मिती २०७५ चैत्र २८ गते तद अनुसार ११ अप्रिल २०१९ बिहिबारका दिन ग्वार्को स्थित ललितपुर हेप्ज़िबा म्युजिक सिटीमा आशाको सन्देश नेपालले ‘yada’ expression of praise नामक गीति एल्बम ज्ञानेश्वर इसाई मण्डलीका रेभ. स्यामुएल कार्थकद्वारा बिमोचन गरि सार्वजनिक गरेको छ!
यस गीति एल्बममा विभिन्न कलाकारहरुको प्रस्तुति तथा योगदान रहेको छ! यस एल्बमको बिसेस्ता यसमा संलग्न सम्पूर्ण कलाकारहरुले प्रभुको महिमाको निम्ति कुनै पारिश्रमिक नलिई स्वेच्छाले कसैले गीतका शब्दहरु लेखेर, कसैले आफ्नो स्वरहरु दिएर तथा कसैले गीतहरुलाई संगीत दिएर आफ्नो योगदान दिएका छन् !
यस एल्बममा आफ्नो बहुमुल्य योगदान दिने व्यक्तिहरु इशाई जगतमा आफ्नो बिभिन्न किसिमले परमेश्वरको महिमा गरि रहनु भएको छ ! उंहाहरु ज्योति मण्डलीका बरिष्ठ पास्टर रेभ. डा. सिमोन पाण्डे ज्यू, लिविंग चर्चका संस्थापक पास्टर रंजित कुँवर, लगायत रुबेन राई, करुणा प्रसाई, एडरेन अनुरोध देवान, साम साहु, प्रसान परियारले आफ्ना शब्दहरु दिएर यस एल्बममा आफ्नो बहुमुल्य योगदान दिनु भएको छ भने ईभान कुँवर रानाले प्रायजसो सबै गीतहरुलाई संगीत दिनुका साथै तीनवटा गीत हरुमा आफ्नो बहुमुल्य आवाज दिनु भएको छ ! लिविंग चर्चकी पास्टर साराह कुँवर तथा करुणा प्रसाई, एडरेन अनुरोध देवान, साम साहु, प्रसान परियार, र युवा प्रतिभा रश्मि बि.क ज्युले पनि यश एल्बममा गीत गाउनु भएको छ ! यस एल्बमले बिभिन्न किसिमका वर्गहरुका श्रोताहरुलाई समेट्ने कोशिष गरेको छ !
यस बिमोचन कार्यक्रममा संस्थाले यसै एल्बमका दुईवटा “परमेस्वरको महानता” तथा “हे परमेश्वर” भन्ने गीतको म्युजिक विडियो पनि सार्वजनिक गरेको छ !
Discussion about this post