८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”
सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्क शहरका गगनचुम्बी व्यावसायिक भवनहरू अर्थात् ट्विन टावरमा विमान ठोक्काइ गरिएको अाक्रमणले अागलागी सृजना गरेझैँ, गत सोमवार फ्रान्सको प्यारिस स्थित नोट्रे डेम क्याथेड्रलमा अागलागी हुँदा, युटुबले झुक्किएरै सही, तर अन्य धेरैले यी दुइ अागलागीका बिचमा धेरै समानता पाएका छन् । एउटा विश्व वाणिज्य बजारको प्रतीक थियो भने, अर्को विश्व सांस्कृतिक एेतिहािसक, वास्तुकला तथा अास्थाको प्रतीको थियो । यो क्षणसम्ममा नोट्रे डेमको अागलागी प्राविधक कारणमै खोजिएको छ र यसमा कुनै मानवीय क्षति भएनः यी दुइ कुरा नै न्युयोर्क र प्यारिसका प्रतिनिधि स्तम्भहरूबिचको भिन्नता बनेको छ ।
सोमवार बेलुकी ६ः२० तिर नोट्रे डेममा जडिएका फायर अलार्महरूमध्ये एउटा बज्नपुग्यो, अनि त्यहाँका सुरक्षा कर्मचारीहरूले अागो लागेको श.का गरी खोज्बिन पनि गरे, तर अागोको कुनै संकेत पाइएन । तर त्यसको २३ मिनेट पछि मात्रै अागो फेलापर्यो जब दोस्रो अलार्म पनि बज्यो ।
उक्त अागलागीबाट क्याथेड्रलको छाना, गजुर र माथिल्लो तला पूर्ण रूपमा ध्वस्त भएको छ, भने तल्ला तलाहरू र अधिकांश भवन र प्राचीन कलाकारिताका सामग्री बच्न सफल भएका छन् । अग्नि नियन्त्रकहरूको रातभरिको प्रयत्न पश्चात अागो नियन्त्रणमा अाएको छ । तर यो अागलागीले विश्वका इसाक्इ समुदाय लगायत पश्चिमी जगत र विश्वका नेताहरू सबैलाइ व्याकुल र चिन्तित तुल्याएको छ ।
फ्रान्समा संस्कृति मन्त्रालयको कार्यभार समेत सम्भालिसकेकी, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठनका महानिर्देशक अड्रे अजाउलेले एक विज्ञप्ति जारी गर्दै भनेकी छिनः “हामी भावुक भएका छाैँ र हाम्रा हृदय टुटेका छन् । नोट्रे डेमले वास्तुकलागत, सांस्कृतिक तथा धार्मिक सम्पदाको प्रतिनिधित्व गर्छ, एक अद्वितीय साहित्यीक सम्पदा जसले विश्वलाइ नै छुन्छ ।” युनेस्कोले उक्त भवनको पुनःनिर्माणमा सहायता संलग्नता जनाउने, उपलब्ध फोटा, फिल्म अादिका अाधारमा माैलिकता कायम राख्न प्रयत्न गर्ने र फ्राज्न्सेली सरकारसँग मिलेर काम गर्ने कुरा जनाइसकेको छ ।
थप खबरः
http://khabardainik.com/news/news/८००-वर्ष-पुरानो-
Category: On the Media, world