काठमाडौं- बैशाख १६, घोराहीमा धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, कुन्साङ तामाङ र गौरव श्रीवास्तव (भारतीय नागरिक) ले आज जिल्ला अदालत दाङमा वयान दिने कुरा श्रोतले बताएको छ।
गत बैशाख १० गते घोराही स्थित डोको होटेलबाट पक्राउ परेका तीनजनालाई धर्म प्रचारको अभियोगमा मुद्दा परेको छ। नेपाल ख्रीष्टियन समाजका सह अध्यक्ष टंक सुबेदी र ख्रीष्टियन मेडियाकर्मीहरू दाङमा हुनुहुन्छ। साथै दाङ ईसाई समाजका पास्टर अगुवाहरू र विभिन्न मण्डलीबाट पास्टर अगुवाहरू र शुभचिन्तकहरूले घोराहीमा थुनामा परेकाहरूलाई भेट गर्ने, प्रार्थना गर्ने काम निरन्तर गरिरहनुभएको छ।
साँचो न्याय हुनसकोस् भनी निरन्तर प्रार्थना गरौं।
Discussion about this post