नेपाल गस्पल फिल्म अकाडमीको भवन समर्पण सेवा सम्पन्न

[ 0 ] November 16, 2018 |

November 15, 2018

कार्तिक २९, बिहीवार

नख्खु, ललितपुर

पा. सुमन गुरूङ अकाडेमी हलको रिबन काट्नुहुँदै

नेपालमा युग सुहाउँदो सुसमाचार माध्यम सदुपयोग गर्दै त्यसका लागि अावश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका स्थापना भएको Nepal Gospel Film Academy को प्रारम्भिक अावासीय कक्षा तथा कार्यालय भवन समर्पण सम्पन्न भएको छ ।

उक्त समर्पण सेवामा अाफ्नो हातमा जे काम छ सो पूरा जोश र शक्तिका साथ सम्पन्न गर्ने उत्साहको सन्देश साथै प्रार्थनाको सेवा नव जीवन एजी चर्चका पाष्टर सुमन गुरूङले गर्नुभएको थियो ।

एकाडेमीका कार्यकारी निर्देशक अशिष रिजालले सानै उमेरदेखि चर्च परिवारले उपलब्ध गराएको स्टेजमा अाफूले परमेश्वरको बोलावट महसुस गरेको कुरा भावुक हुँदै स्मरण गर्नुहुँदै अफ्नो दर्शनमा साथ दिनुहुने अामाबुबा, चर्च परिवार लगायत साथीभाइहरूलाइ धन्यवाद समेत दिनुभयो ।

साथै, एकाडेमीको बगलमै रहेको लिजको जग्गामा शुटिङ स्टुडियोसाथै ५०० सम्म क्षमताको हल निर्माण कार्यको विश्वासमै भए पनि सुरूअातको रूपमा जग खनी इँटा राख्ने कार्य समेत सम्पन्न भएको छ ।

तत्पश्चात उपस्थित सहभागीहरूले खानपिनमा सहभागी हुँदैगर्दा ड्रोनबाट क्यमरा चलाइ फोटो ता भिडियो पनि खिचिएको थियो, जुन अाफैँमा एउटा नविन अभ्यास थियो ।

स्मरण रहोस्, लाइफ मिडिया टिम तथा एकाडमीको तर्फबाट देशभरिका विभिन्न ९ स्थानमा पहिलो चरणको मिडिया तथा मूभी मेकिङ तालिम सम्पन्न भइसकेको छ भने, यही मङ्सिर १ गतेबाट बिहानको ३ महिने रेसिडेन्सल कक्षा सञ्चालन हुँदैछ जसमा पूर्ण सिट क्षमता अर्थात् ३५ जना प्रशिक्षार्थीहरूले अफ्नो सिट सुरक्षित गरिसक्नुभएको छ । तर इच्छुक विद्यार्थीहरूका लागि साँझको कक्षा ४ देखि ६ बजेसम्मको लागि पनि उपलब्ध गराउन सकिने कुरा एकाडेमी प्रशासनले जनाएको छ ।

 

Facebook Comments

Category: News & Events, socio-political, Tech


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4