दार्चुला, हिमाली क्षेत्रमा पर्ने दार्चुला जिल्लामा सबै भन्दा बढी अग्ला हिमालहरू अपी हिमाल, व्यास हिमाल र त्रिशुल हिमालका चुचुरा हुन् भने सबै भन्दा होचो स्थान जौलजीवी हो। दार्चुला जिल्लाको उत्तरमा चीनको स्वशाषीत क्षेत्र तिब्बत, दक्षिणमा महाकाली अञ्चलको बैतडी जिल्ला पश्चिममा भारतको उत्तराखण्ड राज्य र पूर्वमा सेती अञ्चलको बझाङ जिल्ला र बैतडी जिल्ला पर्दछन्। भौगोलिक हिसाबले विकट मानिएको दार्चुलाका वासिन्दाहरू नेपालबाट नै गाडी चढेर यात्रा गर्न पाएको धेरै नभएको कुरा बताउछन्। नेपालको बाटो नहुँदा भारतको धार्चुला हुँदै महेन्द्रनगर पुग्नुपर्दथ्यो।
Discussion about this post