कास्की- पोखरामा बाइबल सम्बन्धिका पर्चा वितरण गरेको आरोपमा पक्राउ परेका कोरियन नागरिक पास्टर चो योसाङलाई कास्की जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपछि साउन २२ गतेका दिन तारेखमा छुटेका छन्।
पास्टर चो ले लेकसाइड पोखरामा बाइबल सम्बन्धिका पर्चाहरू वितरण गरेको आरोपमा साउन ६ गतेका दिन, वाराही चोकबाट सोधपुछको लागि पक्राउ गरिएको थियो।
पास्टर चोलाई धर्म परिवर्तन गराउने नियतले बाइबल सम्बन्धिका पर्चा वितरण गरेको अभियोगमा धर्म सम्बन्धिको कसुरको मुद्दामा १७ दिन थुनामा राखेर अनुसन्धान गरिएको थियो।
७३ वर्षिय पास्टर चोलाई थुनामा परेको बेलामा पोखरेली ख्रीष्टियन समुदाय, विभिन्न व्यक्ति, पास्टर अगुवाहरूले भेट्ने स्वस्थ्य अवस्था बुझ्ने र प्रार्थना गर्ने गरेका थिए।
Discussion about this post