• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

देशभरी युवाहरूको जागृति संगति तथा सम्मेलनहरू सम्पन्न

by Sarju Rijal
November 15, 2018
in NC Photos, News & Events
Sadakghat, Balidan AG Church, Kanchanpur. Photo by Pastor Narilal Dahit

काठमाडौं- कार्तिक २६। युवाहरूको जोश जाँगर, व्यक्तित्व निर्माण र युवाहरूको भविष्य र नेतृत्व विकासलाई वर्तमान नेपालका मण्डलीहरूले चासो राखेको देखिन्छ। युवा शक्तिलाई सही समय र सही ठाउँमा सही तरिकाले सदुपयोग गर्न सके देशमा उलेख्य  सकरात्मक परिवर्तन र दिगो विकास देख्‍न सकिन्छ। तर दु:खद कुरा नेपालको युवा शक्ति बैदेशिक रोजगार, अध्ययन र अवसरले गर्दा देश बाहिर जाने युवाहरूलाई रोक्‍न नसक्नु भनेको देशको लागि ठुलो नोक्सानी हो। केही हदसम्म सानो भन्दा सानो हिस्सा मात्रै भएपनि नेपालका चर्चहरूले युवाको भविष्य निर्माण र सामाजिक सेवालाई जोड दिएर समाजमा सेवारत गराउनुलाई धेरै ठुलो उपलब्धि मान्नुपर्ने अवस्था  देखिन्छ।  अर्को कुरा युवाहरू जुन देशमा गए पनि नैतिक आचारण, इमान्दारिता, अनुशासन र परमेश्वरको भयमा हुर्काउने प्रयत्‍न चर्चहरूबाट निरन्तर भइरहेको देख्‍न सकिन्छ। यस्तै विषयहरूमा केन्द्रित हुँदै नेपालका चर्चहरूले विशेषगरी लामो समयको सार्वजनिक विदाको अवसर पारी विभिन्न किसिमका आत्मिक संगतिहरू, सम्मेलनहरू, पुनर्जागृति कार्यक्रमहरू सम्पन्न भएका छन्।
कार्तिक महिनाको विदामा विशेषगरी विद्यार्थी युवाहरूलाई लक्षित गरी संगति सुरूदेखि राखिदै आएका छन्। यस वर्षमा पनि देशभरी नै चर्चहरूमा विभिन्न संगतिका साथै ख्रीष्‍टियन युवाहरूको लागि संगति भएका छन्।  विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गरी विद्यार्थीहरूको अध्ययन, व्यक्तित्व निर्माण तथा आत्मिक शिक्षाका साथै आत्मिक जागृति सम्मेलनहरू सम्पन्न भएका छन्।

नेपालमा धेरै पहिलादेखि ख्रीष्‍टियन युवा सम्मेलन “ख्रीष्‍ट राजदूत सम्मेलन” एसेम्ब्लीज अफ गड नेपाल (Assembly of God Nepal) चर्चहरूले गर्दै आएका छन्। ए.जी.चर्चहरूमा ख्रीष्‍ट राजदूत सम्मेलन् हरेक वर्ष देशभरी नै हुँदै आएका छन्। ए.जी.एन. (Assembly of God Nepal) का अध्यक्ष रेभ. पास्टर जोसेफ श्रेष्‍ठका अनुसार, यस वर्ष पनि नेपाल भरी नै युवा सम्मेलनहरू सम्पन्न भएका छन्। सुदूर पश्चिम प्रदेश नं ७ मा मात्रै ८ वटा स्थानहरूमा भएका सम्मेलनहरूमा मात्रै लगभग ३५०० युवाहरूको सहभागिता रहेको कुरा बताउनुभएको छ। प्रदेश नम्बर ७ का पहाडी भेगमा २ वटा सम्मेलन भए भने तराई क्षेत्रमा मात्रै ६ वटा सम्मेलन भएको जानकारी गराउनुभएको छ। अध्यक्ष रेभ. श्रेष्‍ठ यस वर्षको ख्रीष्‍टियन युवा सम्मेलनमा अतिथि वक्ताको रूपमा भैरहवा जानुभएको थियो।

रेभ. जोसेफ श्रेष्‍ठका अनुसार, ए.जी. चर्चहरूमा ख्रीष्टियन युवाहरूको लागि ख्रीष्‍ट राजदूत सम्मेलन सन् १९८३ देखि सुरू भएको थियो। पहिलो पटक ख्रीष्‍टियन युवा सम्मेलन हुँदा भारतको रूपैडिहामा नेपाल भरीबाट ९० जना युवाहरूको सहभागीता रहेको स्मरण गराउदै गत वर्ष  विक्रम संम्बत् २०७४ मा नेपाल भरीका एजी चर्चहरूमा मात्रै लगभग १२,००० ख्रीष्‍टियन युवाहरूले युवा सम्मेलनमा भाग लिएका कुरा ए.जी.एन. का अध्यक्ष रेभ. श्रेष्‍ठले बताउनुभएको छ। यस वर्षको ठीक तथ्याङ्क आउन केही समय लाग्‍ने कुरा पनि बताउनुभएको छ। प्रादेशिक अध्यक्ष तथा सडकघाट कन्चनपुर बलिदान चर्चका पास्टर नरीलाल दहितका अनुसार प्रदेश नम्बर ७ मा गत सालको तुलनामा यस वर्ष सम्मेलनमा युवाहरूको संख्या केही कम भएको बताउनुभएको छ।

यसै समयमा नेपाली ईसाई मण्डली ज्ञानेश्वर काठमाडौंमा पनि तीन दिने युवा सम्मेलन २०१८ सम्पन्न भएको छ। युवा सम्मेलनको मुख्य विषय “ईश्वरीय प्रभाव” रहेको थियो। नेपालको सातवटै प्रदेशबाट करिब ८०० जना युवाहरूको उपस्थिति रहेको थियो। तीन दिनको सम्मेलनमा ईश्वरीय प्रभावको बारेमा सिक्‍नुका साथै युवाहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेर भव्यरूपमा सम्पन्न भएको छ।

NIM Youth Conference 2018. Photo by Nakul Sunuwar, NIM TV.

 

त्यसैगरी पोखरेली युवा संगतिले आयोजना गरेको युवा सम्मेलन पोखराको नयाँ गाउँमा चर्चमा सम्पन्न भएको थियो। पोखरेली युवा संगतिमा गलभग ४५ चर्चका युवाहरूको सभागिता रहेको थियो र युवा सम्मेलनको विषय “परमेश्वरसँगको घनिष्‍टता” विषयमा सम्मेलन भएको कुरा पोखरेली युवा संगतिका सल्लाहकार प्रकाश भुजेलले बताउनुभएको छ।

त्यसैगरी नोभेम्बर १२ देखि १४ सम्म। नेपाल ब्याप्‍टिष्‍ट युवा संगतिको ९औ राष्ट्रिय अधिबेसन् तथा सम्मेलन ललितपुरमा सम्पन्न भएको छ | नेपालभरीका ब्याप्‍टिष्‍ट चर्चहरूबाट लगभग ३०० युवाहरूको सहभागिता रहेको थियो। नेपाल ब्याप्‍टिष्‍ट चर्च परिषद्का अध्यक्ष पास्टर के.पी त्रीपाठीका अनुसार युवा सम्मेलनमा  “तिमी संसारको ज्योति हौ” भन्ने विषयमा सम्मेलनमा सिकाइएको थियो र साथै सोही अवसरमा नयाँ युवा समिति पनि गठन गरिएको जानकारी दिनुभयो।
विदाको लामो समयमा धेरैजसो चर्चहरूमा आआफ्नै युवाहरूको लागि जागृति सम्मेलनहरू पनि भएका छन्। 

NIM Youth Conference 2018 at NIM Gyaneshwor. Photo by Nakul Sunuwar, NIM TV

 

Pastor Samuel Karthak is leading the worship during NIM Youth Conference 2018. Photo by Nakul Sunuwar, NIM TV.

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In