ललितपुर- जेठ २५, पास्टर लाजरस थुलुङद्वारा लिखित २०औं पुस्तक “आशाको ऋतु”को विमोचन भएको छ। ज्योति ग्रेट कमिसन फेलोसिप ललितपुरमा विमोचन भएको छ। पुस्तक विमोचनको प्रार्थना पास्टर चन्द्र श्रेष्ठले प्रार्थना गर्नुभएको थियो।
आशालाई छर्ने समय भएकोले पुस्तकको नाम आशाको ऋृतु राखिएको कुरा लेखक थुलुङले बताउनुभएको थियो।आशाको ऋृतु पुस्तक बाइबलबाट रोमीको पुस्तकमा आधारित आशाको विषयमा केन्द्रित भएको कुरा पनि जानकारी गराउनुभएको थियो।
लेखक तथा ग्रेटकमिसन फेलोसिपका पास्टर लाजरस थुलुङद्वारा लिखित पुस्तकहरु धेरै नेपालीहरूले खोजी खोजी अध्ययन गर्ने गरेको पाइन्छ। लेखकद्वारा लिखित पहिलो पुस्तक “परमेश्वर कहाँ हुनुहुन्छ, जब म दु:खमा हुन्छु” नामक पुस्तक हो। यो पुस्तक धेरैले अध्ययन गरिसकेका छन्। सन् २००२ देखि पुस्तक लेखनकाे काम सुरू गर्नुभएका पास्टरले छोटो समयमा २० वटा पुस्तक लेख्न सफल हुनुभएको छ। नेपालका मण्डलीका पास्टर अगुवा र पाठकहरूलाई यी पुस्तकहरूले धेरै आशिष् पुर्याएका छन्।
Discussion about this post