• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जलजलाका पहिरोपीडितलाई नयाँ घर

by NC Reporter
August 1, 2019
in News & Events, socio-political

कमल पोखरेली

जलजला, पर्वत, १४ साउन, मंगलबार

पोखरेली ख्रीष्टिय समुदाय, असल छिमेकी नेपालले पर्वत जिल्लाको जलजला गाउँपालिकाका पहिरो पिडित २२ परिवारलाई घर हस्तान्तरण गरेको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र पर्वत जिल्लाका प्रजिअ कल्पना घिमिरे नेपालले पहिरो पिडितलाई घर निर्माण भएको प्रमाणपत्र र चावी सहित घर हस्तान्तरण गरेका हुन्। गत वर्ष साउने सक्रान्तिको दिन अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले सुकुम्बासी बस्ती पुरिँदा एक किशोरको मृत्यु भएको थियो भने करिब दुई दर्जन घरपरिवार विस्थापित भएका थिए।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गैसस सरकारलाई सहयोग गर्ने साझेदार हो भन्दै असल छिमेकी नेपाल आफूले विश्वास गरेको संस्था भएको बताए। उनले असल छिमेकी नेपालले भूकम्पििछको गोरखा पुनर्निर्माणमा देखाएको तदारुकताको मुक्तकण्ठले प्रशंसा गर्दै “जहाँ विपद् आयो त्यहाँ असल छिमेकी पुग्यो” भन्ने हुन सकोस् भनी शुभकामना पनि दिए। उनले विपद्को दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने र यसका लागि विशेष गरी स्थानीय सरकार सचेत हुनपर्नेतर्फ जोड दिए। त्यस्तै वडा नं. ८ का अध्यक्ष हरिविकास जिसीले सरकारले निभाउनुपर्ने भूमिका असल छिमेकीले वहन गरिदिएको भन्दै पहिरोलगत्तै पनि यस संस्थाले गरेको सहयोगको स्मरण गरे। असल छिमेकी नेपालले त्यतिखेरै राहतस्वरुप १५ दिनलाई पुग्ने खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गर्नुका साथै प्रभावित परिवारका विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो।

त्यस्तै असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्दकुमार अधिकारीले ९३ लाख ९४ हजार रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा हालसम्म ७९ लाख २८ हजार खर्च भएको बताए। कार्यक्रममा निर्देशक अधिकारीले असल छिमेकी नेपालको परिचय दिँदै संस्थाले गर्दै आएका कामहरुबारे जानकारी गराएका थिए। उनका अनुसार कास्कीको सेती बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, महाभूकम्पपछिको पुननिर्माणदेखि बारापर्साको आँधी र तराई डुबान पीडितहरुसम्म  असल छिमेकी नेपाल पुग्न सकेको बताए। कार्यक्रममा पर्वत जिल्लाका प्रजिअ कल्पना घिमिरे, फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मा, जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिष्म मल्ल, गैसस महासंघका केन्द्रीय सचिव देवीप्रसाद तिमल्सिना, पोखरेली ख्रीष्टियन समुदायका अध्यक्ष पा. हरिराम घिमिरेलगायतले बोलेका थिए।

जलजला गाउँपालिका वडा नं. ८ बेरनेटामा मा १७, वडा नं. ७ लस्तीमा ४ र वडा नं. ४ मिलनचोकमा एक पहिरो पिडित परिवारका लागि शौचालयसहित दुई कोठे घर निर्माण गरिएको जानकारी असल छिमेकी नेपालका प्राविधिक संयोजक सुमन बयलकोटीले दिए। असल छिमेकी नेपालको निर्माण सामग्री र प्राविधिक सहयोगमा पुनर्निर्माण कार्य सम्पन्न भएको थियो। वडाले पीडितहरुलाइ घर बनाउन जग्गा उपलब्ध गराएको थियो।

वडा नं. ४ का अम्मर गिरी, वडा नं. ७ का हरिप्रसाद शर्मा आचार्य, कर्णे दमाईं, दिनेश दर्जी, बलराम परियार, वडा नं. ८ का सन्तु दमिनी, गोपाल नेपाली, विष्णु दर्जी, डिल्लु नेपाली, गणेश नेपाली, दिनेश नेपाली, रमेश नेपाली, श्रीलाल नेपाली, लिलाबहादुर परियार, काली दमिनी, राने नेपाली, गणेश नेपाली, कृष्ण माझी, बुद्धिबहादुर नेपाली, नन्दे दमाईं, करे नेपाली, अम्मर नेपाली गरी २२ परिवार लाभान्वित भएका छन्।

घर पुननिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पिडितहरुले खुसी व्यक्त गरेका छन्। त्यसमा पनि सहज रुपमा डेरासमेत नपाउने दलित समुदाय हर्षित छन्। लाभान्वित परिवारका तर्फबाट बोल्दै बुद्धिबहादुर नेपालीले हार्दिक आभार व्यक्त गरे, “असल छिमेकीको कामलाई हामी कहिल्यै भुल्नेछैनौं। असल छिमेकी हाम्रो लागि भगवान् भएर आइदियो। हामी यो कामलाई हाम्रा पुस्ताहरुलाई समेत भन्नेछौं।”

 

 

 

 

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In