काठमाडौं- जेठ ९, नेपाल ख्रीष्टियन समाजको २३औं वार्षिकोत्सव तथा १८औं महासभा नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा सम्पन्न भएको छ। नेपालका ७ वटै प्रदेशका मण्डलीहरुबाट आएका प्रतिनिधीहरूको भेलाले नेपाल ख्रीष्टियन समाजको १५१ सदस्यहरुको नयाँ समिति गठन गरेको छ। नयाँ समितिमा नव निर्वाचित सदस्यहरु निम्नानुसार छन्:
- अध्यक्ष पा. जोसेफ श्रेष्ठ
- सहअध्यक्ष पा. डा. मंगलमान महर्जन
- सहअध्यक्ष पा. दानिएल सुब्बा
- सहअध्यक्ष पा. सामुएल कार्थक
- उपाध्यक्ष पा. विक्रम वर्णवास एक्तेन (प्रदेश १)
- उपाध्यक्ष पा. पिटर कमलेश्वर ( प्रदेश २)
- उपाध्यक्ष पा. राजेन्द्र मल्ल (प्रदेश ३)
- उपाध्यक्ष पा. केपी त्रिपाठी (गण्डकी प्रदेश)
- उपाध्यक्ष पा. चित्र गुरुङ्ग ( प्रदेश ५)
- उपाध्यक्ष पा. नविन दर्लामी (प्रदेश ६ )
- उपाध्यक्ष पा. हिरालाल भाट (कर्णाली प्रदेश)
- महासचिव पा. डिल्लीराम पौडेल
- कोषाअध्यक्ष सुरेन्द्र श्रेष्ठ
- सहकोषाध्यक्ष पा. विजय थापा
- सचिव पा. मुकुन्द कुमार शर्मा
- सचिव रेभ. कुवेर गुरुङ्ग
- आत्मिकी विकास समन्वय संयोजक: रेभ. दिलिप क्षेत्री
- धार्मिक स्वतन्त्रता आयोग संयोजक: पा. टंक सुबेदी
- अन्तरधार्मिक समन्वय संयोजक बि. पी खनाल
- सतावट संयोजक: पा. वर्णवास श्रेष्ठ
- नेपाली ख्रीष्टियन प्रवासी समन्वय संयोजक: पा. जिरमान राई
- नेपाल ख्रीष्टियन युवा आयोग संयोजक: मदन शाह
- गैरसरकारी संस्था समन्व संयोजक: डा. कृष्णमान शाक्य
- अन्तराष्टिय गैरसरकारी संस्था समन्वय संयोजक: खीम कँडेल
- चर्च समन्वय संयोजक: एल्डर रामप्रसाद श्रेष्ठ
- धर्मशास्त्रीय शिक्षा समन्वय संयोजक: डा. बालकृष्ण शर्मा
- व्यापार व्यवसाय समन्वय संयोजक: पा.आशिष खड्का
- प्रार्थना संयोजक: पा. आर.पी. देवकोटा
- प्रकाशन संयोजक: भुवन देवकोटा ।
आज गठन गरिएको समितिमा विभिन्न चर्च समूहहरूबाट संस्थाहरूबाट गरी १५१ सदस्यहरुको केन्द्रिय समिति चयन गरिएको छ।
आज गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार, आवश्यकता अनुसार अरु थप सदस्यहरु थप गर्न पनि सकिने छ ।
महासभामा नयाँ समिती गठन गर्नको लागि निर्वाचन आयुक्त नेपाल ख्रीष्टियन समाजका संस्थापक तथा पूर्व अध्यक्ष डा. तिर्थ थापा हुनुहुन्थ्यो।
Discussion about this post