काठमाडाैं- बेथशालोम पुतलीसडक मण्डली अर्न्तगत भएको विभिन्न सेवाहरु मध्ये बेथशालोम फेथ स्कुल आफ सेमिनारी ले विगत बर्षहरु जस्तै यहि चैत्र ९ गते २०७५ साल तदानुसार २३ मार्च शनिवारका दिन १४ औं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न गरेको छ । उक्त दिक्षन्त समारोहमा नेपालको विभिन्न मण्डिलीहरुवाट अध्यायन गरिरहनुभएका सि.टि एच र जि.टि.एच गरि जम्मा १२ जना बिध्यार्थीहरु दिक्षान्तित् हुनुभएको थियो । समारोहको अध्यक्षता पाष्टर देव कुमार क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा श्रमिती तेरेसा लियोङ्ग दिदिले गर्नुभएको थियो । कार्यक्रममा दिक्षान्तित् विद्यार्थीहरूलाई सर्टिफिकेट , उत्कृष्ट विद्यार्थी अवार्ड साथै उकृष्ट प्रचारकको अवार्ड समेत प्रमुख अथितिबाट प्रदान गरिएको थियो ।
बेथशालोम पुतलीसडक मण्डलीले सन् २००३ मा आफ्नो ५०औं स्वर्ण जन्मको अवसरको शुरुभएको यस सेमीनारीले नेपालका विभिन्न मण्डलीहरुबाट अउनुभएका हाल सम्म करिब १०० जना विध्यार्थीहरु लाई दिक्षान्तित गराई सकेको र नेपाल लगायत अन्य केही देशरुमा समेत मण्डिलीहरुमा रही सक्रियरुपमा प्रभुको सेवामा गरीरहनुभएको जानकारी सेमीनारीको प्रिन्सपल पाष्टर चुला बहादुर र्राई ज्यु ले गराउनु भएको थियो । यसैक्रममा उहांले आउदो शैक्षिक सत्रदेखी नेपाली भाषामा बि.टि एच तहको अध्यापन गराईने समेत जानकारी दिनुभएको थियो ।
Discussion about this post