काठमाडौं- बैशाख १३, गत बैशाख १० गते धर्म प्रचारको अभियोगमा पक्राउ परेका ५ जनामध्ये तनीजना नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, गौरव श्रीवास्तव (भारतीय नागरिक) र कुन्साङ तामाङलाई थप अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा राखेको छ।
पक्राउ परेकाहरूले सेवन गर्दै आएको औषधी सेवन गर्न नपाएको र अरू व्यक्तिहरूलाई भेटेर अवस्था बुझ्न नदिएको गुनासो आएपछि नेपालगंजबाट शुक्रबारका दिन राष्ट्रिय मानव अधिकार आयोग, तराई मानव अधिकार संरक्षक सञ्जाल थर्ड एलायन्स र पत्रकारहरुको संयुक्त टोली घोराहीमा पुगेर प्रहरी उपरिक्षक र प्रहरीको नियन्त्रणमा रहेका तीनजनासँग छुट्टाछुट्टै भेट गरी जानकारी लिएका छन्।
पत्रकार डक्ट धितालको जानकारी अनुसार, प्रहरी नियन्त्रणमा लिइएका सबैसँग भेट गरेर, बन्दी राख्ने स्थान र स्वास्थ्य अवस्था पनि बुझेको जानकारी गराउनुभएको छ। प्रहरी नियन्त्रणमा रहेका तीन जनालाई मुद्दा चलाई सकेकोले आइतबार अदालतको फैसलापछि मात्रै छुट्ने कुरा जानकारी गराउनुभएको छ।
मोर्निङस्टार समाचार वेवसाइटको जानकारी अनुसार कसैलाई धर्म प्रचार पनि गरिएको थिएन। प्रेरितिय चर्चमा पास्टर अगुवाहरूको सम्मेलन भइरहेको थियो। १० गते विहान कार्यक्रममा जानलाई तयार भएका ५ जनालाई धर्म प्रचारको आरोप लगाई घोराही सुरक्षाकर्मीहरूले पक्राउ गरेका थिए। श्रोतका अनुसार कसैलाई धर्म प्रचार गरिएको छैन, पैसा र बाइबल पनि बाँडिएको छैन।
प्रहरी नियन्त्रणमा राखिएका तीनजनालाई ख्रीष्टियन समाजका अध्यक्ष बर्नवास श्रेष्ठ सचिव मुकुन्द शर्मा लगायतको समूहले भेट गरि वकिलसँग परामर्श लिएको छ। साथै दाङ इसाई समाज, सुर्खेत ईसाई समाज, बाँके ईसाई समाज र सुभचिन्तक पास्टर अगुवाहरूले भेट गरेको जानकारी आएको छ।
Discussion about this post