकारी गराउनुभयो । कार्यक्रम कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ बजे देखि हुने बताउँदै सबैलाई सो दिन कार्यक्रममा उपस्थितिको लागि अपील समेत गर्नु भयो ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In