काठमाण्डौ -श्रावन ७, नेपाल राष्टिय मण्डली संगति (एन.सी.एफ. नेपाल) को केन्द्रिय कार्यकारी समितिको बैठक केन्द्रिय कार्यालय काठमाडौंमा अध्यक्ष पा.रेभ. हनोक तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। एन. सी. एफ. नेपालले बिगतमा ५ बिकास क्षेत्रलाई समेट्दै आफ्नो कार्य गर्दै आएको थियो। अहिले देशको प्रादेशिक संरचना अनुसार ७ वटै प्रदेशमा आफ्नो कार्य क्षेत्र विस्तार गरी अगाडि बढ्नु पर्ने विषयमा केन्द्रित हुँदै विविध बिषयमा छलफल गरेको छ। सोही अवसरमा बैठकले प्रदेश नं. २ र ६ को लागि लागि संयोजकहरू मनोनित गरेको छ। प्रादेशिक समितिले प्रदेश सभाको आयोजना गरी छिटै समितिलाई पूर्णता दिने कुरा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङले बताउनुभएको छ। केन्द्रिय बैठकले केन्द्रिय समितिको लागि ५ जना सदस्यहरु समेत मनोनित गरि १४ जना सल्लाहकार परिसद्को चयन पनि गरेको छ। । सात वटै प्रदेशको संगतिलाई निरन्तरता दिनको लागि निम्नानुसार संयोजकहरू मनोनित भएका छन्।
प्रदेश नं १ बिकाश राई
प्रदेश नं २ निमा लामा
प्रदेश नं ३. तारा सिङ गुरुङ
प्रदेश नं ४. प्रकाश श्रेष्ठ
प्रदेश नं ५. हेम बहादुर दास
प्रदेश नं ६. नबिन दर्लामी र
प्रदेश नं ७. हर्क बहादुर तामाङ
मनोनित हुनुभएको छ। एन सी एफ नेपालले मण्डलीको सेवा सुरूका समयहरूदेखि नै मण्डलीहरूमा सेवा पुर्याउदै आएको छ। संगतिलाई प्रदेशहरूमा अझै उत्साहजन रूपमा हौसला दिएर बढाइनेछ। एनसिएफ नेपालको संगति त छँदैछ साथै प्रदेशमा भएका बाइबल अनुसार प्रेरितिय विश्वासमा आधारित मण्डलीहरू, समाज र सम्प्रदायका संगतिहरूसँग मिलेर प्रभुको महिमाको लागि एनसिएफ नेपाल अगाडि बढ्ने कुरा अध्यक्ष पास्टर हनोक तामाङले बताउनु भएको छ। संगतिको लागि एनसिएफ मात्रै नभएर सबैलाई समेटेर संगति गर्न आवश्यक भएको कुरा अध्यक्ष तामाङले बताउनुभएको छ।
Discussion about this post