काठमाडौं- फागुन ७, एनसिएफ नेपाल र नेपाल ख्रीष्टियन समाजको आयोजनामा भएको ‘राष्ट्रिय प्रार्थना दिवस’ नेपाली ईसाई मण्डली ज्ञानेश्वरमा सम्पन्न भएको छ। पास्टर दिलीप क्षेत्रीको संयोजकत्वमा भएको प्रार्थना सभामा उपत्यकाका चर्चका पास्टर अगुवाका साथै उपत्यका वाहिरबाट पनि पास्टरहरूको उपस्थिति रहेको थियो।
विहान ९ बजेदेखि भई १:३० बजेसम्म भएको प्रार्थना दिवस कार्यक्रममा स्तुति प्रशंशा पास्टर शामुएल कार्थकले गर्नुभएको थियो। प्रार्थना दिवसमा विभिन्न विषयहरूमा प्रार्थना गरिएको थियो। एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङ, पास्टर डिल्लीराम पौडेल, डा. तीर्थ थापाले प्रार्थनाको विषयहरूमा अगुवाई गर्नुभएको थियो भने सम्बन्धित विषयहरूमा पास्टर डा मंगलमान महर्जन, पास्टर जीवन गुरूङ र पास्टर देवकुमार क्षेत्रीले परमेश्वरको वचन बाइबलबाट सन्देश दिनुभएको थियो। त्यसैगरी पास्टर शेर एसी, पास्टर बर्णवास श्रेष्ठ र बि पी खनालले प्रार्थना कै अवधिमा बाइबलबाट पाठ गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा पास्टर रोबर्ट कार्थकले प्रभु भोजको सेवा दिनुभएको थियो।
प्रार्थना दिवसको कार्यक्रम संयोजक पास्टर दिलीप क्षेत्रीले नेपालका ७ वटै प्रदेशहरूमा प्रार्थना भइरहेको जानकारी पनि गराउनुभएको थियो।
Discussion about this post